राष्ट्रिय सभा सदस्य निर्वाचन आज
राष्ट्रिय सभा सदस्यका लागि आइतबार मतदान हुँदै छ । आगामी फागुन २० गते पदावधि समाप्त हुने सभाका १९ जना सदस्य पदका लागि माघ ११ गते मतदान हुन लागेको हो । निर्वाचन आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको र सात वटै प्रदेशको राजधानी रहेका जिल्लामा तोकिएका मतदान केन्द्रमा आइतबार बिहान ८ बजेदेखि मतदान हुने छ । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेसहित १९ जना सदस्यको पदावधि सकिँदै छ ।
सर्लाहीमा चुनावी सरगर्मी, क्षेत्र नं. ४ मा सबैको चासो
नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनेसँगै सर्लाही क्षेत्र नं. ४ एक्कासि चर्चामा आएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबार सम्पन्न बैठकले पार्टी सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा घोषणा गरेसँगै सिङ्गो देशकै ध्यान सर्लाही–४ केन्द्रित हुन पुगेको हो । भारतको सीमासँग जोडिएका अधिकांश गाउँ पर्ने यो निर्वाचन क्षेत्रलाई नेपाली कांग्रेसको पुरानो गढ मानिन्छ । यसै क्षेत्रबाट डा. अमरेशकुमार सिंह लगातार तीन पटक चुनाव जितेर संसद्मा प्रवेश गर्दा २०७० र ०७४ मा कांग्रेसबाट नै विजयी हुनुभयो ।
राष्ट्रियसभा चुनाव : गण्डकीमा दुई पदका लागि छ उम्मेदवार
आइतबार हुने राष्ट्रिय सभा निर्वाचनको गण्डकी प्रदेशमा तयारी पूरा भएको छ। प्रदेश निर्वाचन कार्यालय पोखराले मतदानका लागि आवश्यक कर्मचारी, सुरक्षा व्यवस्थासहित सबै तयारी पूरा भइसकेको जनाएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनः समानुपातिक बन्द सूचीमा रहेका तीन उम्मेदवारबारे उजुरी
प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीबमोजिम राजनीतिक दलले पेस गरेको बन्द सूचीमा सूचीकृत तीन जना उम्मेदवारका बारेमा उजुरी परेका छन्।
तीन हजार चार सय छ उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक
निर्वाचन आयोगले उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक गरेको छ ।
बाँकेको तीन वटा क्षेत्रमा ५६ जना उम्मेदवार कायम
तीनवटा निर्वाचन क्षेत्र रहेको बाँकेमा तीन प्रतिनिधिसभा सदस्य पदका लागि ५६ जनाको उम्मेदवारी कायम भएको छ।
बागी उम्मेदवार पूर्व मुख्यमन्त्री केसी नेकपाबाट निष्काशित
दाङ निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका बागी उम्मेदवार दिनुभएको कुलप्रसाद केसी नेपाली कम्युनिस्ट पार्टीले पार्टीबाट निष्काशित गरेको छ।
देश जित्ने कि हार्ने गम्भीर मोडमा छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको राजनीतिक परिस्थिति देश जित्नेकि देश हार्ने निर्णायक मोडमा पुगेको बताउनुभएको छ। शनिबार काठमाडौँस्थित पार्टी केन्द्रीय कार्यालयमा जसपा नेपालका पूर्व केन्द्रीय सदस्य तथा शेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल सहितलाई एमालेमा स्वागत गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो ।
रुपन्देहीमा बौद्धिक युवा नेताको उम्मेदवारीले तरङ्ग
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि रुपन्देहीमा नयाँ र बौद्धिक स्तरका धेरै युवाको उम्मेदवारी परेको छ ।
स्वतन्त्र उम्मेदवारलाई चुनाव चिह्न प्रदान
फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरका दुई निर्वाचन क्षेत्रका १५ जना स्वतन्त्र उम्मेदवारले आफ्नो चुनाव चिह्न पाएका छन् ।
निर्वाचन हिजो–आज
लिगलिगकोटमा दौडेर राजा हुने राजनीतिक परम्परा रहेको नेपालमा संसदीय निर्वाचनको इतिहास चाहिँ त्यति लामो छैन । २००७ सालको राजनीतिक परिवर्तनपछि २०१५ सालमा भएको आमनिर्वाचन नै संसदीय राजनीतिक प्रणाली अन्तर्गतको पहिलो संसदीय निर्वाचन हो । त्यस हिसाबले निर्वाचनका माध्यमबाट जनप्रतिनिधि चुनिन थालिएको इतिहास नेपालमा जम्माजम्मी ६७
भावी प्रधानमन्त्रीमा थापा प्रस्तुत
नेपाली कांग्रेसले सभापति गगनकुमार थापालाई प्रधानमन्त्री पदको उम्मेदवारका रूपमा प्रस्तुत गर्दै चुनावी मैदानमा उत्रिने निर्णय गरेको छ । दोस्रो विशेष महाधिवेशनपछि पार्टी केन्द्रीय कार्यालय ललितपुरको सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति पहिलो बैठकले शुक्रबार प्रधानमन्त्री पदको उम्मेदवारका रूपमा प्रस्तुत गर्ने सर्वसम्मत निर्णय गरेको हो ।
सप्तरीको चार वटै निर्वाचन क्षेत्रमा रोचक प्रतिस्पर्धा
फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा सप्तरीबाट तीनजना राष्ट्रिय अध्यक्ष चुनावी मैदानमा उत्रिएका छन् । क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, जनअधिकार पार्टीका अध्यक्ष डा. शरतसिंह यादव र क्षेत्र नम्बर ३ बाट जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव चुनावी मैदानमा उत्रिनु भएको हो ।
समानुपातिकतर्फको ५० लाख मतपत्र छपाइ गर्न बाँकी
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख थान मतपत्र छपाइ भइसकेको जनाएको छ ।
प्रधानमन्त्रीमा कुन दलले कसलाई अघि सारे
प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरूले भावी प्रधानमन्त्रीका उम्मेदवार प्रस्तुत गरेर प्रचारप्रसारमा जुटेका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका दलहरूले प्रधानमन्त्रीका उम्मेदवार प्रस्तुत गरेर चुनावी मैदानमा होमिएका हुन् ।
उम्मेदवारी फिर्ता लिनेमा पूर्वप्रधानमन्त्रीदेखि पिआरधारीसम्म
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि उम्मेदवारी दर्ता गराएकामध्ये ८१ जनाले फिर्ता लिएका छन् । निर्वाचन आयोगका अनुसार निर्वाचनका लागि मुलुकभरबाट तीन हजार ४८७ जनाले उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवारी फिर्ता लिनेमा पूर्वप्रधानमन्त्रीदेखि विदेशमा स्थायी आवास अनुमति (पिआर) लिएका व्यक्तिसमेत छन् ।
रुकुमपूर्वमा प्रचण्डको परीक्षा
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा रुकुमपूर्वबाट उम्मेदवार बन्नुभएको छ । उहाँको उम्मेदवारीसँगै रुकुमपूर्वको चुनावी माहोल तातेको छ ।
निर्वाचनमा एक थोपा रगत बग्नु भएन : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमा एक थोपा पनि रगत बग्नु नहुने र कोही पनि घाइते हुन नहुने बताउनु भएको छ । उहाँले त्यसैअनुसार सुरक्षा व्यवस्थापन गर्न निर्देशन जोड पनि दिनु भएको छ ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई माया गर्ने देशभक्त एकताबद्ध हुनुपर्छ : संयोजक प्रचण्ड
नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई माया गर्ने देशभक्तहरू एकताबद्ध हुनुपर्नेमा जोड दिनुभएको छ।
सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा कायम गरी मुलुक र जनताको सर्वोत्तम हितका लागि काम गर्नु रहेको बताउनुभएको छ।
निर्वाचनका लागि छुट्टै बैंक खाताको व्यवस्था गर्न आयोगले गर्यो राष्ट्र बैंकलाई पत्राचार
निर्वाचन आयोगले आमनिर्वाचनका लागि छुट्टै बैंक खाताको व्यवस्था गरिदिन नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ। शुक्रबार आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सम्पन्न नहुँदासम्मका लागि सञ्चालन हुने गरी गरी खाताको व्यवस्था गरिदिन अनुरोध गर्दै पत्राचार गरेको हो।
लमजुङमा दुई पुरानासँग १० नयाँ उम्मेदवार मैदानमा
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि लमजुङमा चुनावी माहोल तात्दै जान थालेको छ । यहाँ दल तथा स्वतन्त्र गरी १२ जना चुनावी मैदानमा हुनुहुन्छ ।
चिकित्सक–मेडिकल व्यवसायी होमिए निर्वाचनमा
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै यस पटक चिकित्सकदेखि मेडिकल व्यवसायीसम्मले उम्मेदवारी दिएका छन् । निजी तथा सामुदायिक स्वास्थ्य संस्थामा आवद्ध चिकित्सक तथा मेडिकल व्यवसायीहरू विभिन्न राजनीतिक दलबाट मैदानमा होमिएका छन् ।
कास्कीमा ४९ उम्मेदवारः पुरानालाई नयाँको टक्कर
अघिल्लो प्रतिनिधिसभा चुनावमा देशैभर दलहरु विभिन्न खालका गठबन्धन गरी मैदानमा थिए। त्यस बेला समानुपातिकमा आएको मत नै दलहरुको खास मत मान्नुपर्ने हुन्छ।