• १६ चैत २०८२, सोमबार

कांग्रेसका नेता टुनटुनको १०९ वर्षमा निधन

blog

बयोवृद्ध नेता टुनटुन यादव । तस्बिर : विनय कर्ण

विनय कर्ण 

कल्याणपुर (सप्तरी), चैत १६ गते । नेपाली कांग्रेसका नेता टुनटुन यादव “मरर” को सोमबार निधन भएको छ ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका-४, लालपट्टी टोलका उहाँको १०९ वर्षको उमेरमा सोमबार बिहान आफ्नै निवासमा निधन भएको हो ।

तत्कालीन लालपट्टी गाविसको अध्यक्ष समेत रही सक्नुभएका टुनटुन नेपाली कांग्रेसका नेता विपी कोइराला तथा कृष्णप्रसाद भट्टराईसँग नजिक रहेर पार्टीका लागिसँगै काम गर्नुभएको थियो ।

नेता मररको निधनले कांग्रेसका लागि एउटा इतिहास गुमेको र पार्टीलाई अपुरणीय क्षति भएको कांग्रेसका सप्तरी सभापति रामदेव साहले बताउनुभयो ।

उहाँको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि निवास स्थलमा राखिएको छ ।पार्टीको झण्डा ओढाएर सम्मानका साथ वैदिक परम्परा अनुसार उहाँका अन्त्येष्‍टि गरिने परिवारजनले जनाएका छन ।