• १७ वैशाख २०८३, बिहिबार

सार्वजनिक सवारीमा पाँच प्रतिशत भाडा वृद्धि

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, वैशाख १७ गते । अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीको भाडादर समायोजन भएको छ । पट्रोलियम पदार्थको मूल्यवृद्धिलाई आधार मानेर वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रूपमा गरिएको समायोजनमा पाँच प्रतिशतले भाडा वृद्धि भएको छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक सहमति लिएर यातायात व्यवस्था विभागले बुधबारबाट लागु हुने गरी यात्रुवाहक तथा मालवाहक सवारीको भाडादर बढाएको हो । पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण भाडादर समायोजन गरिएको विभागले जनाएको छ । सरकारले गत चैत २५ गते पेट्रोलियम पदार्थको अस्वाभाविक मूल्यवृद्धि भएको भन्दै २१ प्रतिशतसम्म भाडा वृद्धि गरेको थियो ।