• १६ चैत २०८२, सोमबार

बाँकेका दुई क्षेत्रमा रास्वपा र एकमा एमालेको अग्रता

blog

सुरेश चौधरी, खगेन्द्र सुनार र मोहम्मद ईश्तियाक राई। तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, फागुन २२ गते ।
बाँके जिल्लाका तीन वटा निर्वाचन क्षेत्रमध्ये दुईवटा क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार र एउटा क्षेत्रमा एमालेका उम्मेदवारले मतगणनामा अग्रता लिएका छन् ।

जिल्ला निर्वाचन कार्यालय बाँकेले दिएको जानकारी अुनसार हालसम्म भएको मतगणना अनुसार क्षेत्र नम्बर १ र ३ मा रास्वपाका उम्मेदवारहरु सुरेश चौधरी र खगेन्द्र सुनार तथा क्षेत्र नम्बर २ मा एमालेका मोहम्मद ईश्तियाक राईले अग्रता लिनुभएको छ ।

बाँके क्षेत्र नम्बर १ को चार हजार ६१९ मतको गणना हुँदासम्म रास्वपाका सुरेश चौधरीले २ हजार ५७४, नेपाली काँग्रेसका नारायण गौडेलले १ हजार २४, एमालेका सुर्य ढकालले ७१९ र नेकपाका नरेन्द्र पाण्डेले २१५ मत प्राप्त गर्नुभएको छ ।

सोही प्रकारले बाँके क्षेत्र नम्बर २ को हालसम्मको मतगणनामा नेकपा एमालेका मोहम्मद ईश्तियाक राईले ३ हजार ७५०, नेपाली कांग्रेसका सुधान्सु कोइरालाले २ हजार ९४४ र रास्वपाका विवेक कुमार श्रेष्ठले १ हजार २९० मत प्राप्त गर्नुभएको छ ।

यसैगरी बाँके निर्वाचन क्षेत्र नम्बर ३ को मतगणनामा हालसम्म जम्मा ३ हजार ४४५ मतगणना गर्दा रास्वपाका खगेन्द्र सुनारले १ एक हजार नेकपा एमालेका सुमन मल्लले ७१५ र नेपाली कांग्रेसका अमरसिंह पुनले ५४१ मत प्राप्त गर्नुभएको छ ।