रामकृष्ण बोहरा
बागलुङ, फागुन २५ गते । जिल्लामा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दुवै सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फ पनि पहिलो दल बनेको छ ।
आइतबार रातिसम्म गनिसकिएको मतअनुसार रास्वपाले क्षेत्र नं. १ मा २२ हजार ८ सय ५९ र क्षेत्र नं. २ मा १४ हजार २ सय ६४ मत गरी ३७ हजार १ सय २३ मत ल्याएको छ । दोश्रो हुने कांग्रेसले क्षेत्र नं. १ मा १० हजार १ सय ८५ र क्षेत्र नं. २ मा ११ हजार ३ सय १० गरी २१ हजार ४ सय ९५ मत पाएको हो ।
एमालेले क्षेत्र नं. १ मा ७ हजार १ सय ४७ र क्षेत्र नं. २ मा ७ हजार १२ गरी १४ हजार १ सय ५९ मत पाएको छ । नेपाली कम्युनिष्ट पार्टीले क्षेत्र नं. १ मा १ हजार ९ सय १९ र क्षेत्र नं. २ मा ७ हजार १ सय ९४ गरी ९ हजार १ सय १३ मत पाएको छ ।
राष्ट्रिय जनमोर्चाले क्षेत्र नं. १ मा ३ हजार ५ सय ९७ र क्षेत्र नं. २ मा ३ हजार २ सय ३८ गरी ६ हजार ८ सय ३५ मत पाएको हो । राप्रपाले क्षेत्र नं. १ मा ९ स य ४३ र क्षेत्र नं. २ मा २ सय ७४ गरी १ हजार २ सय १७ मत मात्रै पायो । उम्मेदवार नभएको श्रम संस्कृति पार्टीले भने १४ सय ५ मत पाएको छ । अन्य दलको मत भने नगन्य छ ।