बाँके १ र ३ मा रास्वपाका चौधरी र सुनारको फराकिलो अग्रता
प्रतिनिधि सभा सदस्यको निर्वाचनको जारी मतगणना अनुसार बाँके जिल्लाको क्षेत्र नम्बर १ र ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले फराकिलो अग्रता कायम राखेका छन् ।
दाङ–२ मा रास्वपाका आचार्यको अग्रता, शंकर पोखरेल दोस्रो
दाङ निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बिपिनकुमार आचार्यले प्रारम्भिक मतगणनामा अग्रता लिनुभएको छ ।
पाल्पा–२ मा मतगणना सुरु
पाल्पा–२ मतगणना सुरु भएको छ । दलहरूसँगको बैठकपछि मतगणना गर्न थालिएको हो । पाल्पा–२ मा एक लाख ९ हजार ५३ जना मतदाता रहेकामा ६१ हजार १४१ मतदाताले मतदान गरेका थिए ।
रूपन्देही–४ मा एमाले उम्मेदवार यादवको अग्रता
रूपन्देही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ४ मा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार प्रमोदकुमार यादव अगाडि हुनुहुन्छ ।
दाङको तीनवटै क्षेत्रमा रास्वपा अगाडि
प्रतिनिधि सभा सदस्यका लागि दाङको तीन वाटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अग्रता कायम गरेको छ ।
गुल्मीमा मतगणना सुरु
बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना गुल्मीमा आज (शुक्रबार) सुरु भएको छ।आज बिहान ११ः१५ बजेदेखि मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
नवलपरासीका दुवै निर्वाचन क्षेत्रमा मतगणना सुरु
वलपरासीमा मतगणना सुरु भएको छ । जिल्लाका दुवै निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको हो ।
रुकुमपूर्वको मतगणना :भूमेको सकियो, प्रचण्डको फराकिलो अग्रता
रुकुमपूर्वमा मतगणना जारी रहेको छ।तीन गाउँपालिका रहेको यस जिल्लामा भूमे गाउँपालिकाबाट मतगणना सुरु गरिएको थियो ।
लुम्बिनीका १२ क्षेत्रमा मतगणना जारी
लुम्बिनी प्रदेशका २६ मध्ये १२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मतगणना जारी छ । हालसम्म आधा क्षेत्रमा अझै मतगणना सुरु भएको छैन ।
नवलपुरमा मतगणना ११ बजेबाट
नवलपुरमा शुक्रबार बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ । मतगणनाअघि सर्वदलीय बैठक सम्पन्न भइसकेको छ भने अहिले राजनीतिक दलका प्रतिनिधि तय गर्ने काम चलिरहेको छ ।
कपिलवस्तु १ र २ मा मतगणना सुरु
प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मा मतगणना कार्य सुरु भएको छ ।
रुकुमपूर्वमा प्रचण्डको अग्रता कायमै
रुकुमपूर्वको मतगणनामा सुरु देखि नै नेपाली कम्युनिस्ट पार्टीका पुष्पकमल दाहाल (प्रचण्ड) भारी मतले अग्रता कायमै राख्नु भएको छ ।
बाँकेका दुई क्षेत्रमा रास्वपा र एकमा एमालेको अग्रता
बाँके जिल्लाका तीन वटा निर्वाचन क्षेत्रमध्ये दुईवटा क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार र एउटा क्षेत्रमा एमालेका उम्मेदवारले मतगणनामा अग्रता लिएका छन् ।
दाङ – २ मा मतगणना सुरु
प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत दाङ निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । आज बिहान ९:३० बजेदेखि दाङ जिल्ला अदालतमा क्षेत्र नम्बर २ को मतगणना सुरु भएको हो ।
दाङ - १ मा रास्वपाका देवराज पाठकको फराकिलो अग्रता
दाङ निर्वाचन क्षेत्र नं १ मा जारी मतगणनाको ताजा परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देवराज पाठकले फराकिलो अग्रता बनाउनु भएको छ। हालसम्म ६ हजार ५११ मत गणना हुँदा २३१ मत बदर भएको छ। गणना अनुसार रास्वपाका पाठकले ३ हजार ९५९ मत प्राप्त गर्नुभएको छ।
गुल्मीमा १० बजेदेखि मतगणना हुने
बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान गणना गुल्मीमा शुक्रबार बिहान १० बजेदेखि गरिने भएको छ। जिल्ला प्रशासन कार्यालयको सभाहलमा मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद पौडेलको संयोजकत्वमा बसेको सर्वदलीय बैठकले यस जिल्लाका दुवै निर्वाचन क्षेत्रको मतगणना आज बिहान १० बजेदेखि गरिने निर्णय गरेको हो।
रुपन्देही–२ मा सुलभ खरेलको अग्रता
रुपन्देही क्षेत्र नम्बर २ मा रास्वपाका सुलभ खरेलले अग्रतालाई फराकिलो बनाउँदै लग्नुभएको छ । १० हजार ६२९ मत गणना गर्दा खरेलले सात हजार १५१ मत ल्याउनुभएको छ ।
रुकुमपूर्वमा प्रचण्ड अगाडि
रुकुमपूर्वको प्रारम्भिक मतगणनामा नेपाली कम्युनिस्ट पार्टीका पुष्पकमल दाहाल (प्रचण्ड) भारी मतले अग्रता लिनुभएको छ ।
रुपन्देहीका दुई क्षेत्रमा रास्वपा र एकमा एमालेको अग्रता
प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनअन्तर्गत रुपन्देही क्षेत्र नम्बर २ मा मतगणना जारी छ । प्रारम्भिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुलभ खरेलले फराकिलो अग्रता लिनुभएको छ ।
पाल्पा–१ मा रास्वपाका पन्तको अग्रता
पाल्पा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विमल पन्तले अग्रता लिनुभएको छ । उहाँले ५३३ मत ल्याउनुभएको छ ।
बर्दियामा २ मा मतगणना सुरु, १ मा सर्वदलीय बैठक बस्दै
बर्दियामा दुई वटा क्षेत्र मतगणना शुक्रबार हुँदैछ । बर्दिया क्षेत्र नं २ को सर्वदलीय बैठक बसेपछि बिहान ३ः३० बजेदेखि मतगणना सुरु भएको जानकारी आएको छ ।
दाङ–१ मा रास्वपाका देवराज पाठकको अग्रता
दाङ निर्वाचन क्षेत्र नम्बर १ मा सुरूवाती चरणको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार देवराज पाठकले अग्रता कायम गर्नुभएको छ।
पाल्पामा ५५ प्रतिशत बढी मत खस्यो
पाल्पामा एक लाख १५ हजार बढी मतदाताले मतदान गरेका छन् ।
बाँके २ मा आजै मतगणना हुने
प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि बाँके जिल्लामा मतदान सकिएलगत्तै क्षेत्र नम्बर २ का सबै मतपेटिका मतगणनास्थलमा ल्याईएको छ।