राजन रावत
हुम्ला, फागुन २५ गते । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ ५३२ मत मात्र बदर भएको छ । प्रतिनिधि सभा प्रत्यक्षतर्फ कुल खसेको मत मध्य उक्त मत बदर भएको हो ।
सात वटै गाउँपालिकाका ६४ वटै मतदान केन्द्रका मतपेटिका गणना गर्दा ५३२ मत मात्र बदर रहेको मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालले बताउनुभयो । यो दुई दशमलव ४२ प्रतिशत मत मात्र बदर हो ।
२१९३५ मत सदर भएका थिए । त्यसमा २२ हजार ४६७ मत खसेका थिए । प्रत्यक्षतर्फ ३४ हजार ३७२ मतदाता रहेका थिए । २०७९ निर्वाचनको तुलनामा यस पटक बदर मत कम देखिएको छ । पिछडिएको जिल्ला भएपछि मतदाता शिक्षा प्रभावकारी कार्यान्वयनमा आएको बिस्वास जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । बदर मत निक्कै न्यून देखिएको छ ।
यता समानुतापिकतर्फ बदर मत संख्या अझ क रहेको छ । समानुपातिक निर्वाचन प्रर्णाली जम्मा ३९३ मत बदर भएका छन् । ३६ हजार २३ मतदाता रहेकोमा २२ हजार ८२५ खसेकोमा २२ हजार ४३२ मत सदर भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।