• ३० फागुन २०८२, शनिबार

इनिसा विकको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै सल्यानमा विरोध र्‍याली

blog

पश्चिम सल्यानको सल्लिबजारमा इनिसा बिकको हत्यामा संलग्नहरूलाई कारवाहीको माग गर्दै गरिएको प्रदर्शन ।

शंकर केसी

सल्यान, फागुन ३० गते ।सामूहिक बलात्कारमा संलग्न दोषीलाई कडा कारवाहीको माग गर्दै सल्यानमा पनि विरोध र्‍याली निकालिएको छ ।

सुर्खेत वीरेन्द्रनगरकी १६ वर्षीया इनिसा विकको सामूहिक बलात्कारपछि भएको हत्यामा संलग्नहरूलाई कडा कारवाहीको माग गर्दै शनिबार सल्लिबजारमा विरोध र्‍याली निकालिएको हो ।

दोषीलाई कडा कारवाही गर्न, बलात्कारीलाई संरक्षण गर्ने प्रवृत्ति अन्त्य गर्न तथा छोरीहरूलाई सुरक्षित वातावरण सुनिश्चित गर्न माग गर्दै स्थानीयवासीले प्रदर्शन गरेका हुन्।

स्थानीय समाजसेवी तुलाधर नेपालीको अगुवाइमा निकालिएको र्‍यालीले सल्लिबजारका विभिन्न स्थान परिक्रमा गरेको थियो । प्रदर्शनमा किशोरी, महिला तथा सर्वसाधारणको सहभागिता रहेको थियो । 

सहभागीले सामूहिक बलात्कारपछि हत्या जस्तो जघन्य अपराधमा संलग्न दोषीलाई कानुन अनुसार कडा कारवाही गर्न र कसैले पनि अपराधीलाई संरक्षण नगर्न राज्यसँग माग गरेका छन् ।