गुजरगानो सङ्कलन र ओसारपसार रोक्न अनुरोध
डिभिजन वन कार्यालय, गुल्मीले गुजरगानो सङ्कलन तथा ओसारपसार नगर्न आग्रह गरेको छ। पछिल्लो समय डिभिजन वन कार्यालय गुल्मीको कार्यक्षेत्र भित्र पर्ने राष्ट्रिय वन (सामुदायिक वन समेत), सार्वजनिक क्षेत्र निजी आवादी समेतबाट गुजरगानो प्रजातिको जडीबुटीबिना इजाजत संकलन तथा ओसारपसार गर्ने कार्य बढ्दै गएको छ।
दुई गोठमा आगलागी
गुल्मीमा दुई गोठमा आगलागी भएको छ । यस जिल्लाको रुरु गाउँपालिका वडा नम्बर-४ रानीबासका कपिल श्रेष्ठको गोठमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
दाङमा बरघरको अन्तर प्रदेश सम्मेलन हुने
दाङमा थारू समुदायको प्रथाजनित संस्था मटाँवा, बरघरहरूको सम्मेलन हुने भएको छ । मटावाँ, बरघर भलमन्सा संघको आयोजनामा यहि चैत २६ र २७ गते दाङको चखौरामा अन्तरप्रदेश सम्मेलन आयोजना गर्न लागिएको हो।
नदीमा बेपत्ता भएका किशोर मृत फेला
पौडी खेल्ने क्रममा तिनाउ नदीमा बेपत्ता भएका दुई जना भारतीय किशोरमध्ये एक जनाको शव फेला परेको छ ।
प्रतिनिधि सभामा रुपन्देहीबाट तेह्र जनाको प्रतिनिधित्व
लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै सांसद प्रतिनिधि सभामा पठाउने जिल्ला रुपन्देही बनेको छ । प्रतिनिधि सभामा रुपन्देहीबाट १३ सांसदको प्रतिनिधित्व भएको छ । प्रत्यक्षतर्फ पाँच र समानुपातिकबाट सात गरी १३ सांसदको प्रतिनिधित्व भएको हो ।
बर्दियाका २७ विद्यालय तीनतारे स्तरमा
बर्दियाका २७ वटा विद्यालय तीनतारे स्तरमा पुगेका छन् । नेपाल सरकारले २०७४ सालमा ल्याएको विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यविधिअनुसार ती विद्यालयले मापदण्ड पूरा गरेका हुन् ।
भारतमा पाँच नेपाली साहित्यकारलाई ‘नेपाल–भारत मैत्री सम्मान’
काशी हिन्दी विद्यापीठ एवम् अखिल भारतीय लेखक कवि कलाकार परिषदद्वारा संयुक्तरूपमा भारतको बनारसमा आयोजित एक कार्यक्रममा नेपालका पाँच जना वरिष्ठ साहित्यकारलाई सम्मान गरिएको छ ।
हिन्दु मुस्लिम समाजबाट उदाएका इस्तियाक राई
२०३६ सालमा नेपालगन्जमा जन्मिएका राईको राजनीतिक यात्रा एउटा कठोर सङ्घर्ष, चतुर रणनीति र व्यक्तिगत लोकप्रियताको समिश्रणबाट अगाडि बढेको देखिन्छ । बाँके क्षेत्र नम्बर २ को चुनावी नतिजालाई नियाल्दा राई लुम्बिनी प्रदेशमा नेकपा (एमाले) को बिउ जोगाउने एक्लो सारथीसमेत बन्नुभयो ।
घोराही–लमही सडक चौडाइ विस्तारमा २० करोडभन्दा बढी खर्च
सडक निर्माण भएको लामो समयपछि दाङको घोराही–लमही सडकखण्ड फराकिलो बनाउने काम सुरु भएको छ ।
गुल्मी प्रहरीलाई बैंकद्वारा कम्प्युटर प्रदान
जिल्ला प्रहरी कार्यालय गुल्मीलाई ज्योति विकास बैंक तम्घास शाखाले कम्प्युटर प्रदान गरेको छ । बैंकका शाखा प्रबन्धक मनोज लामिछाने र कर्जा इन्चार्ज ज्ञानबहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुलाई प्रदान गर्नुभयो ।
पौडी खेल्ने क्रममा दुई भारतीय किशोर बेपत्ता
नेपाल घुम्न आएका दुई भारतीय किशोर पौडी खेल्ने क्रममा तिनाउ नदीमा बेपत्ता भएका छन् ।
किसानलाई कृषि यन्त्र उपकरण वितरण
पश्चिम नवलपरासीको रामग्राम–१४ अमरौटमा किसानहरूलाई कृषि यन्त्र उपकरण वितरण गरिएको छ ।
सल्लीबजार–जाजरकोट खण्डका ५४ मोड फराकिलो बनाइने
सडक डिभिजन कार्यालय चौरजहारीले जाजरकोटको मुख्य सडकमा रहेका साँघुरा घुम्ती (मोड) चौडा बनाउन सुरु गरेको छ ।
बाँकेमा एक महिनामा ३३ सवारी दुर्घटना, चारको मृत्यु, ४६ घाइते
बाँके जिल्लामा गत एक महिनाको अवधीमा ३३ वटा सवारी साधन दुर्घटनामा पर्दा चार जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएको प्रहरीले जनाएको छ ।
कपिलवस्तुमा निषेधाज्ञा जारी
कपिलवस्तुमा निषेधाज्ञा जारी भएको छ ।
मानवअधिकार संस्थाद्वारा नौ बस्ता कारागारको अनुगमन
मानव अधिकारवादी संस्था इन्सेक र एडभोकेसी फोरम नेपालका पदाधिकारीहरूले बाँकेस्थित नौ बस्ता कारागार र जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासत व्यवस्थापनको संयुक्त अनुगमन गरेका छन् ।
रगत अभाव टार्न ५० जनाको रक्तदान
पश्चिम नेपालको स्वास्थ्य उपचारको हब बन्दै गएको नेपालगन्जमा फेरी एक पटक रगत अभाव चर्किएको छ ।
बालसुधार गृह : मुद्दा र सेवा अभाव प्रमुख समस्या
बाँके जिल्लाका बालसुधार गृहहरूको संयुक्त अनुगमनले बालन्याय प्रणाली, शिक्षा, मनोसामाजिक सेवा, न्यायिक प्रक्रिया र पुनःस्थापनामुखी कार्यक्रमका क्षेत्रमा गम्भीर समस्या रहेको निष्कर्ष सार्वजनिक गरेको छ।
दाङमा वर्षाका कारण दुई करोड बढीको इँटामा क्षति
दाङमा बेमौसमी वर्षादका कारण दुई करोड बराबरको इँटामा क्षति भएको छ । चैत ६ र ७ गते दुई दिनसम्म परेको वर्षाले करिब ६६ लाखभन्दा बढी इँटा नष्ट हुँदा करिव दुई करोड दस लाख रुपियाँ बराबरको क्षति भएको हो ।
बेमौसमी वर्षाले बाँकेमा नौ करोड बराबरको इँटा नष्ट
गत दुई दिनदेखि भएको बेमौसमी वर्षाले गर्दा बाँके जिल्लामा मात्रै करिब नौ करोडको काँचो इँटा गलेर नष्ट भएको छ ।
बुद्धकालीन रामग्राम र पण्डितपुर स्थल ओझेलमाः संरक्षण र प्रचारको अभाव
विश्वभरका बौद्ध धर्मावलम्बीहरूको आस्था केन्द्र र भगवान् गौतम बुद्धको पवित्र अस्थि धातु निहित रामग्राम स्तूप यतिबेला उचित संरक्षण र प्रचारप्रसारको पर्खाइमा छ।
साइनबोर्डबाट संसद्सम्म भुसालको सङ्घर्षमय यात्रा
पत्रकारिता र कलाकरिताबाटै आफ्नो जीवन धान्न सकिन्छ भन्ने विश्वास हरिप्रसाद भुसाललाई लाग्थ्यो । दुई दशकअघिसम्म आफ्नै जीवन असहज हुँदा उहाँले पत्रकारिता र कलाकारिता पेसालाई एकसाथ सुरु गर्नुभयो ।
नेपालगन्ज भन्सारः लक्ष्यअुनसार राजस्व सङ्कलन हुनसकेन
नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा लक्ष्यको करिब ५२ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।
दाङको दुर्गम सैघामा विद्युत् सेवाको पहुँच
यहाँको घोराही उपमहानगरपालिका–१९ अन्तर्गत पर्ने सैघामा विद्युत् सेवाको पहुँच पुगेको छ । विद्युत् सेवा विस्तारसँगै स्थानीय खुसी भएका छन् ।