शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
बिकास अधिकारी
पश्चिम नवलपरासी, फागुन २२ गते । नवलपरासीमा मतगणना सुरु भएको छ । जिल्लाका दुवै निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको हो । निर्वाचन क्षेत्र नम्बर १ को बर्दघाटको बाढीपीडितस्थित पुरानो नगरपालिकाको कार्यालय र क्षेत्र नम्बर २ को जिल्ला समन्वय समिति परासीमा मतगणना सुरु भएको हो ।
दुबै क्षेत्रमा दुई/दुई टोली बनाएर प्रत्यक्षको मात्र मतगणना भइरहेको छ । हरेक दुई घण्टामा परिणामबारे जानकारी दिइने छ ।
यसैबिच नवलपरासीमा ६७ दशमलब ८ प्रतिशत मतदान भएको छ । जिल्लामा कुल २ लाख ५४ हजार १५७ मतदाता छन् । जसमा १ लाख ७२ हजार ३१४ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लामा २३ स्वतन्त्रसहित ५५ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।