• १७ वैशाख २०८३, बिहिबार

च्याम्पियन्स लिग : आर्सनल र एट्लेटिकोको बराबरी

blog

बल खोस्ने प्रयास गर्दै एट्लेटिको र आर्सनलका खेलाडी । तस्बिर : एएफपी/रासस

काठमाडौँ, वैशाख १७ गते । इङ्लिस क्लब आर्सनल र स्पेनिस टोली एट्लेटिको म्याड्रिडले युरोपियन च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनल खेलको पहिलो लेगमा बराबरी खेलेका छन् ।

एट्लेटिकोको घरेलु मैदानमा बुधबार राति भएको प्रतिस्पर्धात्मक खेल १–१ गोलको बराबरीमा सकिएको हो । दुवै टोलीले पेनाल्टीमा एक एक गोल गरेका थिए ।

पाहुना टोली आर्सननले ४४औँ मिनेटमा सुरुवाती गोल गरेको थियो । भिक्टर ग्योकेरेसले पेनाल्टीमा गोल गर्दै आर्सनलको उत्साह जगाउनुभएको थियो ।

तर ५६औँ मिनेटमा जुलियन अल्भारेजले पेनाल्टीमै गोल गर्दै एट्लेटिकोलाई खेलमा फर्काउनुभयो । त्यसपछि दुवै टोलीको गोल थप्ने प्रयास सफल भएन । दोस्रो लेख अब आर्सनलको मैदानमा हुनेछ । एजेन्सी