शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, फागुन २४ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार नरेन्द्र कुमार गुप्ता विजयी हुनुभएको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार गुप्ताले कूल ४४ हजार १३८ मत प्राप्त गरी फराकिलो मतान्तरसहित जित हासिल गर्नुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार भीमबहादुर थापा क्षेत्रीले १५ हजार ९४५ मत प्राप्त प्राप्त गर्नुभएको छ ।
गुप्ताले आफ्ना निकटतम प्रतिस्पर्धी थापालाई २८ हजार १९३ को भारी मतान्तरले गर्नुभएको छ । यस क्षेत्रमा रास्वपाको यो जितलाई निकै चासोका साथ हेरिएको छ ।