मतदाता शिक्षा कमजोर, बाँकेमा १३ हजार ४४२ मत बदर
प्रतिनिधिसभा सदस्यको निर्वाचन हुनु अघि बाँके जिल्लाका आठवटै पालिकामा मतदाता शिक्षा प्रदान गरिएपनि बदर मतको सङ्ख्या धेरै देखिएको छ ।
लमजुङमा नेकपासहित नौ उम्मेदवारको जमानत जफत
एउटा मात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा फागुन २१ गतेको प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका १२ जनामध्ये नौ जना उम्मेदवारको जमानत (धरौटी) जफत भएको छ ।
बाजुरामा समानुपातिक मतगणना सकियो
बाजुरामा समानुपातिकको मतगणना सम्पन्न भएको छ । जसमा नेपाली कांग्रेसको १६ हजार ७४६, नेकपा एमाको १५ हजार ८९७, रास्वपाको छ हजार ८२० नेपाली कम्युनिष्ट पार्टीको तीन हजार ३५८ राप्रपाको ४७० रहेको छ ।
पाल्पामा समानुपातिकतर्फ रास्वपा पहिलो
पाल्पामा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वा) पहिलो बनेको छ । रास्वपाले पाल्पाको दुई निर्वाचन क्षेत्रबाट ५० हजार ४५२ मत ल्याएको छ ।
बैतडीमा समानुपातिकतर्फ पनि रास्वपा पहिलो
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडीमा समानुपातिकतर्फको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
धनकुटामा प्रत्यक्षतर्फ ४.१२ प्रतिशत मत बदर
धनकुटामा समानुपातिक तर्फ भन्दा प्रत्यक्षतर्फ बढी मत बदर भएको पाइएको छ । जिल्ला निर्वाचन कार्यालय धनकुटाले दिएको प्रत्यक्षतर्फ ४.१२ प्रतिशत र समानुपातिकतर्फ २.९९ प्रतिशत मत बदर भएको छ ।
अधिकांश उम्मेदवारको जमानत जफत
फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना सकिएपछि धेरै जसो उम्मेदवारको जमानत जफत भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वर्चस्वले गर्दा पुराना दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारको जमानत बचे पनि अन्य उम्मेदवारले तोकेको मत नकटाउँदा जमानत जफत भएको हो । १२ निर्वाचन क्षेत्रको कर्णालीमा १३८ जनाले उम्मेदवारी दिएका थिए ।
जुम्ला समानुपातिकामा नेकपा पहिलो
जुम्लामा समानुपातिक तर्फ नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पहिलो दल भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सेनाका अनुसार नेकपाले १० हजार दुई मत प्राप्त गरेको जानकारी दिनुभयो ।
समानुपातिकमा करिब पाँच हजार बदर
फागुन २१ गते भएको प्रतिनिधिसभाको समानुपातिक तर्फको निर्वाचनमा स्याङ्जामा करिब पाँच हजार मत बदर भएको छ ।
बाँके १ र ३ मा समानुपातिकमा पनि रास्वपा पहिलो
प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बाँके जिल्लाको क्षेत्र नम्बर १ र ३ मा समानुपातिकतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो बनेको छ ।
मकवानपुरमा पूर्व सांसदसहित ३५ उम्मेदवारको धरौटी जफत
मकवानपुरमा पूर्व सांसदसहित ३५ उम्मेदवारको धरौटी जफत भएको छ । जिल्लाको दुई वटै निर्वाचन क्षेत्रका ३५ जना उम्मेदवारको धरौटी जफत भएको प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो ।
जाजरकोटमा तीन हजार ४५६ मत बदर
प्रतिनिधिसभा सदस्य निर्वाचनमा जाजरकोटमा तीन हजार ४५६ मत बदर भएका छन् । शनिबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार उक्त संख्यामा मत बदर भएको हो ।
समानुपातिकतर्फ एक करोड दुई लाख मतगणना
समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई लाख पाँच हजार ६२५ मतगणना भएको छ ।
दाङमा समानुपातिकमा रास्वपा पहिलो र कांग्रेस दोस्रो
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङमा समानुपातिकतर्फको मतगणना सकिएको छ । मतगणनापछि सार्वजनिक गरिएको अन्तिम परिणाम अनुसार दाङमा एक लाखभन्दा बढी मत प्राप्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो बन्दा ४१ हजार बढी मत प्राप्त गरेर नेपाली कांग्रेस दोस्रो बनेको छ ।
पर्सामा रास्वपालाई समानुपातिकमा अग्र मत
गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ चारवटै सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ चारवटै क्षेत्रमा पनि अग्र मत ल्याउने पार्टी बनेको छ ।
कञ्चनपुरमा १२ हजार बढी मत बदर
यही फागुन २१ गते सम्पन्न प्रतिनधि सभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फको सार्वजनिक अन्तिम मत परिणाम अनुसार, यस जिल्लामा १२ हजार बढी मत बदर भएको छ ।
समानुपातिकमा रास्वपा नै पहिलो
फागुन २१ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा स्याङ्जाका दुई वटै क्षेत्र जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिकमा पनि पहिलो भएको छ ।
बैतडीमा सात उम्मेदवारको जमानत जफत
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडीमा सात जना उम्मेदवारको जमानत जफत भएको छ । खसेको सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेपछि एक स्वतन्त्रसहित सात उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।
गुल्मीमा समानुपातिकतर्फ रास्वपा पहिलो
गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो बनेको छ। जिल्लाका दुवै निर्वाचनको समानुपातिकतर्फको मतगणना सकिँदा घण्टी चुनाव चिन्ह भएको रास्वपा पहिलो बनेको हो।
गुल्मीमा ३७ उमेदवारको जमानत जफत
गुल्मीमा प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारका लागि उम्मेदवारी दिएका दुई निर्वाचन क्षेत्रमा ३७ जनाको जमानत जफत भएको छ ।
सप्तरीका चार क्षेत्रमा ८९ उम्मेदवारको जमानत जफत
सप्तरीमा प्रतिनिधिसभा सदस्य पदका १ सय २ उम्मेदवारमध्ये ८९ जनाको जमानत जफत भएको छ ।जिल्लाका चारवटै निर्वाचन क्षेत्रका गरी ८९ उम्मेदवारको जमानत जफत भएको हो भने १३ जनाले मात्र जमानत जोगाउन सफल भएका छन् ।
यसरी हुन्छ समानुपातिक सिट बाँडफाँट
सुविधाजनक संसदीय अङ्कगणितसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा सदस्य निर्वाचनमा मत हासिल गरेको छ । प्रत्यक्षतर्फ १२५ सिटमा जित हासिल गरिसकेको रास्वपा समानुपातिकको जारी गणनामा पनि निकै अघि छ । रास्वपाले समानुपातिकमा सदर मतको झन्डै आधा मत पाएको छ । सोमबार साँझसम्म रास्वपाले कुल सदर मतको ४८ प्रतिशतभन्दा बढी मत होल्ड गरेको छ । अघिल्लो संसद्का ठुला दल नेपाली कांग्रेस, नेकपा (एमाले) लगायतका दलको उपस्थिति प्रतिनिधि सभामा यस पटक निकै कमजोर बनेको छ ।
चिकित्सकलाई विधायकको जनादेश
प्रतिनिधि सभा निर्वाचन २०८२ मार्फत चिकित्सा पेसासँग आबद्ध व्यक्ति पनि संसद्मा पुग्ने हुने भएका छन् । विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका चिकित्सा पेसासँग आबद्ध व्यक्ति निर्वाचित भएका हुन् ।
प्रत्यक्षतर्फ चौध जना महिला निर्वाचित
यस पटक प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ जित हासिल गर्ने महिला राष्ट्रिय स्वतन्त्र पार्टीबाट धेरै छन् । गत २०७९ सालमा भएको निर्वाचनको तुलनामा समग्रमा हेर्दा यस पटक महिलाको राम्रो जित प्रत्यक्षमा देखए पनि नेकपा (एमाले) र नेकपालगायतका दलबाट महिला उम्मेदवारको जित शून्य रह्यो । जसले भावी प्रतिनिधि सभामा उक्त दलबाट प्रतिनिधित्व गर्ने महिलाको सङ्ख्या अति न्यून हुने सम्भावना बढेको छ । त्योबेला नौ जना मात्र महिला उम्मेदवारले प्रत्यक्षतर्फ जितेका थिए ।