• २४ चैत २०८२, मङ्गलबार

प्रतिनिधिसभामा राष्ट्रिय सभाबाट प्राप्त तीन विधेयक टेबुल

blog

काठमाडौँ, चैत २४ गते । प्रतिनिधिसभामा राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त तीन वटा महत्त्वपूर्ण विधेयक टेबुल गरिएको छ । मङ्गलबार बसेको प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक, २०८१ सहित अन्य दुई विधेयक टेबुल गरिएको हो ।

बैठकमा प्रतिनिधिसभाका सचिव हर्कबहादुर राईले राष्ट्रिय सभाबाट प्राप्त राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक, २०८१ऽ पर्यटन विधेयक, २०८१ र चलचित्र विधेयक, २०८१ सदनमा प्रस्तुत गर्नुभएको हो । 

राष्ट्रिय सभामा विस्तृत छलफल भएर पारित भएपछि ती विधेयक सन्देशसहित प्रतिनिधिसभामा ल्याइएका हुन् । सचिव राईले राष्ट्रिय सभाको सन्देशबारे बैठकलाई जानकारी गराउँदै विधेयक टेबुल गर्नुभएको थियो ।

प्रतिनिधि सभाको अर्को बैठक आगामी बुधबार बस्ने गरी स्थगित भएको छ । बुधवारको बैठकमा यी विधेयकमाथि सैद्धान्तिक छलफल अगाडि बढ्ने संसद् सचिवालयले जनाएको छ ।