शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
सन्तोष दहित
दाङ, फागुन २२ गते। दाङ निर्वाचन क्षेत्र नम्बर १ मा सुरूवाती चरणको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार देवराज पाठकले अग्रता कायम गर्नुभएको छ।
हालसम्म २ हजार २ सय २६ मतगणना हुँदा पाठकले १ हजार ५ सय १५ मत प्राप्त गर्नुभएको छ। पाठकलाई नेपाली काँग्रेसका उम्मेदवार योगेन्द्र चौधरीले पछ्याइरहनुभएको छ। चौधरीले २ सय २९ मत प्राप्त गर्नुभएको छ।
त्यस्तै नेकपा (एमाले)का उम्मेदवार रेवतीरमण शर्माले २ सय २० मत पाउनुभएको छ भने नेपाल कम्युनिस्ट पार्टीका मेटमणी चौधरीले ८८ मत प्राप्त गर्नुभएको छ। मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। रासस