बर्दियामा तीन जनाको उम्मेदवारी फिर्ता
बर्दियामा प्रतिनिधि सभाको निर्वाचनका लागि तीन जनाले उम्मेदवारी फिर्ता लिएका छन् । एक जना उम्मेदवारको उम्मेदवारी खारेज भएको छ ।
राष्ट्रिय सभाको निर्वाचन तयारी पूरा
निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचनको तयारी पूरा भएको जनाएको छ । आयोगले माघ ११ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।
स्याङ्जामा चार जनाको उम्मेदवारी फिर्ता
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका चार जनाले उमेदवारी फिर्ता लिएका छन् ।
निर्वाचन प्रहरीको लिखित परीक्षामा १ हजार ३ सय ४४ जना सहभागि
आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा निर्वाचन का लागि खटिने प्रहरी जनशक्ति छनोट प्रक्रिया अन्तर्गत जाजरकोटमा लिखित परीक्षा सुरु गरिएको हो ।
सल्यानमा दुई जनाको उम्मेदवारी फिर्ता
प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सल्यानबाट दुई जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट उम्मेदवारी दिएका सन्तोषकुमार राई र आम जनता पार्टीका मानसिङे कामीले शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी फिर्ता लिनुभएको हो ।
मतदातालाई विकासबारे स्मरण गराउनुपर्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा –५ का नेता तथा कार्यकर्तालाई जनताको घर–घरमा जान र मतदातासँग सिधा सम्पर्क गर्न निर्देशन दिनुभएको छ। झापाको क्षेत्र नं ५ को क्षेत्रीय समन्वय कमिटीको आजको बिस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो निर्देशन दिनुभएको हो ।
सुरु भएका आयोजना पूरा गराउँछु : नेता गैरे
पाल्पाबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार ठाकुर गैरेले आफू निर्वाचित भएमा अघिल्लो कार्यकालमा सुरु भएका विकास योजनालाई निरन्तरता दिँदै समग्र पाल्पाको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा आफू पूर्ण रूपमा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
म्याग्दीका ६० मतदानस्थलको अनुगमन
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्धारण गरिएका जिल्लाका मतदानस्थलको सुरक्षा निकायद्वारा अनुगमनलाई तिव्र पारिएको छ ।
उम्मेदवारी फिर्ता लिने समय दिउँसो १ बजेसम्म
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ ।
दल बदल्दै चुनावी मैदानमा
आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा दल परिवर्तन गरेर उम्मेदवार बन्ने नेताहरूको सङ्ख्या उल्लेख्य देखिएको छ । टिकट नपाएको असन्तुष्टि, राजनीतिक समीकरण र व्यक्तिगत रणनीतिका कारण नेताहरू अन्तिम समयमा दल फेरेर प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका छन् ।
प्रतिनिधिसभा निर्वाचनः काभ्रेका ८८ मतदानस्थल ‘संवेदनशील’
जिल्ला प्रहरी कार्यालयले ८८ मतदानस्थल संवेदनशील रहेका तथा तिनमा २३ वटा ‘अति संवेदनशील’ रहेका बताएको छ ।
सात लाख १० हजार ७०८ मतदाता, २५७ उम्मेदवार
सङ्घीय राजधानी रहेको जिल्ला काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा सात लाख १० हजार ७०८ मतदाता कायम भएका छन् । यसमा महिला तीन लाख ६४ हजार, पुरुष तीन लाख ४६ हजार ११६ र सात अन्य रहेका जिल्ला निर्वाचन कार्यालय काठमाडौँले जनाएको छ ।
एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो
जनक शिक्षा सामग्री केन्द्रले हालसम्म कुल एक करोड ४२ लाख आठ हजार थान मतपत्र छपाइ गरेको छ ।
उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने
प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले शुक्रबार दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ ।
समानुपातिकतर्फको पचहत्तर प्रतिशत मतपत्र छपाइ
आगामी फागुन २१ गतेका लागि निर्धारण गरिएको प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइ कार्यलाई तीव्रता दिइएको छ । सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मतपत्र छपाइ गरिरहेको छ ।
विकास र समृद्धि मेरो प्राथमिकता : नेता थेबे
ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बन्नुभएका नेकपा (एमाले) का युवा नेता क्षितिज थेबेले जिल्लाको विकास र समृद्धिलाई आफ्नो जीवनको सर्वोच्च प्राथमिकता बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
ललितपुरमा दुई लाख ६९ हजार मतदाता : ७४ उम्मेदवार
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ललितपुर जिल्लामा कूल दुई लाख ६९ हजार २५६ मतदाता रहेका छन्। जसमध्ये एक लाख ३१ हजार ५४९ महिला र एक लाख ३७ हजार ७०७ पुरुष मतदाता छन् भने जिल्लाभरबाट ७४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
११ स्वतन्त्रसहित उम्मेवारको अन्तिम नामावली प्रकाशन
आगामी २१ फागुनमा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ ।
नवलपुर–१ मा कांग्रेसका उम्मेदवार बालकृष्ण घिमिरे कायम
नवलपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण घिमिरे तोकिनु भएको छ। दुई दिनअघि यहाँ गजेन्द्रबहादुर आले र बालकृष्ण घिमिरेले कांग्रेस सभापति गगन थापाको हस्ताक्षर भएको टिकट ल्याएर दुवैले उम्मेदवारी दर्ता गराउनु भएको थियो।
कर्मचारीले चुनावी पोस्ट लाइक, कमेन्ट, सेयर गर्न नपाउने
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी देशैभर भइरहेको छ। यसै क्रममा कास्कीमा चुनावी आचारसंहिता पालनमा कठाइ गर्न थालिएको छ।
धनकुटामा परेन उम्मेदवारविरुद्ध उजुरी
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि धनकुटामा कुनै पनि उम्मेदवारविरूद्ध दाबी विरोधको उजुरी परेन । जिल्ला निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी सुरज श्रेष्ठले दिएको जानकारीअनुसार कुनै उमेदवारविरुद्ध उजुरी परेको छैन ।
२५ वर्षदेखि ६४ वर्षसम्मका उम्मेदवार मैदानमा
फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा मनोनयन दर्ता गर्नेमा २५ वर्षका युवादेखि ६४ वर्षीय वृद्धासम्मले उम्मेद्वारी दिएका छन् । उम्मेद्वारी दिनेमा अधिकांश युवा छन् ।
झापाका ९५ वटा मतदान स्थल अति संवेदनशील
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा मतदाता र मतदान स्थललाई भयरहित बनाउन सुरक्षा निकायले मतदानस्थलको तीन तहमा वर्गीकरण गरेको छ ।
अध्यक्ष ओली र साहसँगको बढ्दो फोटो ‘क्रेज’
झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेसँगै नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा काठमाडौँ महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र साह (बालेन) सँग अहिले स्थानीयले तस्बिर लिने क्रेज बढेको छ ।