प्रतिष्ठानद्वारा गुल्मी अस्पताललाई इन्जेक्सन प्रदान
नेपाल हृदयरोग निवारण प्रतिष्ठान गुल्मीले जिल्ला अस्पताल गुल्मी अस्पताल तम्घासलाई इन्जेक्सन सहयोग गरेको छ ।
‘उम्मेदवारमा जनअपेक्षाअनुसार काम गर्न सक्ने क्षमता र पारदर्शिता हुनुपर्छ’
जेनजी आन्दोलनपछि पूर्व प्रधानन्यायाधीश शुशिला कार्कीको नेतृत्वमा बनेको सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने मिति तय गरेसँगै मुलुक राजनीतिक रुपमा फेरि निर्वाचन केन्द्रित बनेको छ ।
शङ्ख बजाउन प्रशिक्षण
धर्म, संस्कार, कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले बुटवलमा सामूहिक शङ्ख बजाउने प्रशिक्षण सम्पन्न भएको छ । लुम्बिनी पूजा सामग्री भण्डार बुटवलले आयोजना गरेको शङ्ख बजाउने प्रशिक्षणमा नेपाल र भारतका गरी २५० प्रशिक्षार्थी सहभागी थिए ।
हुलाकी राजमार्ग सडकको काम समयमै सक्न मन्त्री घिसिङकाे निर्देशन
ऊर्जा, सिँचाइ तथा सहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार पश्चिम नवलपरासीको भ्रमण गरी निर्माणाधीन आयोजनाहरूको स्थलगत अवलोकन गर्नुभएको छ। भ्रमणका क्रममा मन्त्री घिसिङले यस क्षेत्रको विकासको मेरुदण्ड मानिने हुलाकी राजमार्ग सडक खण्डको अवस्थाबारे प्रत्यक्ष जानकारी लिनुभयो।
सुन्तला खेतीमा किसानको आकर्षण
गुल्मीको कालीगण्डकी गाउँपालिकामा सुन्तला खेतीको आकर्षण बढ्दै गएको छ। गाउँपालिकाको विभिन्न स्थानमा बसोवास गर्दै आएका स्थानीयले सुन्तला खेतीमा निकै आकर्षण देखाउँदै आएका छन्।
ठुला नेताको क्षेत्रमा भन्दा बाँके २ मा विकास भएको छ : पुर्वमन्त्री राई
जनता समाजवादी पार्टी (जसपा) का महासचिव एवम् पूर्व मन्त्री मोहम्मद इश्तियाक राईले देशका ठुला ठुला नेताहरूको निर्वाचन क्षेत्र भन्दा बाँके क्षेत्र नम्बर २ मा बढी विकास भएको दाबी गर्नुभएको छ।
मुसिकोटको गङ्गा प्राविमा पुस्तकालय स्थापना
गुल्मीको मुसिकोट नगरपालिका-२ को गङ्गा प्राविमा पुस्तकालय स्थापना गरेर हस्तान्तरण गरिएको छ । कर्म फ्लाईट्स फाउन्डेसन नेपाल कास्कीले पुस्तकालय स्थापना गरेको हो ।
पत्रकारसँगको मैत्रीपूर्ण क्रिकेट खेलमा कलाकार विजयी
पत्रकारसँगको मैत्रीपूर्ण क्रिकेट खेलमा कलाकार टोली विजयी भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीको आयोजनामा प्रतिष्ठान र पाहुना टोली नेपाल पत्रकार महासंघ गुल्मीबिच मैत्रीपूर्ण क्रिकेट खेल सञ्चालन भएको थियो ।
सुस्ताको अस्तित्व जोगाउन मन्त्री घिसिङसँग सुस्तावासीको माग
पश्चिम नवलपरासीको स्थलगत भ्रमणमा रहनुभएका ऊर्जा, सिँचाइ तथा सहरी विकास मन्त्री कुलमान घिसिङलाई आइतबार सुस्तावासीको समस्याबारे जानकारी गराइएको छ ।
रामपुरमा आप्रवासी स्रोत उप–केन्द्र स्थापना
इलाका प्रशासन कार्यालय रामपुरमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत आप्रवासी स्रोत उप–केन्द्र स्थापना गरिएको छ ।
शीतलहरको प्रभाव : बिरामी बढ्दै, जीवन कष्टकर बन्दै
केही दिनयता लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा चिसो एक्कासि बढ्न थालेको छ । रुपन्देही, कपिलवस्तु, बाँके, दाङ, बर्दिया, पाल्पा, गुल्मी, अर्घाखाँचीसहितका अधिकांश जिल्लामा चिसो बढेको महसुस गरिएको छ ।
निर्माण कम्पनीको बेवास्ताले पाँच वर्षदेखि जानकीको प्रशासनिक भवन अलपत्र
निर्माण कम्पनीको लापरबाही र बेवास्ताले बाँकेको जानकी गाउँपालिकाको प्रशासनिक भवन निर्माण पाँच वर्षदेखि अलपत्र परेको छ ।
राष्ट्रिय सतर्कता केन्द्रद्वारा गुल्मीका २८ कार्यालय र ६ विकास आयोजनाको अनुगमन
राष्ट्रिय सतर्कता केन्द्रले गुल्मीका २८ कार्यालय र ६ विकास आयोजनाको अनुगमन गरेको छ । कार्यक्रममा कार्यालयको अगुगमनको क्रममा देखिएको वस्तु स्थिती, सेवाग्राही सर्वेषणको परिणाम, अनुगमन र सर्वेक्षणमा देखिएका समस्या र सुधारका लागि सुझाव दिइएको थियो ।
बाँकेमा शीतलहर सुरु
बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारबाट चिसो अत्यधिक बढेको छ ।
पाल्हीनन्दनबाट साढे १७ लाखको मोबाइलका सामान बरामद
पश्चिम नवलपरासीको सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले साढे १७ लाखभन्दा बढीको मोबाइलका सामान बरामद गरेको छ ।
बाँकेमा एक महिनामा १७१ वटा मुद्दा दर्ता, १३९ जना पक्राउ
जिल्ला प्रहरी कार्यालय बाँकेमा एक महिनाको अवधीमा १७१ वटा मुद्दा दर्ता भएको छ । प्रहरीले मङ्सिर महिनामा चालु मुद्दामा १३९ जनालाई पक्राउ गरेको छ ।
अतिथि भवन दशकौँदेखि अलपत्र
कुनै समय बर्दिया आउने मन्त्री, उच्च सरकारी अधिकारी तथा सर्वसाधारणका लागि भरपर्दो बास बनेको सदरमुकाम गुलरियास्थित अतिथि भवन अहिले अलपत्र छ । मुलुक सङ्घीयतामा गएपछि व्यवस्थापनको स्पष्ट जिम्मेवारी नतोकिँदा ऐतिहासिक र सार्वजनिक महत्वको यो भवन प्रयोगविहीन बनेको हो ।
संस्कृति जोगाउन मघौटा साँस्कृतिक कार्यक्रम
नेपालको पश्चिम तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायको महान पर्व माघी (माघ) नजिकिँदै गर्दा थारू बस्तीहरूमा चहलपहल बढ्न थालेको छ ।
आज गुल्मीमा मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता
शनिबार गुल्मीमा मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता हुँदैछ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीको आयोजनामा पत्रकार र कलाकारबिच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता हुन लागेको हो ।
सुनचाँदी पसलमा गोली प्रहार गर्ने कारागारबाट फरार कैदी पक्राउ
दाङको लमहीमा रहेको जुनतारा सुनचाँदी पसलमा गोली प्रहार गरी फरार रहेका व्यक्ति जेनजी आन्दोलनका क्रममा तुलसीपुर कारागारबाट भागेका कैदी रहेको खुलेको छ ।
नीलो प्रेममाथि कोहलपुरमा संवाद
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको आयोजनामा चर्चित उपन्यास नीलो प्रेममाथि किताब संवाद गरिएको छ ।
अभिव्यक्ति स्वतन्त्रताविरुद्धको कानुन अस्वीकार्य : अध्यक्ष शर्मा
नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कुनै पनि कानुन अस्वीकार्य हुने बताउनुभएको छ ।
बर्दियाबाट चार महिलासहित पाँच केन्द्रीय सदस्य निर्वाचित
बर्दियाबाट नेकपा एमालेको ११ औँ राष्ट्रिय अधिवेशनमा प्रतिनिधित्व गर्नुभएका पाँच जना केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ भने एक जना लेखा आयोगको सदस्यमा निर्वाचित हुनुभएको छ ।
हुस्सु र शीतलहरले हवाइ उडान अवरुद्ध
बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी अत्यन्त कम हुँदा शुक्रवार दिउँसोसम्म नेपालगन्ज बिमानस्थल बन्द रहेकोले हवाई उडान अवरुद्ध भएको नागरिक उड्डयन कार्यालय नेपालगन्जले जनाएको छ ।