सिक्टा सिँचाइ आयोजनाको डुडुवा नहरको निर्माण तीव्र
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाअन्तर्गत डुडुवा शाखा नहरको निर्माण कार्य हाल आएर तीव्र गतिमा अघि बढाइएको छ ।
बोडीमा अत्याधिक विषादी फेला, १५० केजी बोडी नष्ट
बुटवलको कृषि उपज थोक बजार केन्द्रमा हरियो तरकारी बोडीमा विषादी भेटिएको छ ।
माडी नदीमा डुबेर एक युवकको मृत्यु
जिल्लाको माडी नदीमा डुबेर एक युवकको ज्यान गएको छ । स्वर्गद्वारी नगरपालिका–६, भानढाडाका १९ वर्षीय नवराज घर्तिमगरको नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
खेलकुदमय बन्दै खजुरा क्षेत्र
बाँकेको खजुरा क्षेत्रमा पछिल्लो समय खेलकुदका गतिविधिहरू तीव्ररूपमा बढ्दै गएका छन्। ग्रामीण क्षेत्रमा निरन्तर आयोजना हुने प्रतियोगिताले नयाँ खेलाडी उत्पादनका साथै दर्शकको आकर्षण पनि बढाइरहेको छ।
गुल्मीमा ५३.७२ प्रतिशतले गराए स्वास्थ्य बिमा
सामाजिक सुरक्षाअन्तर्गत सरकारले ल्याएको स्वास्थ्य बिमाप्रति गुल्मीका नागरिकको आकर्षण बढ्दै गएको छ। स्वास्थ्य उपचारमा सहज पहुँच स्थापितका लागि सुरु गरिएको स्वास्थ्य बिमा कार्यक्रमबाट यहाँका धेरैजसो नागरिकले सेवा लिएका छन्।
करिडोरका खोलामा १० वटा नयाँ मोटरेवल पुल बन्ने
कालीगण्डकी करिडोरका खोलामा पुल नहुँदा समस्या झेल्दै आएका सवारी र यात्रुहरुले उक्त समस्याबाट मुक्त हुने भएका छन् । बर्सायामको समयमा खोलामा पुल नुहुँदा जोखिम मोलेरै यात्रा गर्न बाध्य भएका सवारी र यात्रुहरुलाई अब राहत मिल्ने भएको छ ।
कालीगण्डकी कोरिडोरमा पुल बन्दै
कालीगण्डकी कोरिडोर अन्तर्गतका विभिन्न खोलामा पुल निर्माणका योजना अघि बढ्ने भएका छन् । आगामी आर्थिक वर्षदेखि कोरिडोरका विभिन्न स्थानमा पक्की पुल निर्माण प्रक्रिया अघि बढाउने योजना रहेको सम्बन्धित अधिकारीले जानकारी दिएका छन् ।
धार्मिक पर्यटनको गन्तव्य महाराजाथान
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको महाराजाथान धार्मिक पर्यटनको गन्तव्य बन्दै गएको छ । कावासोती–१, हात्तीखोरमा अवस्थित महाराजा थान मन्दिर सेनकालीन समयमा स्थापना भएको मान्यता रहिआएको छ ।
कावासोतीमा पुनः सुरु भयो जग्गाको नापी
नवलपुरको कावासोती नगरपालिकामा जग्गा नापीको काम पुनः सुरु गरिएको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण गर्ने उद्देश्यसहित वडा नं. ८ बाट पुनः नापजाँचको काम सुरु गरिएको हो ।
सुनवलमा लुम्बिनी प्रदेशको अटिजम नमुना विद्यालय स्थापना प्रयास
नेपाल सरकारले सातै प्रदेशमा बौद्धिक अपाङ्गता र अटिजम भएका बालबालिकाका लागि एक–एक नमुना विद्यालय स्थापना गर्ने घोषणा गरेसँगै लुम्बिनी प्रदेशका लागि पश्चिम नवलपरासीको सुनवलस्थित लुम्बिनी माध्यमिक विद्यालयलाई प्रदेश स्तरीय नमुना विद्यालय बनाउने पहल सुरु भएको छ।
कोहलपुर नगर अस्पतालमा डिजिटल एक्स–रे सुरु
कोहलपुर नगर अस्पतालमा आजबाट न्यूनतम शुल्कमा डिजिटल एक्स–रे सेवा सुरु भएको छ । स्वास्थ्य सेवा थप सहज, छरितो र पहुँचयोग्य बनाउने उद्देश्यका साथ उक्त सेवा सञ्चालनमा ल्याउन लागिएको नगर प्रमुख पूर्ण प्रसाद आचार्यले जानकारी दिनुभयो ।
आज पनि लुम्बिनी प्रदेश सभाको बैठक बस्दै
लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनअन्तर्गत आठौं बैठक बुधबार बस्दैछ। प्रदेश सभा सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा प्रदेश सभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा आ–आफ्ना धारणा राख्ने कार्यसूची रहेको छ।
जयन्दु बाल सुधारगृहलाई खेलकुद सामग्री
विश्व खेलकुद दिवसको अवसरमा गोपाल नीना फाउन्डेशन नेपालद्वारा बाँकेको डुडुवा –६ मा रहेको जयन्दु बाल सुधारगृहलाई खेलकुद सामग्री हस्तान्तरण गरिएको छ ।
डुडुवामा कृषि विद्यालय भवन निमार्ण हुने
बाँकेको डुडुवा गाउँपालिकाले वडा १ र २ अन्तर्गत रामनगर पाझा क्षेत्रलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्न थालेको छ ।
ज्यान मार्ने उद्योगमा गाउँपालिका उपाध्यक्ष पक्राउ
कपिलवस्तु प्रहरीले ज्यान मार्ने उद्योगको कसुरमा एक गाउँपालिका उपाध्यक्षलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष 'लाला' भन्ने होमप्रकाश चौधरी रहनुभएको छ ।
रामवाण गुल्मको २३ औँ वार्षिकोत्सव : उत्कृष्ट जवान र खेलाडी पुरस्कृत
गुल्मीको तम्घास धागीथुमस्थित नेपाली सेनाको श्री रामवाण गुल्मले आफ्नो २३ औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवका अवसरमा वर्षकै उत्कृष्ट जवान र विभिन्न खेलकुद विधाका विजेताहरूलाई पुरस्कृत गरिएको छ ।
बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दै, पाँच पालिकामा मात्रै २३३ फेला
बाँकेमा कुपोषणको समस्या भएका बालबालिकाको सङ्ख्या वृद्धि हुँदै गएको तथ्याङ्कले देखाएको छ ।
मुख्यमन्त्री कप प्रदेशस्तरीय भलिबलको तयारी पूरा
लुम्बिनी प्रदेश सरकारको आयोजनामा मुख्यमन्त्री कप प्रदेशस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता चैत २५ गतेदेखि २८ गतेसम्म दाङमा सञ्चालन हुने भएको छ ।
चितुवा नियन्त्रणमा लिँदा दुई जना घाइते
दाङको देउखुरीमा चितुवा नियन्त्रणमा लिने क्रममा दुई जना घाइते भएका छन् ।
भुक्तानी नपाउँदा सहकारीले डिडिसीलाई दुध बेच्न छाडे
नियमित भुक्तानी नपाउँदा पश्चिम नवलपरासीका दुध बिक्री गर्दै आएका सहकारीहरूले दुग्ध विकास संस्थान (डिडिसी)लाई दुध बिक्री गर्न छाडेका छन्।
बाँझो जमिन नराख्न मुख्यमन्त्री आचार्यको आग्रह
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जमिन बाँझो नराखी उत्पादनमा जोडिन किसानलाई आग्रह गर्नुभएको छ ।
बिमा नहुँदा केरा किसान चिन्तित
बर्दियामा कृषि बिमा अन्तर्गत केरा खेतीको बिमा नहुँदा किसानहरू चिन्तित भएका छन् । किसानले दुःख गरेको खेती विपत् र रोग कीराका कारण नोक्सान भएमा क्षतिपूर्ति दिने गरी कृषि बीमाको व्यवस्था गरेको थियो ।
त्रिवेणी–दुम्किबास सडक : दुई दशकदेखि अलपत्र योजना
बुटवल–नारायणगढ सडक विस्तारमा भइरहेको ढिलाइ र दाउन्ने खण्डको जोखिमपूर्ण यात्राका कारण आजित भएका सर्वसाधारणका लागि त्रिवेणी–दुम्किबास सडक जीवनरेखा मानिन्छ।
बाँकेका सरकारी कार्यालयमा विहान सेवाग्राहीको संख्या न्यून
सरकारको निर्णयअनुसार सोमबारदेखि लागू हुने गरी बाँके जिल्लाका अधिकांश सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन हुन थालेको पाइएको छ।