बयालिस वटा पक्की पुल निर्माण
लामो समयदेखि विस्तार हुँदै आएको बुटवल–नारायणगढ सडकखण्डमा हालसम्म ४२ वटा पक्की पुल निर्माण भएका छन् । तीमध्ये पूर्वी खण्डमा ३३ वटा र पश्चिम खण्डमा नौ वटा ठुला पुलको काम पूरा भएको आयोजनाले जनाएको छ । पश्चिम खण्डमा निर्माण गर्नुपर्ने सबै पुलको काम सकिएको छ भने पूर्वी खण्डमा एउटा पुल निर्माण हुन बाँकी छ ।
सहमतिसँगै चल्ने भए टिप्पर
दाङको बङ्गलाचुली गाउँपालिकामा सिमेन्ट उद्योगका कारण प्रभावित स्थानीय र उद्योगबिच १९ बुँदे सहमतिसँगै विवाद समाधान भएको छ । यहाँ भएको छलफलसँगै स्थानीय र सिमेन्ट उद्योग (घोराही सिमेन्ट र सम्राट् सिमेन्ट उद्योग) बिच १९ बुँदे सहमतिसँगै मङ्सिर १५ देखि बन्द रहेका टिप्पर सञ्चालन हुने भएका हुन् । सिमेन्ट उद्योग प्रभावित बङ्गलाचुली गाउँपालिका–४, पन्त टोललगायतका स्थानीयले सडक मर्मत गर्नुपर्ने, पानीको मुहान संरक्षणमा ध्यान दिनुपर्ने, सिमेन्ट उद्योगले प्रभावित भएको जग्गा उद्योगले खरिद गर्नुपर्नेलगायतका माग राख्दै टिप्पर सञ्चालनमा रोक लगाएका थिए ।
आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह
घोराही उपमहानगरपालिका–१३ स्थित बाह्रकुने दह पछिल्लो समय आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ ।
भरतपुर खानेपानी संस्थाको अध्यक्षमा गौतम निर्विरोध निर्वाचित
दाङको घोराहीमा रहेको भरतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको नयाँ नेतृत्वका लागि शंकर गौतम निर्विरोध निर्वाचित हुनुभएको छ ।
गुल्मीमा एक महिनामा १० आगलागीका घटना
गुल्मीको रेसुङ्गा नगरपालिका–८ बसपार्कको सुजता अटो वर्कसपमा सोमबार बिहान भएको आगलागीबाट ६० लाख रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
गुल्मीमा आजदेखि छात्र फुटबल प्रतियोगिता
तम्घासस्थित स्टार युवा क्लबको आयोजनामा गुल्मीमा मङ्गलबारदेखि जिल्लास्थित माध्यमिक विद्यालयस्तरीय (कक्षा १० सम्म) छात्र फुटबल प्रतियोगिता सुरु हुँदैछ ।
मालिकाको घुम्ती शिविरबाट २७ सयभन्दा बढीले पाए सेवा
गुल्मीको मालिका गाउँपालिकाले चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार आठ वटै वडामा एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ ।
तीन करोडभन्दा बढी सामाजिक सुरक्षा भत्ता वितरण
गुल्मीको रेसुङ्गा नगरपालिकाले तीन करोडभन्दा बढी सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । यस नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासिकसम्म तीन करोड ५१ लाख ५७ हजार २१८ रुपियाँ सामाजिक सुरक्षा भत्ता वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले जानकारी दिनुभयो ।
घुम्ती शिविरबाट एक हजार ८ सय लाभान्वित
पाल्पाको निस्दी गाउँपालिकाले एकीकृत घुम्ती शिविरबाट एक हजार ८१८ नागरिकलाई सेवा पाएका छन् ।
पाँच महिनामा ३७ लाख बढी राजश्व सङ्कलन
जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलबस्तुले चालु आर्थिक वर्ष ०८२-०८३ को पाँच महिनाको अवधिमा ३७ लाख २८ हजार राजश्व सङ्कलन गरेको छ ।
नेपालगन्ज-गुलरिया सडकखण्ड विस्तारका लागि पहल
नेपालगन्ज–गुलरिया सडक विस्तारको क्रममा अन्यौलग्रस्त रहेको धम्बोझीस्थित खजुरारोड विस्तारका लागि नेपालगन्ज उपमहानगरपालिकाले पहल अघि बढाएको छ ।
गुल्मी तम्घासको अटो वर्कमा भीषण आगलागी
रेसुङ्गा नगपालिका–८ को एउटा ग्यारेजमा भीषण आगलागी भएको छ । विक्रम सुनारको सुजता अटो वर्क (ग्यारेज) मा एक्कासि आगलागी भएको हो ।
हत्यामा संलग्नलाई कारबाही गर्न माग
रुपन्देहीको कञ्चन गाउँपालिका–३, धवलागिरि चोकमा १७ वर्षीय ईशान शर्मा पौडेलेको हत्यामा संलग्न दोषी पत्ता लगाएर कारबाही गर्न स्थानीयले माग गरेका छन् । इलाका प्रहरी कार्यालय रुद्रपुरका अनुसार ईशान बुधबार साँझ करिब ८ बजेदेखि सम्पर्कविहीन हुनुभएको थियो ।
विपन्नका लागि स्वास्थ्य सुविधा
आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुने नागरिकका लागि लुम्बिनी प्रादेशिक अस्पतालको सामाजिक सेवा एकाइ पछिल्ला वर्षमा जीवनरक्षक बनेको छ । अस्पतालको सामाजिक सेवा एकाइले दुई वर्षमा झन्डै पाँच करोड रुपियाँ बराबरको सहुलियत उपचार उपलब्ध गराएको दाबी गरिएको छ ।
संविधान संशोधन आवश्यक : राप्रपा उपाध्यक्ष प्रधान
। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता, उपाध्यक्ष एवम् पूर्व मन्त्री ध्रुवबहादुर प्रधानले वर्तमान सङ्घीय ढाँचा र प्रादेशिक संरचना देशको अर्थतन्त्र र व्यवस्थाका लागि “ठुलो भारी’’ भएको टिप्पणी गर्नुभएको छ ।
क्षति भएको बबई पुल अझै उस्तै
दाङको घोराही उपमहानगरपालिका अन्तर्गत रहेको बबई नदीको पुल बाढीले क्षति गरेको डेढ वर्षभन्दा बढी भइसक्दासमेत मर्मत हुन सकेको छैन । घोराही–धारापानी सडकखण्ड अन्तर्गत पर्ने बबईको उक्त पुल मर्मत नहुँदा सवारी आवागमनमा समस्या हुने गरेको छ ।
पर्यावरण संरक्षणमा सहभागिता आवश्यक
जलवायु परिवर्तन, वायु तथा जल प्रदूषण, वन विनाश, जैविक विविधताको ह्रास र प्राकृतिक स्रोतको अन्धाधुन्ध दोहनका कारण पर्यावरण संरक्षण विश्वव्यापी साझा सरोकारको विषय बनेको छ । यस्ता चुनौतीले मानव अस्तित्वमै खतरा बढाइरहेको सन्दर्भमा वातावरण जोगाउने जिम्मेवारी राज्यदेखि आमनागरिकसम्म सबैको साझा दायित्व भएकोमा सरोकारवालाले जोड दिएका छन् ।
पाँच वर्षदेखि भवन अलपत्र
निर्माण कम्पनीको लापर्बाही र बेवास्ताले बाँकेको जानकी गाउँपालिकाको प्रशासनिक भवन निर्माण पाँच वर्षदेखि अलपत्र परेको छ । २०७९ सालमा निर्माण पूरा गर्नुपर्ने सो भवन अझै अधुरो छ ।
वर्षौँदेखि पालमुनि छन् घरबारविहीन परिवार
यहाँको चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उहाँका परिवार विगत तीन वर्षदेखि पालमा बसिरहेका छन् । चुरे–४ स्थित मसुरी गाउँका घर्तीको परिवारलाई केही वर्ष पहिलेको भीषण पहिरोले विस्थापित बनाएपछि उनीहरुले जग्गा भाडामा लिएर घर बनाएका थिए ।
१७ करोडको लागतमा १५ शय्याको नगर अस्पताल निर्माण
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकामा रु १७ करोड ५६ लाख २८ हजारको लागतमा नगर अस्पताल भवन निर्माण गरिएको छ । मध्यविन्दु नगरपालिकाको चोरमारामा उक्त नगर अस्पताल भवन निर्माण गरिएको हो ।
प्रतिष्ठानद्वारा गुल्मी अस्पताललाई इन्जेक्सन प्रदान
नेपाल हृदयरोग निवारण प्रतिष्ठान गुल्मीले जिल्ला अस्पताल गुल्मी अस्पताल तम्घासलाई इन्जेक्सन सहयोग गरेको छ ।
‘उम्मेदवारमा जनअपेक्षाअनुसार काम गर्न सक्ने क्षमता र पारदर्शिता हुनुपर्छ’
जेनजी आन्दोलनपछि पूर्व प्रधानन्यायाधीश शुशिला कार्कीको नेतृत्वमा बनेको सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने मिति तय गरेसँगै मुलुक राजनीतिक रुपमा फेरि निर्वाचन केन्द्रित बनेको छ ।
शङ्ख बजाउन प्रशिक्षण
धर्म, संस्कार, कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले बुटवलमा सामूहिक शङ्ख बजाउने प्रशिक्षण सम्पन्न भएको छ । लुम्बिनी पूजा सामग्री भण्डार बुटवलले आयोजना गरेको शङ्ख बजाउने प्रशिक्षणमा नेपाल र भारतका गरी २५० प्रशिक्षार्थी सहभागी थिए ।
हुलाकी राजमार्ग सडकको काम समयमै सक्न मन्त्री घिसिङकाे निर्देशन
ऊर्जा, सिँचाइ तथा सहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार पश्चिम नवलपरासीको भ्रमण गरी निर्माणाधीन आयोजनाहरूको स्थलगत अवलोकन गर्नुभएको छ। भ्रमणका क्रममा मन्त्री घिसिङले यस क्षेत्रको विकासको मेरुदण्ड मानिने हुलाकी राजमार्ग सडक खण्डको अवस्थाबारे प्रत्यक्ष जानकारी लिनुभयो।