शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
नारद कोहार
तौलिहवा(कपिलवस्तु), फागुन २४ गते । कपिलवस्तु प्रतिनिधि सभा सदस्य क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मोहनलाल आचार्य निर्वाचित हुनु भएको छ । उहाँले निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार आशिष शर्मालाई १८ हजार २८८ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो ।
विजयी आचार्यले ३४ हजार १४८ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी स्वातन्त्र उम्मेदवार शर्माले १५ हजार ८६० मत प्राप्त गर्नुभएको छ । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार अतहर कमाल मुसलमानले १४ हजार ५८२ मत प्राप्त गर्नु भएको निर्वाचन अधिकृत गणेश गौतमले जानकारी दिनु भएको छ । विजयी आचार्यलाई प्रमाण पत्र प्रदान गर्ने तयारी गरिएको उहाँको भनाई छ ।