• २८ फागुन २०८२, बिहिबार

जुम्ला समानुपातिकामा नेकपा पहिलो

blog

जुम्ला मतगणनास्थल । तस्बिर नेत्र शाही

नेत्र शाही
जुम्ला, फागुन २६ गते । जुम्लामा समानुपातिक तर्फ नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पहिलो दल भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सेनाका अनुसार नेकपाले १० हजार दुई मत प्राप्त गरेको जानकारी दिनुभयो । दोस्रोमा कांग्रेसले नौ हजार तीन सय ६० मत प्राप्त गरेको छ । राप्रपाले छ हजार पाँच सय ५२ मत प्राप्त गरेको छ । राप्रपाले तेस्रो स्थान हासिल गरेको छ ।  

नेकपा एमालेले ६ हजार २९ मत प्राप्त गरेको चौथो स्थान प्राप्त गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाँच हजार एकसय १८ मत प्राप्त गरेको छ । नेपाल मजदुर किसान पार्टीले एक हजार चार सय २१ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ ।

जुम्लामा ११० मतदान केन्द्रमा मतदान भएको थियो । कुल ७१ हजार सात सय ३९ मतदाता रहेकोमा ४० हजार आठ सय ७८ मत खसेको थियो । समानुपातिक तर्फको परिणाम हेर्दा जुम्लामा राप्रपा र रास्वपालाई राम्रो मत गएको देखिन्छ ।