तीस हजार क्विन्टल धान खरिद
बर्दियामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड राजापुरले ३० हजार दुई क्विन्टल धान खरिद गरेको छ । खाद्यले किसानबाट सरकारले तोकेको समर्थन मूल्यमा २८ हजार ८२ क्विन्टल मोटा र एक हजार ९ सय २० क्विन्टल मध्यम धान खरिद गरेको हो ।
शिक्षक विद्यार्थीलाई न्यानो कपडा
भार्सेली समाज हङकङको सहयोगमा भार्सेका सवै विद्यालयका शिक्षक तथा विद्यार्थीलाई न्यानो कपडा (ट्रयाकसुट) वितरण गरिएको छ ।
ऐरावती गाउँपालिकामा दिउँसो टिप्पर सञ्चालन रोक
प्युठानको ऐरावती गाउँपालिकाले पालिका क्षेत्रको मुख्य सडकमा दिउँसोको समयमा टिप्पर सञ्चालन गर्न रोक लगाएको छ । गाउँपालिकाले चेरनेटा–बरौला–जोगिटारी सडकमा बिहान ८ देखि बेलुका ५ बजेसम्म टिप्पर सञ्चालनमा रोक लगाएको हो ।
क्यान्सर अस्पताल खजुरामा भिडियो एक्सरे सेवा बन्द, बिरामीलाई समस्या
बाँकेको खजुरास्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा रेडियोलोजिस्ट नहुँदा गत दस दिनदेखि भिडियो एक्सरे सेवा बन्द रहेको छ ।
छ महिनामा छ जनाको मृत्यु
बर्दियामा मानव–वन्यजन्तु द्वन्द्वका घटना वृद्धि भइरहेका छन् । चालु आर्थिक वर्षको पहिलो छ महिनामा वन्यजन्तुको आक्रमणमा परेर जिल्लामा छ जनाले ज्यान गुमाएका छन् । पछिल्ला वर्षमा मध्यवर्ती क्षेत्रका सामुदायिक वनक्षेत्र तथा त्यस आसपासका वस्तीमा वन्यजन्तुको आवतजावत बढेसँगै मानव–वन्यजन्तु द्वन्द्वका घटना वृद्धि हुँदै गएका छन् ।
भार्सेमा भिक्टोरिया क्रस विजेता रानाको सालिक
लाहुरेहरूको गाउँका रूपमा परिचित यहाँको सत्यवती गाउँपालिका–८ भार्सेमा प्रथम विश्वयुद्धका वीर गोर्खा सैनिक तथा भिक्टोरिया क्रस प्राप्त कर्नबहादुर रानाको सालिक स्थापना गरिएको छ ।
बाँकेमा चिसो अत्याधिक बढ्दा जनजिवन अस्तव्यस्त
गत दुईसाता यता बाँकेमा सुरु भएको शीतलहर र हुस्सुका कारण चिसो अत्याधिक बढेको छ । शीतलहरले गर्दा चिसो धेरै बढेपछि यस क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको छ ।
प्रशासनिक भवन निर्माण अन्तिम चरणमा
गुल्मीको छत्रकोट गाउँपालिकाको अत्याधुनिक प्रशासनिक भवन निर्माण अन्तिम चरणमा पुगेको छ । सङ्घीय सरकार र छत्रकोट गाउँपालिकाको संयुक्त बजेटमा यस गाउँपालिकाको वडा नम्बर–३, भेंडुवामा अत्याधुनिक निर्माणाधीन प्रशासनिक भवनको ९४ दशमलव पाँच प्रतिशत सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेले बताउनुभएको छ ।
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : प्रदेश सचिवको जिम्मेवारी तोक्ने निर्णय
लुम्बिनी सरकारले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्ने तथा हेरफेर गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा आइतबार बसेको लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
अवकासपछि घरमै ऐतिहासिक सङग्राहलय निर्माण
गाउँभरी सबैले शिवहरी सर भनेर चिन्छन्, खास उहाँको नाम विश्वराज पौड्याल हो । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–४ बलेटक्सार थप्लुङ्गका पौड्याल उमेरले ६१ वर्षको पुग्नुभयो ।
नृत्यमा गोरखा पहिलो
कोहलपुरको गोरखा युनाइटेड पब्लिक स्कुल विद्यालयस्तरीय नृत्य प्रतियोगितामा पहिलो भएको छ । बाँकेको कोहलपुर महोत्सवमा आयोजित प्रतियोगिताको फाइनल चरणमा छ विद्यालयलाई पछि पार्दै सामूहिक नृत्यमा गोरखा स्कुल विजयी भएको हो । विजेता गोरखाले ट्रफीसहित ५० हजार रुपियाँ प्राप्त ग¥यो ।
विस्थापित छोटी भन्सार पुनर्स्थापना गर्न माग
बाँकेको उद्योगी व्यवसायीहरुको छाता संगठन नेपालगन्ज उद्योग वाणिज्य संघले शसस्त्र द्वन्द्वमा विस्थापित भएका जिल्लाका छोटी भन्सारहरु पुनस्र्थापना गर्न माग गरेको छ ।
गुल्मीमा एक पुरुष मृत फेला
गुल्मीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्।
एमाले उपाध्यक्ष पौडेल रूपन्देही २ बाट एकल सिफारिस
नेकपा एमाले रूपन्देहीले रुपन्देहीको क्षेत्र नम्बर २ बाट पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई प्रतिनिधि सभाको निर्वाचनका लागि एकल सिफारिस गरेको छ ।
रेसुङ्गा विमान स्थलबाट नियमित उडान सुरु
गुल्मीको रेसुङ्गा विमान स्थलबाट पछिल्लो समय हप्ताको चार दिन तालिका अनुसार नियमित हवाई उडान हुँदै आएको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिनभएको छ ।
तिलौराकोट क्षेत्रका पुरातात्विक जग्गा अधिग्रहण गर्न मुआब्जा
प्राचीन कपिलवस्तु राज्यको राजधानी नगर तिलौराकोट क्षेत्र वरिपरि रहेका महत्वपूर्ण पुरातात्विक स्थल संरक्षणका लागि जग्गा अधिग्रहण गरिने भएको छ ।
संसद पुनःस्थापना उत्तम विकल्प : एमाले केन्द्रीय सदस्य ज्ञवाली
नेकपा एमालेका केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले संसद पुनःस्थापनानै अहिलेको समस्या समाधान गर्ने छिटो र उत्तम विकल्प भएको बताउनुभएको छ ।
छाडियो गण्डक नहरमा पानी
हिउँदे बाली सिँचाइका लागि गण्डक पश्चिमी नहरमा पानी छाडिएको छ । नारायणी नदीमा बनाइएको त्रिवेणीस्थित गण्डक बाँधबाट पश्चिम नवलपरासीका विभिन्न क्षेत्र सिँचाइका लागि बनाइएको नहरमा गत साताबाट पानी छाडिएको गण्डक नहर व्यवस्थापन कार्यालय नवलपरासीका प्रमुख तिलकराम बुढाथोकीले जानकारी दिनुभयो ।
माग सम्बोधन नभएसम्म उद्योग बन्द
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १२ स्थित कजरिया टायल्स उद्योगमा दुई जना मजदुरको मृत्यु भएको घटनाले उग्ररुप लिएको छ ।
बढे राजनीतिक दलका गतिविधि
आगामी फागुन २१ गते तोकिएको निर्वाचन नजिकिँदै गर्दा जिल्लामा राजनीतिक दलहरूको चहलपहल बढ्न थालेको छ । उम्मेदवार बन्ने तयारी गरिरहेका विभिन्न राजनीतिक दलका नेताहरू आआफ्नो निर्वाचन क्षेत्रमा आउने, घुमघाम गर्ने तथा स्थानीय बासिन्दाका समस्याका बारेका बुझ्न र बोल्न थालेका छन् ।
बाँकेका थारु गाउँबस्तीमा माघीको तयारी तीव्र
बाँकेका अधिकांश थारु गाउँ बस्तीमा माघी पर्वको तयारी तीव्र पारिएको छ । माघी आउन दस दिन मात्र बाँकी रहेकाले जिल्लाका अधिकांश गाउँबस्तीमा माघीको रौनक बढ्दै गएको हो ।
गुल्मीका चार सय बढी विद्यार्थीको मुटु परीक्षण
गुल्मीका चार सयभन्दा बढी विद्यार्थीको मुटु परीक्षण गरिएको छ । गुल्मी अस्पतालमा सञ्चालित काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थको आयोजना र नेपाल हृदय रोग निवारण प्रतिष्ठान, गुल्मीको सहजीकरणमा तम्घासस्थित महेन्द्र मावि र रेसुङ्गा माविका विद्यार्थीहरुको मुटु परीक्षण गरिएको हो ।
थारू बस्तीमा माघको रौनक सुरु
माघ (माघी) आउन अझै करिब दुई हप्ता भए पनि थारू बस्तीहरूमा भने यस पर्वको चहलपहल सुरु भइसकेको छ ।
गुल्मीमा क्रिकेट प्रतियोगिता हुने
गुल्मीमा क्रिकेट प्रतियोगिता हुने भएको छ । खुकुरी युथ क्लबको आयोजनामा इश्मा गाउँपालिकामा अवस्थित बीपी पार्क खेलमैदानमा जिल्लास्तरीय अन्तर विद्यालय (कक्षा १० सम्म) छात्र क्रिकेट प्रतियोगिता हुन लागेको क्लबका अध्यक्ष निशान टण्डनले जानकारी दिनुभयो ।