धनुषा–१ बाट नेकपाका यादव निर्वाचित
प्रतिनिधिसभा सदस्यको निर्वाचनमा धनुषा–१ बाट नेपाली कम्युनिष्ट पार्टीका मातृकाप्रसाद यादव निर्वाचित हुनुभएको छ । यादवले १० हजार ४२८ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।
हुम्लामा पाँच सय ३२ मत बदर
प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ ५३२ मत मात्र बदर भएको छ । प्रतिनिधि सभा प्रत्यक्षतर्फ कुल खसेको मत मध्य उक्त मत बदर भएको हो ।
सर्लाही-१ मा समानुपातिकतर्फ रास्वपालाई साढे ४६ हजार मत
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत सर्लाही क्षेत्र नं. १ मा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अत्यन्त लोकप्रिय मत प्राप्त गरेको छ ।
दाङमा ४.२८ प्रतिशत मत बदर
दाङ जिल्लाका तीन निर्वाचन क्षेत्रमा खसेको कुल मतमध्ये ४.२८ प्रतिशत मत बदर भएको छ।
सुशासनयुक्त मुलुक निर्माणको पक्षमा अभिमत : मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जनताले भ्रष्टाचारमुक्त र सुशासनयुक्त मुलुकको निर्माणको पक्षमा अभिमत दिएका बताउनुभएको छ ।
धनुषा–१ : सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले धनुषा निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेजसम्बन्धी निर्णयको फाइलसहित यही फागुन २९ गते उपस्थित हुन निर्वाचन आयोगको नाममा आदेश गरेको छ ।
सल्यानमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो
सल्यानमा समानुपातिक मतगणना सम्पन्न भएको छ ।
काठमाडौँमै आठ हजार १९७ मत बदर
यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सबैभन्दा बढी साक्षरता दर रहेको काठमाडौँमा आठ हजार १९७ मत बदर भएको छ ।
कास्कीमा तीन दलबाहेक सबै उम्मेदवारको जमानत जफत
प्रतिनिधिसभामा तीन निर्वाचन क्षेत्र रहेको कास्कीका सबै क्षेत्रमा तीन दलबाहेक सबै उम्मेदवारको जमानत जफत भएको छ ।
कपिलवस्तुमा समानुपातिकतर्फ रास्वपा पहिलो
प्रतिनिधि सभा २०८२ को निर्वाचनमा कपिलवस्तुमा समानुपतिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले एक लाख बढी मत पाएर पहिलो भएको छ । ३ वटै निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको मत परिणाम अनुसार सबैभन्दा बढी मत पाउने दल रास्वपा बनेको हो ।
धनकुटामा-३ स्वतन्त्रसहित १० दलका उमेदवारको जमानत जफत
प्रतिनिधि सभा निर्वाचनमा धनकुटाबाट उमेदवारी दिएका १७ जना उमेदवारमध्ये ३ स्वतन्त्रसहित १० दलका उमेदवारको जमानत जफत भएको छ । एक मात्र निर्वाचन क्षेत्रमा रहेको धनकुटामा कुल सदर मतमध्ये १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत भएको हो ।
समानुपातिकतर्फ पनि रास्वपा पहिलो पार्टी
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा काभ्रेपलाञ्चोक जिल्लामा प्रत्यक्ष तथा समानुपातिक मतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो पार्टी बनेको छ ।
रुकुमपश्चिममा समानुपातिकतर्फ नेकपालाई सबैभन्दा बढी मत
रुकुमपश्चिममा समानुपातिक निर्वाचनतर्फको मत गणना सम्पन्न भएको छ ।
आजै राति १२ बजेदेखि निर्वाचन आचारसंहिता हट्ने
निर्वाचन आयोगले सोमबार राति १२ बजेदेखि निर्वाचन आचारसंहिता नरहने बताएको छ ।
हुम्लामा समानुपातिकतर्फ काँग्रेस पहिलो
हिमाली जिल्ला हुम्लाका मतदाताले समानुपातिक मतगणना भई रहँदा नेपाली काँग्रेस पहिलो भएको छ ।
निर्वाचन प्रहरीको बिदाइ बिहीबार
यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ ।
पाँचथरमा समानुपातिकतर्फ श्रम संस्कृति पार्टि पहिलो
पाँचथरमा समानुपातिक तर्फको पनि मतगणना सकिएको छ । अन्तिम मत परिणाम सार्वजनिक हुँदा श्रम संस्कृति पार्टिलाई सबैभन्दा धेरै मत प्राप्त भएको छ ।
धनकुटामा ५ उम्मेदवारले कटाएनन् सय मत
प्रतिनिधिसभा निर्वाचनमा धनकुटाबाट उम्मेदवारी दिएका ६ जना उम्मेदवारले सय मत ल्याउन सकेनन् । प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएका १७ जना उम्मेदवारमध्ये ६ जनाले सय मत कटाउन नसकेका हुन् ।
इलाम-१ मा कांग्रेसका निश्कल राई विजयी
इलाम निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसका युवा उम्मेदवार निश्कल राई विजयी हुनुभएको छ ।
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ गोरखा क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुधन गुरुङ विजयी हुनुभएको छ ।
ताप्लेजुङमा चार हजार ७०० मत बदर
प्रतिनिधिसभा सदस्यको निर्वाचनमा यसपटक ताप्लेजुङमा झण्डै पाँच हजार मत बदर भएको छ । पहिलो हुने निर्वाचित हुने प्रणाली अर्थात प्रत्यक्षतर्फ र समानुपातिक निर्वाचन प्रणालीतर्फ गरी उक्त सङ्ख्यामा मत बदर भएको हो ।
सल्यानमा १० जना उम्मेदवारको धरौटी जफत, चारजनाको मात्र जोगियो
सल्यान जिल्लामा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गरेका अधिकांश उम्मेदवारको धरौटी जफत हुने भएको छ ।
मतदान गर्न जाँदा समातिए वर्षौदेखि फरार तीन कसुरदार
स्याङ्जामा बर्षाैदेखि फरार कसुरदार मतदान गर्न जाँदा समातिएका छन् ।
बालेन्द्र शाहको निर्वाचन खर्च १४ लाख १७ हजार
निर्वाचन प्रतिनिधिमार्फत जिल्ला निर्वाचन कार्यालय झापामा पेस गरिएको विवरणअनुसार शाहले निर्वाचन अभियानका क्रममा १४ लाख १७ हजार २२९ रुपियाँ खर्च भएको उल्लेख गर्नुभएको छ ।