बागलुङमा समानुपातिकतर्फ पनि रास्वपा पहिलो
जिल्लामा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दुवै सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फ पनि पहिलो दल बनेको छ ।
सर्लाहीमा पुराना पराजित, नयाँ अनुहारको उदय
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट सर्लाहीमा नयाँ अनुहारहरूको उदय भएको छ। चार निर्वाचन क्षेत्र रहेको सर्लाहीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘क्लिन स्विप’ गरेको छ। चारमध्ये तीन क्षेत्रमा नयाँ अनुहार सांसद बनेका छन् भने डा. अमरेशकुमार सिंह मात्र दोहोरिएर निर्वाचित हुनुभएको छ।
प्रत्यक्षमा पाँच हजार पाँच सय मत बदर
स्याङ्जामा पाँच हजार ५७० मत बदर भएको छ । प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ जिल्लामा मत बदरको सङ्ख्या अत्यधिक देखिएको हो ।
नवनिर्वाचित सांसदद्वारा सचिवालय स्थापना
बागलुङ क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट निर्वाचित सुशिल खड्काले भनसुनका काम लिएर आफु र आफ्नो सचिवालयमा नआउन आग्रह गर्नु भएको छ ।
दाङमा ५१ उम्मेदवारको जमानत जफत
फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका ६० जनामध्ये दाङमा ५१ जनाको जमानत जफत भएको छ ।
गण्डकी प्रदेशमा एमाले र नेकपा जितविहीन
वि.सं. २०७९ को चुनावबाट गण्डकी प्रदेशबाट पाँच दलले सङ्घीय सांसदमा प्रतिनिधित्व गरेका थिए । प्रत्यक्ष निर्वाचनबाट यसपालि दुई दलका सांसदमात्र सङ्घीय संसदमा हुने पक्का भएको छ ।
सप्तरीमा रास्वपाको क्लिन स्विप, क्षेत्र २ को इतिहास कायमै
सप्तरीका चारवटै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन्। यससँगै रास्वपाले जिल्लामा ‘क्लिन स्विप’ गरेको छ।
रुकुमपश्चिममा समानुपातिकतर्फ नेकपा अग्रस्थानमा
रुकुमपश्चिममा समानुपातिक निर्वाचन तर्फको मतगणना जारी रहेको छ । सोमबार बिहानसम्म चार वटा पालिकाअन्तर्गतका मतदान केन्द्रहरुको मतगणना सम्पन्न भएको छ ।
दाङ–२ मा समानुपातिकतर्फ रास्वपा पहिलो
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत दाङ निर्वाचन क्षेत्र नम्बर २ मा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो स्थानमा रहेको छ।
बाँके २ मा समानुपातिकमा रास्वपा पहिलो
प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रत्यक्षतर्फ एमालेले जित हात पारेको बाँके क्षेत्र नम्बर २ मा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो बनेको छ ।
व्यवसायीदेखि सांसद बने ३३ वर्षीय झविलाल डुम्रे
व्यवसायसँगै आइटीमा राम्रो दख्खल राख्ने वालिङ नगरपालिका–१४ छोरेखर्कका झबिलाल डुम्रे संसदको यात्रा तय गर्नुभएको छ ।
निर्वाचनका काम सकिँदै
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ निर्वाचनसम्बन्धी सम्पूर्ण कार्य चैत ५ गतेभित्र सम्पन्न गरिसक्ने तयारी गरेको छ । आयोगका अनुसार सोही अनुसार काम गरिरहेको जनाएको छ । फागुन २१ गते मतदान सम्पन्न भएपछि आयोगले पहिलो चरणमा प्रत्यक्षतर्फको मतगणना सुरु गरेको थियो ।
आठ जना पूर्वस्वास्थ्यमन्त्री पराजित
प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि उम्मेदवार बनेका आठ जना पूर्वस्वास्थ्यमन्त्री पराजित हुनुभएको छ । पराजित हुनेमा नेपाली कांग्रेसका सभापति तथा पूर्वस्वास्थ्य तथा जनसङ्ख्यामन्त्री गगनकुमार थापा; पूर्वउपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव; नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेल; पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाल, गिरिराजमणि पोखरेल, शेरबहादुर तामाङ, पदम गिरी र प्रदीप यादव हुनुहुन्छ ।
लुम्बिनी प्रदेशका २६ निर्वाचन क्षेत्रमध्ये २१ स्थानमा रास्वपाका उम्मेदवार विजयी
लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका प्रतिनिधिसभाका २६ निर्वाचन क्षेत्रमध्ये २१ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन् ।
चर्चामा संसद्को शक्ति सन्तुलन
प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम परिणाम आइरहँदा माथिल्लो र तल्लो सदनको शक्ति सन्तुलन चर्चामा छ । निर्वाचन परिणाम र त्यसपछिको सङ्घीय सदनको बनोटले सामान्य विधेयक र अर्थ विधेयकको सन्दर्भमा ठुलो अन्तर नल्याउने भए पनि संविधान संशोधन, सन्धि अनुमोदन र अध्यादेश स्वीकृत गर्ने विषयमा भने समस्या निम्तिन सक्ने विज्ञहरूको बुझाइ छ ।
सुनसरी-४ मा रास्वपाका दीपककुमार साह विजयी
प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नं ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदुवार दीपककुमार साह विजयी हुनुभएको छ ।
नुवाकोट–१ मा रास्वपाका डा.विक्रम तिमिल्सिना निर्वाचित
नुवाकोट निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा विक्रम तिमिल्सिना विजयी हुनुभएको छ।
कास्कीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो
प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कास्की जिल्लामा समानुपातिकतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो बनेको छ ।
भक्तपुरमा समानुपातिकतर्फ रास्वपा पहिलो
भक्तपुरमा समानुपातिक तर्फको मतगणना सम्पन्न भएको छ । भक्तपुर क्षेत्र नं १ मा ४२ हजार ४४० र क्षेत्र नं २ मा ४३ हजार ३३२ गरी कूल ८५ हजार ७७२ मत गणना गरिएको हो ।
गण्डकीमा दुई क्षेत्रको नतिजा आउन बाँकी
गण्डकी प्रदेशका कुल १८ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमध्ये १६ क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । अब गोरखाका दुई क्षेत्रको परिणाम आउन बाँकी छ ।
काभ्रेका आधा उम्मेदवारले सय मत कटाउन सकेनन्
बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोकको उम्मेदवारी दिएकामध्ये आधाले एक सय मत कटाउन सकेनन् ।
सङ्खुवासभामा एमाले र रास्वपाबिच कडा प्रतिस्पर्धा
सङ्खुवाखुवासभा प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा (एमाले) का अर्जुनकुमार कार्कीको अग्रता जारी छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिङ्मा शेर्पाबिच कडा प्रतिस्पर्धा भइरहेको हो ।
गोरखा–२ मा रास्वपाका बुर्लाकोटी विजयी
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गोरखा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कबिन्द्र बुर्लाकोटी विजयी हुनुभएको छ ।
अछाम-२ मा एमालेका बोगटी विजयी
प्रतिनिधिसभा निर्वाचनमा अछाम क्षेत्र नं २ मा नेकपा (एमाले) का उम्मेदवार यज्ञबहादुर बोगटी विजयी हुनुभएको छ ।