• १० वैशाख २०८३, बिहिबार

उपाधि दौडमा बार्सिलोना बलियो

blog

बल प्रहार गर्दै लामिल यमल । तस्बिर : एएफपी/रासस

काठमाडौँ, वैशाख १० गते । बार्सिलोनाले स्पेनिस ला लिगा उपाधि दौड थप बलियो बनाएको छ । 

शीर्ष टोली बार्सिलोनाले घरेलु मैदानमा बुधबार राति भएको खेलमा सेल्टा भिगोलाई १-० गोलले हरायो । बार्सिलोनाको जितमा लामिल यमलले निर्णायक गोल गर्नुभयो । 

उहाँले ४०औँ मिनेटमा गर्नुभएको गोल टोलीको जितमा प्रयाप्त बन्यो । जितसँगै बार्सिलोनाले शीर्षस्थानमा नौ अङ्कको अग्रता लिएको छ । 

लिगमा ३२ खेल सकेको बार्सिलोनाको ८२ अङ्क छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको समान खेलबाट ७३ अङ्क छ । पराजित सेल्टा भिगो ४४ अङ्कसहित सातौँ स्थानमा छ । एजेन्सी