• २६ फागुन २०८२, मङ्गलबार

ताप्लेजुङमा चार हजार ७०० मत बदर

blog

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मत गणना गर्दै गरिएको दृश्य । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक 

ताप्लेजुङ, फागुन २५ गते । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा यसपटक ताप्लेजुङमा झण्डै पाँच हजार मत बदर भएको छ । पहिलो हुने निर्वाचित हुने प्रणाली अर्थात प्रत्यक्षतर्फ र समानुपातिक निर्वाचन प्रणालीतर्फ गरी उक्त सङ्ख्यामा मत बदर भएको हो । 

जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रत्यक्ष र समानुपातिक दुबैतर्फ गरी कुल चार हजार ७२५ मत बदर भएको छ । पहिलो हुने निर्वाचित हुने प्रणाली अर्थात प्रत्यक्षतर्फ बढी मत बदर भएको पाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार प्रत्यक्षतर्फ दुई हजार ६८६ मत बदर भएको छ। 

त्यस्तै समानुपातिकतर्फ दुई हजार ३९ मत बदर भएको छ । जिल्लामा प्रत्यक्षतर्फ ४५ हजार ५८३ मत र समानुपातिकतर्फ ४५ हजार ८५२ मत खसेको थियो । जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङको विवरणअनुसार यहाँ ९० हजार ३२७ मतदाता रहेका थिए । प्रत्यक्षतर्फ विभिन्न १३ राजनीतिक दलका १३ जना उम्मेदवार रहेका थिए भने समानुपातिकतर्फ यहाँबाट विभिन्न ५६ दलले मत प्राप्त गरेका छन् ।