कोकिला ढकाल
इलाम, फागुन २७ गते । दुई वटा निर्वाचन क्षेत्र रहेको इलाममा यस पटक नयाँ दलका रूपमा रहेको श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो बनेको छ ।
इलाम क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टी (माटो) ले १६ हजार ५ सय ५० मत प्राप्त गरेको छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) ले १३ हजार ६ सय ९६, नेपाली कांग्रेस (रुख) ले १० हजार ८ सय १६, नेकपा एमाले (सूर्य) ले १० हजार ३ सय ८२ र नेपाली कम्युनिष्ट पार्टी (तारा) ले ४ हजार ५ सय ८३ मत प्राप्त गरेका छन् ।
इलाम क्षेत्र नम्बर २ मा पनि समानुपातिकतर्फ श्रम संस्कृति पार्टी (माटो) नै अग्रस्थानमा देखिएको छ । सो क्षेत्रमा श्रम संस्कृति पार्टीले १७ हजार ८ सय ४२ मत प्राप्त गरेको छ । नेकपा एमाले (सूर्य) ले १६ हजार ४ सय ६२, राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) ले १३ हजार ३ सय ४१, नेपाली कांग्रेस (रुख) ले ११ हजार ९ सय १९ र नेपाली कम्युनिष्ट पार्टी (तारा) ले १ हजार २ सय ५० मत प्राप्त गरेका छन् ।