शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
धीरेन्द्रप्रसाद साह
राजविराज, चैत १६ गते । सप्तरी प्रहरीले अभद्र व्यवहार मुद्दामा एक जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार जिल्लाको विष्णुपुर गाउँपालिका–५, कट्टी टोल बस्ने ४० वर्षीय विरेन्द्रप्रसाद महतोलाई पक्राउ गरिएको हो।
उहाँमाथि गत माघ १० गते स्थानीय नन्दलाल महतोलाई सार्वजनिक बाटोमा गालीगलौज गर्नुका साथै कुटपिटसमेत गरेको आरोप छ।
उक्त घटनापछि प्रहरीले उहाँलाई नियन्त्रणमा लिएको थियो। जिल्ला प्रशासन कार्यालय सप्तरीबाट चैत १२ गतेदेखि लागु हुने गरी छ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रनाउ पुरीले जानकारी दिनुभयो ।