• १७ वैशाख २०८३, बिहिबार

२० घण्टापछि पृथ्वीराजमार्ग सञ्चालनमा

blog

पहिरो खसेको स्थान मुसेखोला । तस्बिर-अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, वैशाख १८ गते । पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–पोखरा सडक खण्डमा पर्ने तनहुँको व्यास नगरपालिका–१ मुसे खोलामा खसेको पहिरो पन्छाएपछि सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ ।

बुधबार दिउँसो ४ बजेदेखि अवरुद्ध भएको राजमार्ग आज बिहीबार दिउँसो १२ः३० बजेदेखि दुवैतर्फी सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक ९प्रनाउ० अशोककुमार बिकले दिनुभएको जानकारी अनुसार वर्षाका कारण सडकभन्दा माथिबाट ढुङ्गा र लेदोसहितको पहिरो खसेर एकतर्फी सडक बन्द भएको थियो ।

सडक डिभिजन कार्यालयसँगको समन्वयमा प्रहरी टोलीले बिहीबार दिउँसो पहिरो हटाएपछि दुवै तर्फ सवारी सूचारु भएको हो ।

यसअघि पहिरोका कारण यात्रा जोखिमपूर्ण बनेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले उच्च सतर्कता अपनाउन र अत्यावश्यक काम बाहेक यात्रा नगर्न अपिल गरेको थियो । 

सडक खुले पनि मौसम प्रतिकूल रहन सक्ने भएकाले चालकहरूलाई सावधानीपूर्वक सवारी चलाउन र ट्राफिक नियमको पालना गर्न प्रहरीले अनुरोध गरेको छ ।