‘‘कानुनको कार्यान्वयन नहुँदा पीडितले न्याय पाएनन्’’
लैङ्गिक हिंसाविरुद्ध अहिले थुप्रै कानुनहरू भए तापनि त्यसको प्रभावकारी कार्यान्वयनको अभाव भएको कानुन विज्ञहरूले बताएका छन् ।
सत्यवती क्याम्पस सञ्चालन गर्न महायज्ञ : सवा करोड सङ्कलन
गुल्मीको सत्यवती गाउँपालिका–५ हँसरास्थित सत्यवती बहुमुखी क्याम्पसमा राष्ट्रकल्याण एवम् विश्व शान्ति विराट धनधान्यचल साङ्ग–श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ–२०८२ सुरु भएको छ ।
जनताको स्वास्थ्य—गाउँपालिकाको प्राथमिकता : निःशुल्क मोतियाबिन्दु अपरेशन कार्यक्रम सञ्चालन
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक बजेटअनुसार गाउँपालिकावासीलाई स्वास्थ्य सेवामा सहज पहुँच उपलब्ध गराउने उद्देश्यका साथ निःशुल्क मोतियाबिन्दु अपरेशन कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
युवाको वैदेशिक पलायन रोग्न रेसुंगामा ‘मिसन रोजगारी’
गाउँमा युवा जनशक्ति दैनिक पलायन भइरहेको छ । काम गर्ने उमेरका युवाहरु गाउँमा नभएपछि उर्वर जमिन बाँझा बन्दै गएका छन् । भरथेग गरेर उद्यम गरिरहेका युवाहरुमा पनि लामो आशा र सपना देखिदैन् ।
प्रियासनको १३ औँ कृति ‘नयाँ लुगा’ सार्वजनिक
नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव तथा उपन्यासकार सविन प्रियासनको १३ औँ कृति ‘नयाँ लुगा’ को बिहीबार घोराहीमा विमोचन गरिएको छ। राप्ती साहित्य परिषद् दाङ शाखाको आयोजनामा सम्पन्न भएको कार्यक्रममा परिषद्का पूर्व अध्यक्ष तथा सल्लाहकार पुरुषोत्तम खनालले उपन्यासको विमोचन गर्नुभयो।
अपराध नियन्त्रणमा प्रहरीको ‘क्वीक रेसपोन्स टोली’
जिल्ला प्रहरी कार्यालय बाँकेले अपराधिक घटनामा तत्काल कारवाहीका लागि नेपालगन्जमा प्रहरीको ‘क्विक रेसपोन्स टोली’ खटाएको छ ।
आँखा शिविरबाट साढे सात सय बढीले लिए सेवा
कपिलबस्तुको कुदनामा भएको निःशुल्क आँखा शिविरबाट ७ सय ७६ जनाले सेवा लिएका छन् ।
तरकारी खेती गरेर दुई बिघा जमिन
तुलसीपुर उपमहानगरपालिका –१४, मटेराका पूर्णबहादुर चौधरी ‘नमूना किसान’ को रूपमा चिनिनुहुन्छ । एक समय अधिया खेतिकै भरमा परिवार पाल्न बाध्य पूर्णबहादुर तरकारी खेती गरेर दुई विघा जमिन खरिद गर्नुभएको छ ।
दाङबाट खाद्यले किन्यो एक करोड ४४ लाख बढीको धान
दाङको तीन स्थानीय तहबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले एक करोड ४४ लाख बढीको धान खरिद गरेको छ । कम्पनीले लमही नगरपालिका, गढवा गाउँपालिका र राप्ती गाउँपालिकाका दुईसय १२ जना किसानसँग एक करोड ४४ लाख ८९ हजार आठसय नौ रुपियाँको धान खरिद गरेको हो ।
लुम्बिनी स्पोर्ट्स अवार्डको मिति परिवर्तन, नयाँ मिति छिटै सार्वजनिक गरिने
नेपालगन्जमा हुन लागेको लुम्बिनी स्पोर्ट्स अवार्डको मिति परिवर्तन गरिएको छ । प्राविधिक कारणले आयोजना मिति परिवर्तन गरिएको आयोजक रंगशाला नेपाल मिडिया प्रालीले जनाएको छ ।
सिक्टा सिँचाइको काम तीव्र गतिमा
लामो समयदेखि अलपत्र बनेको सिक्टा सिँचाइ आयोजना अन्तर्गतको डुडुवा नहरको निर्माण कार्य पुनः सुरु भएर तीव्र गतिमा अगाडि बढेको छ । आयोजनाको मूल नहरबाट १८ क्युमेक्स (हजार लिटर प्रतिसेकेन्ड) पानी डुडुवा नहरमा खसालेर करिब ४६ किलोमिटर लामो डुडुवा शाखा नहर निर्माणका लागि आयोजनाले दुई वटा प्याकेजमा ठेक्का आह्वान गरेको थियो ।
हार्थोक–छहरा सडक निर्माण सुरु
लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजना अन्तर्गत पाल्पाको पश्चिम भेग जाने सडकको निर्माण सुरु भएको छ । पाल्पाको हार्थोक–छहरा सडकखण्डको झन्डै छ किलोमिटर सडक यस वर्षदेखि निर्माण सुरु भएको हो । लुम्बिनी प्रदेश सरकारले छ वर्षअघि पाल्पाको रामपुरदेखि सल्यानको कपुरकोटसम्म पुग्ने २९० किमी सडक निर्माण गर्ने घोषणा गरेको थियो । सोही योजना अनुसार चार वर्षदेखि पाल्पाको पूर्वी भेगको रामपुर–आर्यभन्ज्याङ सडकखण्डमा काम भइरहेको छ ।
पूर्वाधार योजनामार्फत गाउँमै रोजगारी
कालीगण्डकी गाउँपालिका गुल्मीले गाउँमै रोजगारीको सिर्जना गर्न ११ योजनामा उपभोक्ता समितिमार्फत काम गराउन थालेको छ । कालीगण्डकी गाउँपालिकाले बेलायत सरकारको आर्थिक सहायतामा स्थानीय पूर्वाधार सहयोग कार्यक्रममार्फत ११ योजना छनोट गरेको छ । ती योजना अधिकांश सिँचाइ र केही सडकसँग सम्बन्धित छन् ।
रक्षा यादव बिस वर्षमै प्रधानाध्यापक
दाङकी २० वर्षीय रक्षा यादव अहिले बबई गाउँपालिकाको श्री सरस्वती आधारभूत विद्यालयको प्रधानाध्यापक बन्नुभएको छ । हेर्दा विद्यार्थी झैँ देखिने रक्षालाई पहिलो पटक विद्यालय प्रवेश गर्दा धेरैले शिक्षिका नै ठान्न सकेनन् । नियुक्तिपत्रसहित विद्यालय व्यवस्थापन समितिसँग परिचय भएपछि मात्र सबैले उहाँ विद्या
खरले छाएको गोलो घर संरक्षण गर्ने योजना अधूरै
गुल्मीमा खरले छाएको गोलो घर संरक्षण गर्ने योजना अधूरै रहेको छ । जिल्लाको कालीगण्डकी गाउँपालिका भित्र रहेको गोलो घरहरुलाई विगतका वर्षहरुदेखि नै संरक्षण गर्ने योजना भए पनि त्यसलाई कार्याान्वयन गर्नमा भने ढिलाइ भएको हो ।
‘सुस्ता नमुना ताल’ को विकास : पर्यापर्यटन र विश्व सम्पदा सूचीकरणको लक्ष्य
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले पुरानो जलासयलाई ‘सुस्ता नमुना ताल’ को रूपमा विकसित गरेपछि त्यस क्षेत्रमा पर्यटकीय आकर्षण बढेको छ । पटेर लगायतका झाडीले भरिएको यो जलासयलाई गाउँपालिकाको अग्रसरतामा सरसफाइ गरी तालको स्वरुप दिएपछि अवलोकनकर्ताको सङ्ख्या बढ्दै गएको हो ।
विद्युत प्राधिकरणमा (केवाइसी) फर्म भर्नेको भिड
नवलपुरको कावासोतीमा रहेको नेपाल विद्युत प्राधिकरणमा कावासोती वितरण केन्द्रमा ग्राहक पहिचान विवरण (केवाईसी) फर्म भर्नेहरू भिडभाड बढेको छ ।
प्याजको बेर्नाबाट मनग्गे आम्दानी
दाङ देउखुरीका किसान गगनबहादुर कुमालले प्याजको बेर्ना बेचेर बिक्रीबाट मनग्गे आम्दानी गर्दै आउनुभएको छ । लमही नगरपालिका–४, सेमरहवाका गगनले विगत १२ वर्षदेखि प्याजको बेर्नाको व्यवसाय गर्दै आउनुभएको हो । उहाँले सिजनका महिनामा मासिक एक लाख रुपियाँसम्म आम्दानी हुने बताउनुभयो ।
विद्युत सर्ट हुँदा आगलागी
बर्दियामा विद्युत सर्ट हुँदा गुलरिया नगरपालिका वडा ५ बालापुरमा एक घरमा आगो लाग्दा जलेर क्षति पुगेको छ । खर र जस्ता पाताले छाएको लोकेन्द्रबहादुर चौधरीको कच्ची घरमा विद्युत सर्ट भएर आगो लाग्दा क्षति भएको हो ।
पाँचौँ बुद्धभूमि महोत्सव सम्पन्न
कपिलवस्तुको बुद्धभूमिमा सञ्चालित पाँचौँ बुद्धभूमि महोत्सव सम्पन्न भएको छ । मङ्सिर ४ गतेदेखि सञ्चालनमा आएको महोत्सवमा लुम्बिनी प्रदेशसभा सदस्य नवराज लामिछानेले समापन गर्नुभयो ।
श्रीमद्भागवतबाट ३३ लाख बढी सहयोग संकलन
विद्यालयको शैक्षिक तथा भौतिक स्तरोन्नतिका लागि सञ्चालन गरेको श्रीमद्भागवत धनधान्याञ्चल सप्ताहमा ३३ लाख पाँच हजार एकसय ५६ रुपियाँ ५७ पैसा नगद दान संकलन भएको छ ।
हातहतियारसहित एक व्यक्ति पक्राउ
जिल्लाको सरुमारानी गाउँपालिका–६, पाङकोटका एक व्यक्तिलाई प्रहरीले हातहतियारसहित पक्राउ गरेको छ । मङ्सिर १६ गते बिहान करिब ५ बजे जंगलतर्फ जाँदैगरेका ४२ वर्षीय मानबहादुर बुढाको साथमा हातहतियार रहेको भन्ने सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो ।
खेलकुदले विद्यार्थीलाई अनुशासित बनाउँछ : उपकुलपति प्राडा ढकाल
लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्राडा विनोदप्रसाद ढकालले खेलकुदले विद्यार्थीलाई अनुशासित बनाउने बताउनुभएको छ ।
पशु स्वास्थ्य शिविरमा ३२ सय पशुपंक्षीको उपचार
बर्दियाको बारबर्दिया नगरपालिकाको दुई स्थानमा गरिएको पशुपंक्षी स्वास्थ्य शिविरमा तीन हजार दुईसय ७६ वटा पशुपंक्षीको उपचार गरिएको छ ।