• ४ चैत २०८२, बुधबार

ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

blog

लीलाधर वली

घोराही, चैत ३ गते । दाङमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका –५ बाँकी निवासी ३६ बर्षीय भानु रिजाल रहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो । 

प्रहरी नायव उपरीक्षक बोहराका अनुसार मंगलवार बेलुका पौने ८ बजेको समयमा देउखुरीको हुलाकी सडकअन्तर्गत पूर्वबाट पश्चिम गढवा बजारतर्फ आउँदै गरेको रा १ त ३४२९ नम्बरको ट्याक्टरमा सोही दिशाबाट गढवातर्फ आउँदै गरेको रा ६ प १७६९ को मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा रिजालको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते हुनुभएका रिजालको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले ट्याक्टर चालक र ट्याक्टरलाई इलाका प्रहरी कार्यालय गढवामा राखेर घट्ना बारे अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक बोहराले जानकारी दिनुभयो ।