शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
राजन रावत
हुम्ला चैत १६ गते । लामो समयपछि नेपाल एयरलाइन्सले कर्णाली प्रदेशका राजधानी सुर्खेतबाट सिमकोटका लागि उडान सुचारु गरेको छ ।
यसअघि पटक पटक उडान रद्द हुँदै आएकोमा सोमबार नेपाल एयरलाइन्सले सुर्खेतबाटबाट सिमकोटका लागि उडान भरेपछि आफ्नो सेवा सुचारु गरेको हो ।
सोमबार पहिले जसरी सुर्खेत सिमकोट उडान भरेर एयरलाइन्सले बाह्र जना यात्रु ओसारेको थियो भने सुर्खेतबाट सिमकोट १३ जना यात्रुलाई सेवा प्रदान गरेको नेपाल एयरलाइन्स सिमकोट शाखाका प्रमुख छिरिङ लामाले जानकारी दिनुभयो ।
यसअघि कहिले जहाज काठमाडौँबाट नआउने त कहिले मौसम खराबको कारण देखाउँदै एक महिना भन्दा बढी समय नेपाल एयरलाइन्सले सुर्खेतबाट सिमकोटको उडान रद्द गर्दै आएको थियो ।
त्यसैगरी सोमबार नेपालगन्ज सिमकोटका लागि पनि नेपाल एयरलाइन्सले आफ्नो सेडुअल उडान भरेको छ ।