राजन रावत
हुम्ला, फागुन २५ गते । हिमाली जिल्ला हुम्लाका मतदाताले समानुपातिक मतगणना भई रहँदा नेपाली काँग्रेस पहिलो भएको छ ।
जिल्लाका सात वटा गाउँपालिका र एउटा अस्थायी मतदान केन्द्रमा खसेको समानुपातिक मतको गणना गर्दा काँग्रेस पहिलो भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त मतगणनाको विवरण अनुसार नेपाली काँग्रेसले ७९१५ मत ल्याएर पहिलो दल भएको छ । त्यसैगरि छ हजार २३१ म्त ल्याएर नेपाली कम्युनिष्ट पार्टी दोस्रो र पाँच हजार २८० मत ल्याएर तेस्रो दलका रुपमा रहेको छ ।
विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले दुई हजार ३५ मत प्राप्त गरेको छ भने राप्रपाले २०६ मत, प्रगतिशिल लोकतान्त्रिक पार्टीले २१४ मत, नेपाल कम्युनिष्ट पार्टी माओवादीले १०५ मत र राष्ट्रिय मुक्ति आन्दोलन नेपालले २६९ मत प्राप्त गरेको छ ।
त्यसैगरि अन्य ३५ दलले मत प्राप्त गरेका छन् । यी दलहरुले एक देखि तीस मत प्राप्त गरेका छन् । समानुपातिकतर्फ २२ हजार ८२५ खसेकोमा २२ जार ४३२ मत सदर भएका छन भने ३८३ मत बदर भएका छन् ।