रेखीराम राना
तानसेन, फागुन २६ गते । पाल्पामा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वा) पहिलो बनेको छ । रास्वपाले पाल्पाको दुई निर्वाचन क्षेत्रबाट ५० हजार ४५२ मत ल्याएको छ । पाल्पामा एक लाख १६ हजार ६१६ मत समानुपातिकतर्फ खसेको थियो । यो मत कुल खसेको मतको ४३ प्रतिशत बढी हो ।
प्रत्यक्षतर्फ पाल्पा–२ मा मात्र जितको रास्वपाले समानुपातिकमा सबैभन्दा बढी मत ल्याएको हो । यस्तै नेकपा (एमाले)ले २४ हजार ९६६ मत ल्याएको छ । नेपाली कांग्रेसले पनि २० हजार छ मत ल्याएको छ । कांग्रेसले पाल्पा–१ मा प्रत्यक्षतर्फ जित निकालेको थियो । समानुपातिकमा कुल खसेको मतको २१ प्रतिशत बढी एमालेले २१ र कांग्रेसले २० प्रतिशत ल्याएको जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ ।
यस्तै, नेपाली कम्युनिष्ट पार्टीले पाँच हजार २६८, श्रम संस्कृति पार्टीले तीन जार ५५८ मत ल्याएको छ । राप्रपाले एक हजार ३९९, नेश्नल रिपव्लिकले एक हजार ५४, राष्ट्रिय जनमोर्चाले ५२३ र मंगोल नेश्नल अर्गनाइजेसनले २६५ मत ल्याएको जिल्ला निर्वाचन अधिकारी महेश शर्माले जानकारी दिनुभयो ।
पाल्पामा चार बढी मत बदर
यस्तै, पाल्पामा प्रत्यक्षतर्फ चार प्रतिशत बढी मत बदर भएको छ । पाल्पा–१ मा ४.४१ प्रतिशत र पाल्पा–२ मा ३.९७ प्रतिशत मत बदर भएको छ । प्रत्यक्षतर्फ पाल्पामा चार हजार ७९८ मत बदर भएको छ । यस्तै समानुपातिकतर्फ तीन प्रतिशत बढी मत बदर भएको छ । समानुपातिकर्फ तीन हजार ७३४ मत बदर भएको छ ।