• २२ फागुन २०८२, शुक्रबार

बाँके १ र ३ मा रास्वपाका चौधरी र सुनारको फराकिलो अग्रता

blog

सिराज खान

नेपालगन्ज, फागुन २२ गते । प्रतिनिधि सभा सदस्यको निर्वाचनको जारी मतगणना अनुसार बाँके जिल्लाको क्षेत्र नम्बर १ र ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले फराकिलो अग्रता कायम राखेका छन् । 

जिल्ला निर्वाचन कार्यालय बाँकेले दिएको जानकारी अुनसार हालसम्म भएको मतगणना अनुसार क्षेत्र नम्बर १ र ३ मा रास्वपाका उम्मेदवारहरू सुरेश चौधरी र खगेन्द्र सुनारले फराकिलो अग्रता बनाउन सफल हुनुभएको छ । 

बाँके क्षेत्र नम्बर १ मा १६ हजार ९६७ मत गणना हुँदा रास्वपाका सुरेश चौधरीले ९ हजार ६६ मत प्राप्त गर्नु भएको छ भने उहाँका निकटम प्रतिद्धन्दी नेपाली कांग्रेसका नारायण गौडेलले ३ हजार ४७ मत मात्र पाउनुभएको छ । सो क्षेत्रमा चौधरीले तेब्बरको अग्रता कायम गर्नुभएको छ । 

सोही प्रकारले सो क्षेत्रमा नेकपा एमालेका निवर्तमान सांसद सूर्य ढकालले २ हजार १५८ र नेपाली कम्युनिस्ट पार्टीका नरेन्द्र पाण्डेले १ हजार २४१ मत प्रापत गर्नुभएको छ । 

यसैगरी क्षेत्र नम्बर ३ मा १२ हजार ५०० मत गणना हुँदा रास्वपाका खगेन्द्र सुनारले फराकिलो अग्रता बनाउनुभएको छ । उहाँले ६ हजा ८४१ मत पाउनुभएको छ भने उहाँका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका सुमन मल्लले ३ हजार ६० मत मात्र पाउनुभएको छ ।

सोही प्रकारले नेपाली कांग्रेसका अमरसिंह पुनले २ हजार ३२१ मत पाउँदा नेकपाका दीपक जिएमले ३७९ मत पाउनु भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

यो क्षेत्रबाट रास्वपाका सुनारले दोब्बर बढी अग्रता कायम गरेर अगाडि बढी रहनुभएको छ । दुबै क्षेत्रमा मतगणना जारी छ ।