पाँचौँ बुद्धभूमि महोत्सव सम्पन्न
कपिलवस्तुको बुद्धभूमिमा सञ्चालित पाँचौँ बुद्धभूमि महोत्सव सम्पन्न भएको छ । मङ्सिर ४ गतेदेखि सञ्चालनमा आएको महोत्सवमा लुम्बिनी प्रदेशसभा सदस्य नवराज लामिछानेले समापन गर्नुभयो ।
श्रीमद्भागवतबाट ३३ लाख बढी सहयोग संकलन
विद्यालयको शैक्षिक तथा भौतिक स्तरोन्नतिका लागि सञ्चालन गरेको श्रीमद्भागवत धनधान्याञ्चल सप्ताहमा ३३ लाख पाँच हजार एकसय ५६ रुपियाँ ५७ पैसा नगद दान संकलन भएको छ ।
हातहतियारसहित एक व्यक्ति पक्राउ
जिल्लाको सरुमारानी गाउँपालिका–६, पाङकोटका एक व्यक्तिलाई प्रहरीले हातहतियारसहित पक्राउ गरेको छ । मङ्सिर १६ गते बिहान करिब ५ बजे जंगलतर्फ जाँदैगरेका ४२ वर्षीय मानबहादुर बुढाको साथमा हातहतियार रहेको भन्ने सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो ।
खेलकुदले विद्यार्थीलाई अनुशासित बनाउँछ : उपकुलपति प्राडा ढकाल
लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्राडा विनोदप्रसाद ढकालले खेलकुदले विद्यार्थीलाई अनुशासित बनाउने बताउनुभएको छ ।
पशु स्वास्थ्य शिविरमा ३२ सय पशुपंक्षीको उपचार
बर्दियाको बारबर्दिया नगरपालिकाको दुई स्थानमा गरिएको पशुपंक्षी स्वास्थ्य शिविरमा तीन हजार दुईसय ७६ वटा पशुपंक्षीको उपचार गरिएको छ ।
ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई न्यानो कपडा
बर्दियाको बाँसगढी नगरपालिकामा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गरिब तथा विपन्न वर्गका नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ ।
गोरखापत्रकर्मी खान सम्मानित
गोरखापत्र दैनिकका नेपालगन्ज समाचारदाता सिराज खानलाई ३४ ओैं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा बुधबार राष्ट्रिय सम्मान प्रदान गरिएको छ।
चिसो बढेसँगै मौसमी फ्लुका बिरामी बढे
बाँकेमा चिसो बढ्दै जाँदा मौसमी फ्लु हुने बढ्दै गएका छन् ।
ग्रामीण बस्तीका नागरिकलाई घुम्ती शिविर सेवा
सार्वजनिक सेवामा जनताको पहुँच वृद्धिका लागि रामपुर नगरपालिकाले पालिकाको सेवा वडामा पुगेर प्रवाह गरेको छ । ग्रामीण क्षेत्रका जनताको सहजताका लागि घुम्ती शिविर मार्फत सेवा प्रदान गरेको हो ।
लुम्बिनी सरकारलाई खोला नियन्त्रण योजना
लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारलाई पश्चिम नलपरासीको बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठको नेतृत्वमा प्रतिनिधिमण्डलले नगरभित्रका विभिन्न खोलाहरूमा तटबन्ध निर्माण गर्ने विस्तृत योजनाहरू माग गरेको छ ।
नक्कली छोरी बनेर पुख्र्यौली सम्पत्ति कब्जाको प्रयास
सरकारी अड्डा अदालत धाउँदाधाउँदै न्याय नपाएपछि रुपन्देहीको सिद्धार्थनगर–६ का सन्त मल्लाह र लालजित मल्लाह निराश बन्नुभएको छ । प्रमाण जुटाउँदै धाउँदै गर्दा पाँच वर्ष बितिसक्दा पनि सुनुवाइ नहुँदा उहाँहरूको भरोसा कमजोर हुँदै गएको छ । चप्पल च्यापेर, काँधमा झोला बोकेर कार्यालय धाउने उहाँहरूलाई न कर्मचारीले टेर्छन्, न गुनासो नै सुन्ने गर्छन् ।
सामुदायिक विद्यालयको नतिजा उत्कृष्ट
बुटवलको सामुदायिक विद्यालय कालिका मानव ज्ञान माध्यमिक विद्यालयबाट ११ जना विद्यार्थीले एमबिबिएसमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् ।
पुल निर्माणमा ढिलाइ
दाङको घोराही उपमहानगरपालिका–१६ स्थित सेवारखोला चार लेन पुल निर्माणमा ढिलाइ भएको छ । घोराही–तुलसीपुर चार लेन सडकलाई समेट्ने गरी पुल निर्माणको काम सुरु भए पनि निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सम्झौता म्याद आधा बढी भइसक्दा समेत आधा पनि भौतिक प्रगति हुन सकेको छैन ।
अपाङ्गता भएका व्यक्तिका अधिकार सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्धःमुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अपाङ्गता भएका व्यक्तिहरूका अधिकार, समावेशीकरण र सशक्तीकरण सुनिश्चित गर्न प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध भएको बताउनुभएको छ ।
गुल्मीमा ३३ लाखभन्दा बढी विद्युतको बक्यौता उठाउन बाँकी
गुल्मीमा ३३ लाखभन्दा बढी विद्युतको बक्यौता उठाउन बाँकी रहेको छ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गुल्मीका सूचना अधिकारी भरत पोखरेलका अनुसार विद्युत उपयोग गरी ६० दिन कटेका सेवाग्राहीहरुबाट ३३ लाख ११ हजार ८१७ रुपियाँ विद्युतको बक्यौता उठाउन बाँकी रहेको छ ।
साढे सात हजार क्विन्टल धान खरिद
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, मुख्य शाखा कार्यालय नेपालगन्जले बाँकेका किसानसँग हालसम्म साढे सात हजार क्विन्टलभन्दा बढी धान खरिद गरेको छ । कात्तिक २३ देखि सुरु गरिएको धान खरिद अभियान अन्तर्गत मङ्सिर १४ सम्म सात हजार ५०३ क्विन्टल धान खरिद भएको कार्यालयले जनाएको छ ।
हुलास खाद्य उद्योगमा एकानब्बे बोरा म्याद नाघेको पिठो
बाँकेको कोहलपुरस्थित हुलास खाद्य उद्योगमा म्याद नाघेका ९१ बोरा पिठो (आँटा) भेटिएको छ ।
पन्ध्र वर्षमा खुल्ने भयो टेन्डर
लामो समयदेखि रोकिएको बुटवल कृषि उपज थोक बजारको सटर भाडामा लगाउने टेन्डर प्रक्रिया अब अघि बढ्ने भएको छ । सरकारी निर्देशन अनुसार ६८ वटा सटरको टेन्डर खुल्ने तयारी भएको हो ।
चितुवाको आक्रमणबाट एक घाइते
बर्दियाको बारबर्दिया नगरपालिकामा चितुवाले आक्रमण गर्दा एक युवती घाइते हुनुभएको छ । बारबर्दिया नगरपालिका –४ जगतियाकी १८ वर्षीया अजिता थारू घाइते हुनुभएको हो ।
अझै हिंसा भोग्दै ग्रामीण समुदायका महिला
अभिभावकमा सचेतनाको अभावका कारण ग्रामीण समुदायका महिलाहरु अझै लैङ्गिक हिंसाबाट पीडित हुनेगरेको महिलाहरुले बताएका छन् ।
लुम्बिनी विकास कोषको सदस्य–सचिवमा दीपक श्रेष्ठ मनोनित
मन्त्रिपरिषद्को बैठकले लुम्बिनी विकास कोषको सदस्य–सचिवमा गोरखाको सहिद लखन थापा गाउँपालिका वडा नं ६ का दीपक श्रेष्ठलाई मनोनित गर्ने निर्णय गरेको छ ।
नतिजा सुधार गर्न शिक्षकलाई तालिम
परीक्षामा गणित विषयको नतिजा सुधार गर्न रेसुङ्गा नगरभित्रका निजी तथा सरकारी विद्यालयका गणित शिक्षकलाई शिक्षण कौशलसम्बन्धि तालिम प्रदान गरिएको छ ।
दाउराको जोहो गर्न दु:ख
सुनवल स्वाठीकी कमला चौधरीलाई अहिले वर्षभरका लागि इन्धनको स्रोतको रूपमा दाउराको जोहो गर्नुपर्ने जिम्मेवारी छ । दाउरा र गुइँठाको भरमा खाना पकाउँदै आएको चौधरी परिवारलाई जाडो लागेसँगै दाउरा अपरिहार्य छ ।
गुल्मीमा निर्वाचन आयोगद्वारा तीन मतदान स्थल थप
निर्वाचन आयोगले गुल्मीका तीन मतदान स्थल थप गरेको छ ।