• २४ फागुन २०८२, आइतबार

बर्दिया क्षेत्र नं २ मा भारी मतान्तरले रास्वपा अगाडि

blog

रास्वपाका उम्मेदवार श्रीधर पोखरेल ।

यज्ञप्रसाद सापकोटा

गुलरिया (बर्दिया), फागुन २४ गते । बर्दियाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ मा भारी मतान्तरले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार श्रीधर पोखरेल अगाडि बढ्नुभएको छ । 

उहाँ निकटतम प्रतिद्वन्द्वी भन्दा नौ हजार चार सय २१ मतले अगाडि हुनुहुन्छ । पोखरेलले २४ हजार ७४४ मत ल्याउनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सुरेश पन्थले १४ हजार ७४४ मत ल्याउनुभएको छ । 

त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार किशोर सिंह राठोरले १४ हजार एक सय ६५ मत ल्याउनु भएको छ भने नेकपा एमालेकी उम्मेदवार बिमला वि.क.ले आठ हजार पाँच सय ८८ मत ल्याउनुभएको छ । 

सो क्षेत्रमा ९४ हजार तीन सय ६३ मत खसेकोमा हाल सम्म ७० हजार ७३ मत गणना भइसकेको छ । मत गणनाको क्रममा तीन हजार ३६८ मत बदर भएको छ ।