जयमान बुढामगर
रुकुमपूर्व, फागुन २२ गते । रुकुमपूर्वमा मतगणना जारी रहेको छ।तीन गाउँपालिका रहेको यस जिल्लामा भूमे गाउँपालिकाबाट मतगणना सुरु गरिएको थियो ।
जसमा भूमेको ९ वटै वडाको मतगणनाको नतिजा सार्वजनिक गरिएको छ । छ हजार ११५ मतगणना हुँदा सदर मत पाँच हजार ९३८ र बदर मत १७७ रहेको छ ।
जसमा नेपाली कम्युनिस्ट पार्टीका पुष्पकमल दाहाल (प्रचण्ड)ले सुरुवात देखि नै फराकिलो मतले अग्रता कायमै राखिराख्नु भएको छ ।
जसमा हाल प्रचण्डले तीन हजार ६६९ मत प्राप्त गर्नु भएको छ । भने उहाँको प्रतिस्पर्धी नेपाली कांग्रेसका कुमुमदेवी थापाले एक हजार २९ मत प्राप्त गर्नु भएको छ ।
काँग्रेसका थापा भन्दा नेकपाका प्रचण्ड दुई हजार ६४० मतले अगाडि हुनुहुन्छ । भने नेकपा एमालेका लिलामणि गौतमले ६६३ मत, रास्वपाका लखन थापाले ३२६ मत प्राप्त गर्नु भएको छ ।
यसैगरी, राप्रपाका रोशन शाहले १८ मत, जनमोर्चाका चन्द्रविक्रम शाहीले १८ मत, प्रलोपाका सन्दिप पुनले ८८ मत, मङ्गोल नेशनल अर्गनाइजेसनका ज्योति रोकाले ४८मत, नेशनल रिपब्लिकका धर्मकुमार बुढाले ४४ मत, नेकपा माओवादी जुद्धबहादुर बुढाले ३३ मत र जसपाका सिरबहादुर बुढाले २ मत प्राप्त गर्नु भएको छ ।
भूमे गाउँपालिकाको मतगणना सकेर सिस्ने गाउँपालिकाबाट मतगणना सुरु गरिएको छ । जसमा सिस्ने–१ र २ को मतगणना हुँदै छ ।जिल्लामा ३४ हजार ७७२ मतदाता रहेकामा १९ हजार १८८ मत खसेको थियो ।प्रत्येक्ष तर्फको मतगणना सकेर समानुपातिक तर्फको मतगणना गरिने बताइएको छ ।