• १६ चैत २०८२, सोमबार

पूर्वराष्ट्रपति भण्डारीद्वारा अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी

blog

फाइल तस्बिर ।

काठमाडौँ, चैत १६ गते ।पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्जमा पुगि उहाँले आज अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएकोे पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव राजकुमार राईले जानकारी दिनुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले चिकित्सकसँग पनि उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो ।

अध्यक्ष ओलीलाई गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनका सिलसिलामा गत शनिबार पक्राउ गरिएको थियो । 

पक्राउपछि उहाँलाई उपचारका लागि शिक्षण अस्पताल भर्ना गरिएको छ ।   रासस