• ३ चैत २०८२, मङ्गलबार

गुल्मीको अग्लुङमा ट्याक्टरले च्यापेर एकको मृत्यु

blog

टोपलाल अर्याल

रेसुङ्गा (गुल्मी), चैत ३ गते । गुल्मीको मदाने गाउँपालिका-१ अग्लुङमा ट्याक्टरले च्यापेर एक जनाको मृत्यु भएको छ ।

स्थानीय भगवत वोहराले चलाएको रा १ त ३८६३ नं को ट्याक्टरले च्यापेर ३३ वर्षीया सालिकराम चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगा बहादुर सारुले जानकारी दिनुभयो । 

बालुवा झार्ने क्रममा ट्याक्टरको ट्रालिको दाहिने तिरको चक्काले चन्दलाई ठक्कर दिएको थियो । उहाँको टाउकोमा चोट लागेको थियो । चन्दलाई गुल्मी अस्पताल तम्घासले मृत्युको घोषणा गरेको प्रहरी नायब उपरीक्षक सारुले बताउनुभयो । चालक र ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको छ । शब पोस्टमार्टम गुल्मी अस्पताल तम्घासमा हुने प्रहरीले जनाएको छ ।