काठमाडाैँ, चैत २३ गते । भारतमा सम्पन्न अन्तर्राष्ट्रिय ज्योतिष, वास्तु तथा तन्त्र सम्मेलनमा प्यूठानका चर्चित ज्योतिषी सुरेशचन्द्र रिजाल अन्तर्राष्ट्रिय ‘भृगु अवार्ड’बाट सम्मानित हुनुभएको छ।
ज्योतिषीय क्षेत्रमा भृगु अवार्डलाई ज्योतिषकै सबैभन्दा उच्चकोटिको प्रतिष्ठित सम्मानका रूपमा लिइन्छ। सम्मानित रिजाल दक्षिण एसियाली ज्योतिष महासङ्घ नेपालका पूर्व महासचिव समेत हुन् । उहाँले ज्योतिष तथा वास्तु क्षेत्रमा पुर्याउनुभएको उल्लेखनीय योगदानको कदर गर्दै अन्तर्राष्ट्रिय स्तरको उक्त सम्मान प्रदान गरिएको आयोजक समितिले जानिएको गराएको छ ।
दक्षिण एसियाली ज्योतिष महासङ्घ, विश्व ज्योतिष महासङ्घ तथा ज्योतिष,वास्तु एवं वैदिक विज्ञान केन्द्रको संयुक्त आयोजनामा विहारको राजधानी पटनामा सार्क राष्ट्रसहित विश्वभरिका विद्वान्, ज्योतिषी तथा वास्तु विशेषज्ञहरूको सहभागिता भएको आयोजक समितिले जानकारी गराएको छ ।
उक्त सम्मेलनमा नेपालीको तर्फबाट ८० जना विभिन्न विधाका ज्योतिष तथा धार्मिक गुरुहरूको सहभागीता भएको विश्व ज्योतिष महासङ्घ अन्तर्राष्ट्रिय समितिका सभापति आचार्य अशोककुमार मिश्रले जानकारी गराएका छन् ।
उद्घाटन समारोहका प्रमुख अतिथि भारत सरकारका ग्रामीण तथा सहरी विकास मन्त्री डा. अशोककुमार चौधरी नेपालको तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थी त्यसैगरी, विश्व ज्योतिष महासङ्घका अध्यक्ष डा. लोकराज पौडेल, दक्षिण एसियाली ज्योतिष महासङ्घ नेपालका सभापति खिलानाथ काफ्ले विश्वज्योतिष महासङ्घ अन्तर्राष्ट्रिय समितिका सभापति आचार्य अशोककुमार मिश्र लगाएका विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा होटल चाणक्यमा उद्घाटन गरिएको आयोजक समितिले जानकारी गराएको छ ।
उद्घाटन समारोहका प्रमुख अतिथि भारत सरकारका ग्रामीण तथा सहरी विकासमन्त्री डा. अशोककुमार चौधरीले इतिहासमै पहिलोपटक यति ठुलो कार्यक्रम विहारको राजधानी पटनामा आयोजना गरेकोमा आयोजक समितिलाई विशेष धन्यवाद व्यक्तगर्दै विश्वभरिका ज्योतिषीहरूलाई पुनः आमन्त्रित गरेर ज्योतिष विज्ञानलाई विश्वर चिनाउने बाचा समेत गरेका छन् ।
तीन दिने अन्तर्राष्ट्रिय ज्योतिष, वास्तु तथा तन्त्र सम्मेलनमा नौबुँदे घोषणापत्र जारी गर्दै सोमबार समापन भएको छ।
समापनका प्रमुख अतिथि भारतका विधान सभाका सभापति अवधेश नारायण सिंह तथा संस्कृत शिक्षाबोडका अध्यक्ष मृत्यून्जयकुमार झाको उपस्थितिमा कार्यक्रमको समापन भएको आयोजक समितिले जानकारी गराएका छन् ।