शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, वैशाख १७ गते । चलचित्र ‘काजी’ को दोस्रो पोेस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा अभिनेता विपिन कार्की र अभिनेतृ केकी अधिकारी प्रेमिल भावमा प्रस्तुत हुनुभएको छ । निर्माण टिमका अनुसार चलचित्र एक भावनात्मक तथा सामाजिक कथामा आधारित छ, जसले मानवीय सम्बन्ध, माया, पीडा र जिम्मेवारीका विभिन्न पाटालाई उजागर गर्ने प्रयास गर्छ ।
लक्ष्मण रिजालद्वारा निर्देशित चलचित्रमा विपिन र केकीसँगै गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मि भट्ट, हिउँवाला गौतमलगायतको अभिनय रहेको छ ।