खेलकुद हब बनाउन वडामा ५ ठुला योजना
नेपालगन्ज उपमहानगरपालिका –१ लाई खेलकुद हवका रूपमा विकास गर्ने लक्ष्यसहित वडा कार्यालयले पछिल्लो समय खेलकुद पूर्वाधारमा लगानी बढाउँदै लगेको छ ।
रुद्रवेणी–वामीटक्सार सडकः चार पक्की पुल निर्माण तीव्र
गुल्मीको रुद्रवेणी–वामीटक्सार सडक खण्डमा निर्माणाधीन चार पक्की पुल निर्माणको कार्य तीव्र रुपमा अगाडि बढेको छ ।
व्यावसायिक कागतीखेतीमा व्यस्त सिभिल इन्जिनियर लोहनी
घोराही उपमहानगरपालिका–१६ तेरौटेका प्रतीकराज लोहनीले प्राङ्गारिक विधिमा आधारित भएर व्यावसायिक रूपमा कागतीखेती गरेर नमूना किसानको परिचय बनाउनुभएको छ ।
मन्त्री कुलमान बर्दियामा
उर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङ बर्दिया जिल्ला पुग्नु भएको छ । बर्दिया जिल्लाका विभिन्न स्थानको अनुगमन र पुल शिलन्यासका लागि मन्त्री घिसिङ बर्दिया पुग्नु भएको हो ।
जब्दीघाटमा पैसा तिरेर काठ पुल तर्दै स्थानीय
गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्न जब्दीघाटमा बनाइएको काठको पुलमा सर्वसाधारणहरू पैसा तिरेर आवत जावत गर्न बाध्य छन् ।
अख्तियारले माग्यो विवरण, छानबिनको तयारी
पश्चिम नवलपरासीस्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा भएको करोडौँ रुपियाँको आर्थिक अनियमितता तथा भ्रष्टाचारका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो देखाएको छ ।
एघार किलोमिटरमा बाह्र पुल बन्दै
अर्घाखाँची जिल्लाको ११ किलोमिटर लामो सडकखण्डमा १२ वटा पक्की पुल निर्माण हुने भएका छन् । सन्धिखर्क नगरपालिका–चुत्राबेँसी बाँगीखोलादेखि मालारानी गाउँपालिका–खिर्राबोट बाँगीखोलासम्म फैलिएको उक्त सडकखण्डमा हाल सात वटा पुल निर्माण सम्पन्न भइसकेका छन् भने पाँच वटा पुल निर्माणको चरणमा रहेका छन् ।
बाँकेमा बढ्यो चिसो
पुस महिना सुरु भएसँगै बाँकेमा चिसो बढेको छ । बिहान बाक्लो हुस्सुसँगै दिनभरी पनि घाम नलागेपछि बाँकेमा चिसो बढेको हो ।
पर्यटन प्रवर्धनका लागि होमस्टे
आन्तरिक पर्यटन प्रवर्धन गर्नका लागि गुल्मीमा होमस्टे सञ्चालन गरिएको छ । यस जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–१३ उपल्लो भंगारीमा २०७७ सालदेखि रैथाने बालीको परिकार प्रवर्धनसँगै आन्तरिक पर्यटन प्रवर्धन गर्न होमस्टे सञ्चालनमा ल्याइएको हो ।
वडामै पुगेर स्वास्थ्य शिविरसहित कृषि, पशु र रोजगार सेवा
गुल्मीको मालिका गाउँपालिकाले चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ ।
सहकारीको बचत फिर्ता माग गर्दै आमरण अनशन
नेपालगन्जस्थित सहकारी वित्तीय विकास संस्था लिमिटेडका बचतकर्ताको रकम फिर्ताको माग गर्दै सहकारी पीडितले आमरण र रिले अनशन सुरु गरेका छन् ।
गड्यौला मल पुर्याउनै मुस्किल
तुलसीपुर उपमहानगरपालिका वडा ३ भट्टेका किसान कृषक कर्णबहादुर वलीलाई गड्यौला मल पुर्याउनै मुस्किल परेको छ ।
जिप्रकामा अब ‘स्वयंसेवक कार्यालय व्यवस्थापन’ को अवधारणा
पश्चिम नवलपरासी जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीको सुविधा र सुशासन प्रवर्धनका लागि अब ‘स्वयंसेवक कार्यालय व्यवस्थापन’ को अवधारणा लागू गर्ने तयारी गरेको छ ।
अन्तरजिल्लास्तरीय सुरक्षा बैठक
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनकेन्द्रित शान्तिसुरक्षा र अपराधका घटनालाई न्यूनीकरण गर्न अन्तरजिल्लास्तरीय सुरक्षा बैठक गरिएको छ । गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेका अनुसार विपत्का घटनासँग समन्वय, सुरक्षा, लागुऔषध ओसारपसार र निर्वाचनकेन्द्रित रहेर सूचना आदानप्रदान गर्नका लागि अन्तरजिल्लास्तरीय सुरक्षा बैठक गरिएको हो ।
दशगजाबाट २० लाखको अवैध कफी बरामद
सशस्त्र प्रहरीले पश्चिम नवलपरासीको सिमा क्षेत्रबाट २० लाख बराबरको कफीका दाना बरामद गरेको छ ।
जनश्रमदानबाट दरबार क्षेत्र संरक्षण
केही समयपहिले स्थानीयले झारा तिरेर निर्माण गरेका सडक, भवन, कुवा, पाटीपौवालगायतका संरचना कायमै छन् । तत्कालीन समयमा आफ्नै खाएर समाजका लागि योगदान हुन्थ्यो । अहिले सामाजिक काममा रुचि हुन छोडेको भए पनि गुल्मीको सत्यवती गाउँपालिका–३, ठुलो लुम्पेकमा भने श्रम संस्कृति जीवितै राखिएको छ ।
पाँच जिल्लाबाट कांग्रेस उम्मेदवारको भएन नाम सिफारिस
नेपाली कांग्रेसले पार्टीको महाधिवेशन र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी एकसाथ अघि बढाएको छ । एकातिर पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताले अधिवेशनका लागि पदाधिकारी र सदस्य पदमा उम्मेदवारी घोषणा गरिरहेका छन् भने अर्कातिर प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया पनि तीव्र रूपमा अघि बढिरहेको छ ।
दाङमा एम्बुलेन्स भाडादर निर्धारण
दाङमा एम्बुलेन्स सेवाको भाडादर निर्धारण गरिएको छ । जिल्लामा एम्बुलेन्सको भाडादरमा एकरुपता ल्याउँदै नागरिकको सहजताका लागि जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले एम्बुलेन्स सेवाको भाडादर निर्धारण गरेको हो ।
रामग्राममा बढ्न थाले पर्यटक
गौतम बुद्धको अस्तुधातु रहेको पश्चिम नवलपरासीस्थित रामग्राम नगरपालिकामा रहेको रामग्राम स्तूप विदेशी पर्यटकको आकर्षण बढ्दै गएको छ । बौद्ध दर्शन अनुसार बुद्धको धातुको सान्निध्यमा गरिने आध्यात्मिक अभ्यासको विशेष महत्व रहने विश्वासका कारण विश्वका विभिन्न देशबाट बौद्ध तीर्थयात्री तथा पर्यटकको आगमन उल्लेख्य रूपमा बढ्दै गएको हो ।
बालमैत्री नयाँगाउँ पूर्ण सरसरफाइयुक्त वडा घोषणा
गुल्मीको धुर्कोट गाउँपालिका–१ नयाँगाउँ बालमैत्री स्थानीय शासनयुक्त र पूर्ण सरसफाइयुक्त वडा घोषणा भएको छ । गत असारमा गुल्मीकै पहिलो पटक बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको थियो ।
मुक्त कम्लहरी विकास मञ्चको केन्द्रीय अध्यक्षमा सुमिता चौधरी निर्वाचित
मुक्त कम्लहरी विकास मञ्चको केन्द्रीय अध्यक्षमा बाँकेकी सुमिता चौधरी निर्वाचित हुनुभएको छ । सोमबार रातिसम्म सम्पन्न मतदानमा सुमिताले २०९ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
चन्द्रकोटमा सातौं राष्ट्रपति रनिङ शिल्ड हुने
गुल्मीको चन्द्रकोट गाउँपालिकाले सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना गर्ने भएको छ । यहि पुस ८ र ९ गते चन्द्रकोट गाउँपालिका–४, शान्तिपुरस्थित उदय माध्यमिक विद्यालय र चक्रेश्वर इङ्गलिश बोर्डिङ्ग स्कुलमा प्रतियोगिता सञ्चालन गर्न लागिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश चन्द्र शर्माले जानकारी दिनुभयो ।
सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा
भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा विवाह गर्न नेपाली युवती भारत जानेक्रम बढेसँगै मानव बेचविबखनको जोखिम बढ्दै गएको छ ।
घरेलु तथा साना उद्योगमा ४९ करोड ६४ लाख लगानी
दाङमा चालु आर्थिक वर्षको चार महिनामा घरेलु तथा साना उद्योग व्यवसायमा ४९ करोड बढी लगानी गरिएको छ ।