• २४ फागुन २०८२, आइतबार

पाल्पा २ मा रास्वपाका थापा विजयी

blog

विजयीपछि प्रमाणपत्र बुझ्नुहुँदै रास्वपाका उम्मेदवार माधव थापा । तस्बिर : रेखीराम राना

रेखीराम राना
तानसेन, फागुन २४ गते ।
पाल्पा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार माधव थापा दोब्बर मतान्तरसहित विजयी हुनुभएको छ । २६ हजार ७३६ मत ल्याएर थापा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार हिमालदत्त श्रेष्ठले १२ हजार ९९२ मत ल्याउनुभएको थियो ।

यस्तै, नेकपा एमालेका उम्मेदवार ठाकुरप्रसार गैरेले १० हजार ५०३ मत प्राप्त गर्नुभएको छ भने नेकपाका उम्मेदवार सोमप्रसाद पाण्डेयले पाँच हजार २८८ मत पाउनुभएको सहायक निर्वाचन अधिकृत केशव पराजुलीले जानकारी दिनुभयो । यस्तै, नेश्नल रिपब्लिक नेपालका उम्मेदवार देवप्रकाश श्रेष्ठले ६९३ मत ल्याउनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार डुलबहादुर कुवरले ४४० र राष्ट्रिय जनमोर्चाका उम्मेदवार बालबहादुर दर्लामीले ४२९ मत ल्याउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय तानसेनले जनाएको छ । पाल्पा–२ मा १६ जना दलका र दुई स्वतन्त्र गरी १६ जना चुनावी प्रतिष्पर्धामा रहनुभएको थियो ।