बुटवलमा भूमिहीन सुकुमवासीको प्रदर्शन
भूमिहीन तथा अव्यवस्थित बसोबासीको दीर्घकालीन व्यवस्थापन गर्नुपर्ने माग गर्दै विभिन्न जिल्लाबाट आएका प्रतिनिधिले आइतबार बुटवलमा प्रदर्शन गरेका छन् । नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासी सङ्घर्ष समिति, रुपन्देहीको आयोजनामा भएको प्रदर्शन राजमार्ग चौराहाबाट सुरु भई मिलनचोक, बसपार्क, पुष्पलाल पार्क हुँदै ट्राफिक चोकमा पुगेर सभामा परिणत भएको थियो । कार्यक्रममा तराईका २२ जिल्लाबाट आएका भूमिहीन तथा अव्यवस्थित बसोबासीको सहभागिता रहेको बताइएको छ ।
बबई नहर निर्माण अन्तिम चरणमा
बर्दियाको गुलरिया नगरपालिका क्षेत्रमा निर्माणाधीन बबई सिँचाइ आयोजना अन्तर्गतको नहर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आयोजनाले गुलरिया नगरपालिकाभित्रको सात हजार हेक्टर कृषि जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य राखेको छ । गत वर्षदेखि सुरु गरिएको नहर निर्माण अन्तर्गत वडा नं. १, ३ र ४ मा चार किलोमिटर मूल नहर तथा नौ किलोमिटर शाखा नहर निर्माण भइरहेको छ । आयोजनाका अनुसार हालसम्म गुलरिया खण्डको करिब ७८ प्रतिशत काम सम्पन्न भइसकेको छ ।
निजी क्षेत्रको प्रवर्धनमा लुम्बिनी सरकार प्रतिबद्व
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निजी क्षेत्रको संरक्षण, प्रवर्धन र विकासमा लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशको चौथो कार्यकारिणी समितिको पदस्थापना कार्यक्रमलाई आइतबार भैरहवामा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले उद्योगी तथा व्यवसायीलाई उत्साहित बनाउँदै उत्पादन, लगानी र रोजगारी विस्तारमा जोड दिन आवश्यक रहेको औँल्याउनुभयो । आचार्यले उद्योग व्यवसाय सञ्चालनका क्रममा देखिएका समस्याको समाधानका लागि प्रदेश सरकारले आवश्यक समन्वय र पहल गर्दै आएको उल्लेख गर्नुभयो ।
मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
गुल्मीको सत्यवती गाउँपालिका–१ अस्लेवामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
प्रविधिमैत्री बन्दै थानपति आधारभूत विद्यालय
जिल्लाको मालिका गाउँपालिका–८, बरारुखस्थित थानपति आधारभूत विद्यालय पछिल्लो समय प्रविधिमैत्री शिक्षाको नमुनाका रूपमा विकसित हुँदै गएको हो। यस विद्यालयले आधुनिक शैक्षिक सामग्रीमार्फत शिक्षण सिकाइलाई प्रविधिसँग जोडेको छ।
नेपालगन्ज म्याराथनलाई एम्सको अवार्ड
वर्ल्ड रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) ले नेपालको धारा नेपालगन्ज म्याराथनलाई यस वर्षको ‘एम्स सोसल अवार्ड‘ प्रदान गर्ने निर्णय गरेको छ ।
मुस्लिम समुदायलक्षित निःशुल्क स्वास्थ्य शिविर
गुल्मीको सदरमुकाम तम्घासमा मुस्लिम समुदायलक्षित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। यहाँस्थित गुल्मी मोडेल हस्पिटल प्रालिले सामाजिक उत्तरदायित्व अन्तर्गत मदरसा अहले सुन्नत प्राथमिक विद्यालयमा मुस्लिम समुदायलक्षित एक दिने निःशुल्क स्वास्थ्य शिविर स्वास्थ्य शिविर सञ्चालन गरेको हो।
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, तीन घाइते
दाङमा आइतबार छुट्टा छुट्टै मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएको छ ।
तम्घासका नेवार समुदाय मौलिक बाजा सिक्दै
गुल्मीको तम्घासमा ८१ घरधुरी नेवार समुदाय छन् । उनीहरूले अहिले तीन चरणमा आफ्नै मौलिक बाजा बजाउन सिकिरहेका छन् । नेवार समुदायको आफ्नै मौलिक सँस्कृति छ ।
झिमरुक गाउँपालिकामा विद्यार्थीलाई कानुनी शिक्षा
झिमरुक गाउँपालिका प्युठानले क्याम्पस तथा विद्यालयमा अध्यनरत विद्यार्थीको लागि कानुनी शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । झिमरुक गाउँपालिकाको न्यायिक समितिले विद्यार्थीलाई लक्षित गरेर कानुनी शिक्षा कार्यक्रम सञ्चालन गरेको हो ।
एकसय ५० चालक र सहचालकको स्वास्थ्य परीक्षण
सार्वजनिक यातायातमा यात्रा गर्ने सर्वसाधारणको सुरक्षालाई ध्यानमा राखेर नेपालगन्जमा सवारी साधनका चालक तथा सहचालकहरुको स्वास्थ्य परीक्षण गरिएको छ ।
अधिकारकर्मीद्वारा होल्डिङ सेन्टर अनुगमन
बाँकेको विभिन्न मानवअधिकार तथा कानुनी क्षेत्रसँग सम्बन्धित अधिकारकर्मीले कोहलपुर नगरपालिकाले स्थापना गरेको होल्डिङ सेन्टरको स्थलगत अनुगमन गरेका छन् ।
स्वास्थ्य शिविरमा ४६० जनाको स्वास्थ्य परीक्षण
नेपालगन्जमा शनिवार आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा निशुल्क स्वास्थ्य परीक्षण, रगत जाँच, आँखा परीक्षण र औषधी वितरणसँगै रक्तदानमार्फत रगत सङ्कलन समेत गरिएको छ ।
रमवापुर स्पोर्ट्स क्लबलाई अध्यक्ष कप उपाधि
बाँकेको जानकी गाउँपालिकामा आयोजित तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिताको उपाधि रमवापुर स्पोर्ट्स क्लबले जितेको छ ।
युवा केन्द्रित लागुऔषध विरुद्धको अभियान
लुम्बिनी प्रदेश सरकार लागुऔषध तथा दुर्व्यसनविरुद्ध युवा मार्फत अभियान सञ्चालन गर्नेभएको छ । प्रदेशमा लागुऔषध डरलाग्दो रुपमा बढिरहेको भन्दै यसविरुद्ध विद्यालय केन्द्रित अभियान सञ्चालन गर्न लागिएको लुम्विनी प्रदेश युवा परिषद विकास समितिका कार्यकारी उपाध्यक्ष हंशराज खनालले जानकारी दिनुभयो ।
गल्कोटले जित्यो मुसिकोट मेयर कप
तेस्रो मुसिकोट मेयर रनिङ कप भलिवलको उपाधि बाग्लुङको गल्कोट नगरपालिकाले जितेको छ । फाइनल खेलमा मेदाने गाउँपालिकालाई सिधा तीन सेटमा पराजित गर्दै उपाधि हात पारेको हो ।
भत्काइयो अतिक्रमित टहरा
डिभिजन वन कार्यालय बर्दियाले वनक्षेत्रमा अतिक्रमण गरेर बनाइएका टहरा भत्काएको छ । बिहीबारदेखि अतिक्रमित वनक्षेत्र खाली गराउन थालेको कार्यालयले शुक्रबार बारबर्दिया नगरपालिका–२ को लठुवाघाटमा मलामी ओत लाग्नका लागि निर्माण गरिएको टहरासमेत भत्काएको छ ।
संरक्षणको अभावमा जीर्ण बन्दै शिवमन्दिर
कपिलवस्तुको कृष्णनगर नगरपालिका–४, सिर्सिहवामा अवस्थित प्राचीन शिवमन्दिर संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । ऐतिहासिक तथा धार्मिक दृष्टिले महत्वपूर्ण उक्त मन्दिर १३ औँ शताब्दीमा लाहुर शैलीमा निर्माण गरिएको थियो । समयमै संरक्षण तथा मर्मतसम्भार नहुँदा मन्दिरको संरचना कमजोर बन्दै गएको स्थानीयले बताएका छन् । मन्दिरमा रहेको अभिलेख अनुसार सन् १२९० मा भोनु र निहाल नामक दम्पतीले सन्तानप्राप्तिको कामनासहित सात वटा मन्दिर, २७ वटा कुवा (इनार) र २७ वटा पोखरी निर्माण गराएका थिए ।
शिव अङ्कित पहाडले तान्दै पर्यटक
अर्घाखाँची र कपिलवस्तुको सिमानामा रहेको पहाड अहिले आन्तरिक पर्यटनको आकर्षक गन्तव्य बन्दै गएको छ । प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सामाजिक सञ्जालको प्रभावले यो स्थान छोटो समयमै चर्चित बनेको हो । मनमोहक दृश्य र शान्त वातावरणका कारण यहाँ पर्यटकको चहलपहल बढ्दो छ ।
तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा
दङ्गीशरण गाउँपालिका–१ रामपुरका पाँच जना युवकले सामूहिक तरबुजा खेती गरेका छन् । साथै उनीहरू बबई नदी किनाराको जग्गामा तरबुजा खेती गरेर आत्मनिर्भर भएका छन् ।
'स्थान विशेष मौसम पूर्वानुमानका लागि संघीय सरकारसँग समन्वय गर्छौं'
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले मौसम पूर्वानुमान र सूचना प्रणालीलाई प्रभावकारी बनाउन प्रदेश सरकारले समन्वय र सहकार्यलाई सुदृढ बनाउने बताउनुभएको छ ।
'एसईई'मा चार ‘जिपिए’ ल्याउने विद्यार्थीलाई एक लाख पुरस्कार
माध्यमिक शिक्षा परीक्षामा चार ‘जिपिए’ ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित गैँडाकोट इङ्गलिस स्कुलले नगदसहित सम्मान गरेको छ ।
झिमरुक खोलामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु
प्युठान नगरपालिका–१ खैरास्थित झिमरुक खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय श्रीधर आचार्यका १४ वर्षीय छोरा नोबेल आचार्य रहेका छन् ।
सूचनाको हक प्रभावकारी कार्यान्वयनमा ल्याउन निर्देशन
गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले सूचनाको हक प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउन निर्देशन दिनुभएको छ।