• १७ वैशाख २०८३, बिहिबार

लुम्बिनी प्रदेशसभाको आठौं अधिवेशन आजदेखि सुरु

blog

रमेश विश्वकर्मा
गुल्मी, वैशाख १७ गते।
लुम्बिनी प्रदेशसभाको आठौं अधिवेशन आज (बिहीबार)देखि सुरु हुँदै छ। प्रदेश सभा सचिवालयले गत वैशाख १३ गते आइतबार जारी गरेको सूचना अनुसार नेपालको संविधानको धारा १६६ को उपधारा ९१० र धारा १८३ को उपधारा ९१० बमोजिम प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले अधिवेशन आह्वान गर्नुभएको हो।

प्रदेशसभाका सचिव दुर्लभकुमार पुनका अनुसार आज  दिउँसो १ बजे आठौं अधिवेशन बस्ने भएको छ। लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम ३ को उपनियम ९१० बमोजिम प्रदेश सभा सदस्यहरुलाई अधिवेशन बारे जानकारी गराइएको छ।