• २८ फागुन २०८२, बिहिबार

धनकुटामा प्रत्यक्षतर्फ ४.१२ प्रतिशत मत बदर

blog

धनकुटा नगरपालिका ५ स्थित सामुदायिक भवनमा मत गणना गरिँदै । तस्बिर : कविराज घिमिरे

कविराज घिमिरे 
हिले, फागुन २६ गते ।
धनकुटामा समानुपातिक तर्फ भन्दा प्रत्यक्षतर्फ बढी मत बदर भएको पाइएको छ । जिल्ला निर्वाचन कार्यालय धनकुटाले दिएको प्रत्यक्षतर्फ ४.१२ प्रतिशत र समानुपातिकतर्फ २.९९ प्रतिशत मत बदर भएको छ ।

प्रत्यक्षतर्फ कुल एक लाख १८ हजार ४२५ मतदातामध्ये ६४ हजार ९१ मत मात्र खसेको थियो । त्यसमध्ये पनि चार हजार ८८३ मत बदर भएको निर्वाचन कार्यालय धनकुटाका प्रमुख माधवप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

यता समानुपातिकतर्फ कुल एक लाख २० हजार ६४ मतदातामध्ये ६४ हजार ८८६ मत मात्र खेसेको थियो । खसेको मतमध्ये तीा हजार ५९४ मत बदर भएको अधिकारीका भनाइ छ ।

अधिकांश बदर मतमा एक मत पत्रमा एकभन्दा बढी चुनाव चिन्हमा स्वस्तिक छाप प्रयोग भएको, चुनाव चिन्हमा मसी लतपत भएको, दुई चुनाव चिन्हमा पर्ने गरी स्वस्तिक छाप प्रयोग भएको पाइएको निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिनुभयो ।

मतदाता शिक्षा दिए पनि मतदाता झुकिएर यस्तो भएको हुन सक्ने उहाँको भनाइ छ । धनकुटामा यो निर्वाचनमा १७ उम्मेदवार चुनावी मैदानमा रहेको थिए । त्यस्तै धनकुटाबाट ५७ दलले समानुपातिकतर्फ मत प्राप्त गरेका थिए ।