• १७ वैशाख २०८३, बिहिबार

‘लालीबजार’ को प्रदर्शनमा रोक

blog

काठमाडौँ, वैशाख १७ गते । चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश प्रकाश ढुङ्गानाको एकल इजलासले मङ्गलबार प्रदर्शन रोक्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलगायत निकायका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो । अदालतले यही वैशाख २२ सम्म चलचित्र प्रदर्शन रोक्न आदेशमा भनेको छ ।

चलचित्रका कतिपय शब्दमा आपत्ति जनाउँदै बादी समुदायको तर्फबाट रोशनी नेपालीले रिट दिनुभएको थियो । वैशाख १४ गते दिएको उक्त रिटमा सुनुवाइ सकिएपछि अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको हो । वैशाख २२ गते रिट निवेदक र विपक्षी निकायबिच संयुक्त इजलासमा दोहोरो छलफल हुने छ । त्यसपछि आज दिएको अल्पकालीन अन्तरिम आदेशले निरन्तरता पाउने वा नपाउने भन्ने विषयको टुङ्गो लाग्ने छ ।