शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
त्रिपोली(लिबिया), वैशाख १० गते । लिबियाको तटबाट अनियमित आप्रवासी बोकेका १० वटा डुङ्गासहित डु्गामा सवार आप्रवासीलाई उद्धार गरेको लिबियाका अधिकारीले घोषणा गरेका छन् । विज्ञप्ति जारी गर्दै लिबियन रेड क्रिसेन्टले लिबियाको समुद्रको तटमा कठोर परिस्थितिबाट पीडित विभिन्न देशका ४०४ जना अनियमित आप्रवासीलाई उद्धार गरेको पुष्टि गरेको छ ।
उद्धार पछि आप्रवासीलाई अवतरण विन्दुमा सारिएको जानकारी दिँदै स्रोतले त्यहाँ उनीहरूले प्राथमिक उपचार र आवाश्यक मानवीय सहायता तत्काल प्राप्त गरेको जनाएको छ । उद्धार कार्य संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्तसँगको साझेदारीमा तटरक्षक, लिबियाली नौसेनालगायतको समन्वयमा सम्भव भएको जनाइएको छ । रासस/क्युएनए