एकैदिन २५ लाख बक्यौता असुल
नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले बाँकेमा सञ्चालन गरेको ‘बक्यौता असुली अभियान’ अन्तर्गत एकै दिन २५ लाख रुपियाँ भन्दा बढी बक्यौता असुली गरिएको छ ।
थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन
नेपालगन्ज उपमहानगरपालिकाले थन्किएका तीन करोड बढीका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन गरेको छ ।
लैङ्गिक हिंसा रोक्न पारिवारिक सचेतना जरुरी छ : सामाजिक विकासमन्त्री तिमिल्सेना
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेनाले लैङ्गिक हिंसा रोक्नका लागि पारिवारिक सचेतना जरुरी रहेको बताउनुभएको छ ।
तीन वर्षमा पनि बनेन रेसुङ्गा सभाहल
यहाँको रेसुङ्गा नगरपालिकामा निर्माणाधीन अत्याधुनिक सभाहल निर्माण तीन वर्षसम्म पनि सम्पन्न भएको छैन । हालसम्म ७५ प्रतिशत मात्र भौतिक प्रगति भएको छ ।
मानव अधिकार रक्षक नै असुरक्षित
मानव अधिकार हननका पीडितलाई सहयोग गर्ने, मानव अधिकार अवस्थाको अनुगमन गर्ने, असल शासन र सरकारी नीतिमा सहयोग गर्ने, मानव अधिकारको अन्तर्राष्ट्रिय महासन्धिको कार्यान्वयनमा सहयोग गर्ने लगायतका कार्य गर्दै आएका मानव अधिकार रक्षक नै असुरक्षित हुँदै गएको एक कार्यक्रमका सहभागीहरुले जनाएका छन् ।
कोइलावास भन्सारमा ३९ लाख रुपियाँ राजस्व सङ्कलन
दाङको कोइलावास भन्सार कार्यालयले ३९ लाख रुपियाँ राजस्व सङ्कलन गरेको छ ।
रामग्रामवासीलाई मोतियाविन्दुको निःशुल्क शल्यक्रिया
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले आँखामा मोतियाविन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया गर्ने भएको छ ।
छाडा पशुचौपाया व्यवस्थापनमा अग्रसरता
लुम्बिनी प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले छाडा पशुचौपाया व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन मुख्यमन्त्री चेतनारायण आचार्यलाई बुझाएको छ । कृषिमन्त्री दिनेश पन्थीको संयोजकत्वमा बनेको समितिले स्थलगत अवलोकन, तथ्याङ्क सङ्कलन, अन्तर्क्रिया र सरोकारवालासँगका छलफलपछि उक्त प्रतिवेदन तयार पारेको हो ।
अस्पताल भवन निर्माण तीव्र
लुम्बिनी प्रादेशिक अस्पतालको निर्माणाधीन १२ तले अत्याधुनिक भवन निर्माण तीव्र गतिमा अघि बढेको छ । प्रदेशको ‘गौरवको आयोजना’ मानिएको यस परियोजनाको भौतिक प्रगति हाल ३२ प्रतिशत तथा वित्तीय प्रगति २७ प्रतिशत पुगेको लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका कार्यकारी निर्देशक छविराज पोखरेलले जानकारी दिनुभयो ।
रोकिएन शिक्षकले राजीनामा दिने क्रम
गुल्मीमा पछिल्ला केही वर्षयता शिक्षकले पेसा छोड्ने क्रम निरन्तर बढ्दै गएको छ । शिक्षा विकास तथा समन्वय एकाइ गुल्मीका अनुसार चालु आर्थिक वर्षको चार महिनामै आठ जनाले राजीनामा दिएका छन् । आव २०७९/८० देखि हालसम्म कुल १३२ जना शिक्षकले पद त्याग गरेका छन् ।
सब–डिभिजन वन कार्यालयको भवन निर्माण सुरु
पश्चिम नवलपरासीको सुस्तास्थित फेचुवा १ मा सब–डिभिजन वन कार्यालय प्रतापपुर, सुस्ताको भवन निर्माण सुरु भएको छ । भवनको सोमबार लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवार (सन्तु) ले शिलान्यास गर्नुभयो ।
भ्रष्टाचारविरुद्धको लडाइँ सबैको साझा जिम्मेवारीः मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन र पारदर्शी समाज निर्माणका लागि सबैको संयुक्त प्रयास आवश्यक रहेको बताउनुभएको छ ।
आठौँ राष्ट्रपति रनिङ्गशिल्डको उपाधी आत्मबोध माविलाई
गुल्मीको छत्रकोट गाउँपालिकामा सञ्चालन भएको आठौँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगीताको उपाधी आत्मबोध मावि छत्रकोट गाउँपालिका–५ खज्र्याङले जितेको छ । १३ स्वर्ण, चार रजत र छ कास्य गरेर २३ पदकसहित आत्मबोध प्रथम भएको हो ।
भेषराज ढुंगानाको त्याग पुस्ताकोलागि प्रेरणाको स्रोतः मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वर्रे संघर्षका योद्धा दिवंगत भेषराज ढुंगानाले कम्युनिस्ट आन्दोलनलाई सुदृढ बनाउने क्रममा देखाएको त्याग, समर्पण र अविचलित प्रतिबद्धता आजको पुस्ताका लागि प्रेरणाको स्रोत बनेको बताउनुभएको छ ।
प्रक्रियासार कौमुदी पुस्तकको लोकार्पण
नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक हरिलाल पौडेलद्वारा रचना गरिएको प्रक्रियासार कौमुदी (प्रयोगात्मक संस्कृत भाषा व्याकरण) पुस्तकको लोकर्पण गरिएको छ ।
'नमूना लन्डन ब्रिज' दर्शकको आकर्षण
रूपन्देहीको तिलोत्तमास्थित मणिग्राममा जारी ८ औं तिलोत्तमा राष्ट्रिय औधोगिक व्यापार मेला, कृषि, पर्यटन महोत्सव २०८२ को गेटमा निर्माण गरिएको नमूना लण्डन ब्रिजमा दर्शकको आकर्षण बढेको छ ।
नेपालगन्ज भन्सारबाट ‘भन्सार मूल्याङ्कन डाटावेस प्रणाली’ सुरु
नेपालगन्ज भन्सार कार्यालयबाट आइतबारदेखि ‘भन्सार मूल्याङ्कन डाटावेस प्रणाली’को सुरुवात भएको छ । अर्थमन्त्री रामेश्वर खनालले उक्त प्रणालीको आइतबार नेपालगन्ज भन्सार कार्यालयमा उद्घाटन गर्नुभयो ।
गुलरियाका पाँच विद्यालय ‘तीन तारा’ घोषणाको तयारी
बर्दियाको गुलरिया नगरपालिका भित्रका पाँच ओटा माध्यमिक विद्यालय तीन तारा घोषणा हुने भएको छन् ।
पशु स्वास्थ्य शिविरमा १४ सयभन्दा बढी पशुपंक्षीको उपचार
बर्दियाको बारबर्दिया नगरपालिका वडा ९ कतर्नियामा आयोजना गरिएको एकदिने पशु स्वास्थ्य शिविरमा दुई सय तीन जना किसानको एक हजार चार सय ३५ वटा पशुपंक्षीको उपचार गरिएको छ ।
हराउँदै थारु समुदायको भ्वजाहा 'मागर' गीत
थारु समुदायको विवाह (भ्वाज) संस्कारमा अनिवार्य रूपमा गाउँदै आएको मागर गीत विस्तारै हराउँदै गएको छ । पहिलापहिला थारु समुदायको विवाह (भ्वाज) मा मागर गीत बिनै अधुरो मानिन्थ्यो ।
तीन दिनमै २१ लाख रुपियाँभन्दा बढी असुली
नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले विद्युत महसुल बक्यौता नतिर्ने ग्राहकविरुद्ध सञ्चालन गरेको अभियानबाट तीन दिनमै २१ लाख रुपियाँभन्दा बढी बक्यौता रकम असुल भएको छ ।
गाउँपालिकामा अराजकता, अपारदर्शिता र मनपरी निर्णय रोक्न स्थानीयको माग
बाँकेको नरैनापुर गाउँपालिकामा बढ्दो प्रशासनिक अराजकता, अपारदर्शिता र मनपरी निर्णय रोक्न स्थानीय नागरिक समाज, जेनजी युवाहरू तथा सरोकारवालाले प्रमुख प्रशासकीय अधिकृत नवराज वलीलाई ज्ञापन–पत्र बुझाएका छन् ।
दाङमा होटल व्यवसायी मृत फेला
दाङको लमहीमा होटल व्यवसायी मृत फेला परेका छन् । होटल अर्घाखाँची एण्ड लजका सञ्चालक ४५ वर्षीय केशवराज खनाल बेडरूममै मृत फेला परेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।
दुई जिल्ला जोड्ने मोटरेबल पुल एक दशकदेखि जीर्ण
गुल्मी र स्याङ्जा जोडने मोटरेबल पुल जीर्ण बन्दै गएको एक दशकभन्दा बढी हुँदा पनि जीर्ण पुलबाटै जोखिम मोलेरै यात्रा गर्न यहाँका सवारी चालक र यात्रु बाध्य बनेका छन् । जहाँ नयाँ पुल निर्माणको चर्चा भए पनि चर्चामा मात्रै सीमित भएको छ ।