न्युजिल्यान्डमा नोभेम्बर ७ मा आम निर्वाचन
न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले बुधबार आगामी नोभेम्बर ७ तारिखमा आम निर्वाचन हुने घोषणा गर्नु भएको छ ।
धनुषाका चार निर्वाचन क्षेत्रमा १५८ जनाको उम्मेदवारी दर्ता
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि धनुषाका चारवटै निर्वाचन क्षेत्रमा दलगत तथा स्वतन्त्र गरी १५८ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
महोत्तरीमा १४३ जनाको मनोनयन दर्ता
आगामी प्रतिनिधिसभा निर्वाचनका लागि महोत्तरीको उम्मेदवारी दर्तामा उल्लेख्य चाप देखिएको छ । चार लाख ३१ हजार २५२ मतदाता रहेको जिल्लामा प्रतिनिधिसभाका चार सिट भएपनि उम्मेदवार भने सिट संख्याको दश गुणाभन्दा बढी पुगेको छ ।
सुदूरपश्चिममा दुई सय १० जनाको उम्मेदवारी
सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि २१० जनाको उम्मेदवारी परेको छ । १६ सिटका लागि स्वतन्त्रसहित विभिन्न पार्टीका गरेर २१० जनाको उम्मेदवारी परेको हो ।
बझाङमा पुनः परीक्षा दिँदै एमाले नेता महर
नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा बझाङ जिल्ला इन्चार्ज ऐन महर प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पुनः चुनावी प्रतिस्पर्धामा होमिनुभएको छ ।
लगातार दुई आर्थिक वर्ष बजेट ल्याउन नपाएका ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फका १६५ सिटका लागि मङ्गलबार मनोनयन दर्ता भइसकेको छ । ती पदका लागि देशभरबाट तीन हजार ४०० भन्दा बढी व्यक्तिले उम्मेदवारी दिएका छन् ।
उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने
प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा बसुधबार उजुरी दिन सकिने व्यवस्था गरिएको छ ।
पाल्पामा स्वतन्त्रसहित ३० जनाको उम्मेदवारी
दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दल र स्वतन्त्रसहित ३० जनाले उम्मेदवारी दर्ता गरेका छन् । मंगलबार दलबाट २३ र स्वतन्त्र बाट ७ जनाले उम्मेदवारी दर्ता गरेका हुन् ।
बर्दियाको दुई निर्वाचन क्षेत्रमा ४० जनाको उम्मेदवारी
बर्दियामा प्रतिनिधि सभा निर्वाचनका लागि दुई निर्वाचन क्षेत्रमा ४० जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन क्षेत्र नं १ मा २२ जना र निर्वाचन क्षेत्र नं २ मा १८ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
सप्तरीमा १०५ जनाको उम्मेदवारी दर्ता
सप्तरीमा चार प्रतिनिधिसभा सदस्यका लागि १०५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभाको निवाचनका लागि सप्तरीमा १०५ जनाले उम्मेदवारी दिएका हुन् ।
मनोनयन दाखिला गराउने सबैप्रति प्रधानमन्त्रीद्वारा आभार व्यक्त
प्रधानमन्त्री सुशीला कार्कीले निर्धारित समयतालिकाभित्र उत्साहजनक रूपमा मनोनयन दाखिला गराउनुहुने सबै राजनीतिक दल तथा उम्मेदवारहरूमा आभार व्यक्त गर्नुभएको छ ।
सुनसरी ३ मा भगवती चौधरीको उम्मेदवारी दर्ता
पूर्वमन्त्री भगवती चौधरीले सुनसरी ३ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । नेकपा (एमाले) नेतृत्वको सरकारमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्री बन्नुभएकी चौधरी यसअघि २०७९ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।
अछाममा १७ जनाको उम्मेदवारी दर्ता
अछामका दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा १७ जनाको उम्मेदवारी दर्ता भएको
कैलालीमा ७८ जनाको उम्मेदवारी दर्ता
पाँच जना प्रतिनिधि सभा सदस्य चयनका लागि कैलालीमा ७८ जनाको उम्मेदवारी परेको छ । प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ७८ जनाको उम्मेदवारी परेको हो ।
मतदान गर्न पाउने अधिकार स्थापित हुने वातावरण बनेको छः प्रमुख निर्वाचन आयुक्त भण्डारी
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा उम्मेदवारले मनोनयनपत्र दर्ता सम्पन्न भएको बताउनुभएको छ।
सुनसरीको चारवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता
सुनसरीको चारवटै निर्वाचन क्षेत्रमा उत्साहजनक रुपमा ९२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचनमा पुरानो अनुहारसहित नयाँ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्।
धनुषा–४ मा कांग्रेसका महेन्द्र यादव र एमालेका रघुवीर महासेठको उम्मेदवारी दर्ता
नेपाली कांग्रेसका निवर्तमान सहमहामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवले धनुषा–४ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ ।
कैलाली ५ मा एमालेबाट ढुङ्गानाको उम्मेदवारी
नेकपा (एमाले) को कैलाली क्षेत्र नम्बर ५ का उम्मेदवार यज्ञराज ढुङ्गानाले आफ्नो मनोनयन दर्ता गराउनुभएको छ ।
इलाम २ बाट सुहाङ नेम्वाङको उम्मेदवारी दर्ता
पछिल्लो समय युवामाझ लोकप्रिय बनेका नेकपा (एमाले) का युवा नेता सुहाङ नेम्वाङले प्रतिनिधिसभा निर्वाचनका लागि दोस्रो पटक उम्मेद्वारी दिनुभएको छ ।
शीर्ष नेताको उम्मेदवारीले चर्चामा झापाको चुनाव
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापामा शान्तिपूर्ण र उत्साहजनक रूपमा उम्मेदवारी दर्ता भएको छ ।
एमालेको उम्मेदवारी : ५४.४४ प्रतिशत नयाँ अनुहार
नेकपा (एमाले) ले देशभर एकसय ६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ। एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाहीका अनुसार २०८२ फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगको मनोनयन दर्ता गराउने कार्यतालिका बमोजिम मङ्गलबार एमालेले उम्मेदवारी दर्ता गराएको हो ।
पूर्वमन्त्री राई र काँग्रेस प्रदेश अध्यक्ष पुनको उम्मेदवारी दर्ता
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार बाँकेमा उम्मेदवारी दर्ता भएको छ । सो क्रममा बाँकेको तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता भएको छ ।
मकवानपुरमा उम्मेद्वारी दर्ता उत्साहजनक
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा उम्मेदवारी दर्ता उत्साहजनक भएको छ ।
सर्लाही ४ मा कांग्रेस सभापति थापाको वारेसमार्फत् उम्मेदवारी दर्ता
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ।