बर्दिया– १ का एमाले उम्मेदवारको प्रतिबद्धता पत्र सार्वजनिक
प्रतिनिधि सभा निर्वाचन बर्दिया क्षेत्र न १ का नेकपा एमाले उम्मेदवार शालिकराम अधिकारीले प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ । यही फागुन २१ गते हुने निर्वाचनका लागि आफ्नो क्षेत्रमा गर्न सक्ने कामहरूको विवरण सहित पत्रकार सम्मेलन मार्फत प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको हो ।
विविशारा उपन्यासमाथि विमर्श
विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखाको आयोजनामा छवि बैरागी घिमिरेद्वारा लिखित ‘विविशारा’ उपन्यासमाथि विमर्श गरिएको छ । विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखाका सचिव प्याकुरेलको सहजीकरणमा सञ्चालित उक्त कार्यक्रममा छवि बैरागी घिमिरेद्वारा लिखित ‘विविशारा’ उपन्यासको समीक्षा गरिएको थियो । समीक्षाका क्रममा समीक्षक चरित्रा शाहले ‘विविशारा’ कृतिको चिरफार गर्दा अर्का समीक्षक पुष्कर रिजालले कृतिको विसङ्गति पक्ष र संरचनात्मक कोणबाट समीक्षा गर्नुभयो ।
कोहलपुरमा जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता
बाँकेको कोहलपुरमा “प्रथम कोहलपुर बाँके जिल्लास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता २०८२” सुरु भएको छ ।
भयरहित वातावरण बनाउन अगुवाहरुको आग्रह
बुटवलका बुद्धिजीवी नागरिक अगुवाहरुले जनताले निर्धक्क भएर मत हाल्नेगरी चुनावी वातावरण बनाउन आग्रह गर्नुभएको छ ।
सीमा नजिकबाट १० लाख रुपियाँको सामान बरामद
भारतबाट अवैध रुपले भन्सार छलेर ल्याइएको करिब दश लाख रुपियाँ बरावरको सामान सीमा सुरक्षा गुल्म जमुनाहा नेपालगन्जको सशस्त्र प्रहरी टोलीले सीमा नाकाबाट बरामद गरेको छ ।
धाम बिकासका लागि ज्ञान महायज्ञ
परोपकार कुञ्ज धामको थप बिकासका लागि बुटवल उपमहानगरपालिका –१५ मा धनधान्याञ्चल ज्ञान महायज्ञ सुरु भएको छ ।
मुस्लिम समुदायको एक महिने रमजान पर्व सुरु
एक महिनासम्म उपवास बसेर विविध कार्यक्रमका साथ मनाइने मुस्लिम समुदायको महान पर्व रमजान बिहीबारबाट बाँकेमा पनि सुरु भएको छ ।
कपिलवस्तुमा मतदान स्थलको अनुगमन तथा निरीक्षण
आगामी प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन जिल्लाका विभिन्न मतदान स्थलहरूको अनुगमन तथा निरीक्षण गरिएको छ ।
रामग्राममा भवन निर्माण विवाद : नौ करोडको कम्प्लेक्स
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले भवन निर्माणमा दोहोरो मापदण्ड अपनाएको भन्दै स्थानीयले विरोध गरेका छन् । सर्वसाधारणले सानो घर बनाउँदा पनि सडक मापदण्डमा कडाइ गर्ने नगरपालिकाले आफ्नै साढे नौ करोडको बहुउद्देश्यीय व्यापारिक कम्प्लेक्स भने नियम मिचेर निर्माण सुरु गरेपछि विवाद चुलिएको हो ।
सुकुम्वासीको गुनासो, ‘हामीलाई भोट बैंक मात्रै बनाइयो’
भूमिहीन तथा सुकुम्वासी किसानहरूले राजनीतिक दलहरूले आफूहरूलाई वर्षौंदेखि ‘भोट बैंक’ का रूपमा मात्र प्रयोग गरेको गुनासो गरेका छन्।
निर्वाचन सुरक्षालक्षित प्रहरी गस्ती
प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिएसँगै निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न प्रहरीले बाँकेमा निर्वाचनलक्षित गस्ती तीव्र पारेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार निर्वाचनलाई शान्तिपूर्ण रूपमा सफलताका साथ सम्पन्न गर्न जिल्लाका विभिन्न स्थानको अवस्था बुझ्न र नागरिकलाई सुरक्षा अनुभूति गराउन प्रहरी गस्ती सुरु गरिएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसीले निर्वाचन नजिकिँदै गर्दा जिल्लाका विभिन्न ठाउँमा सुरु गरिएको प्रहरी गस्तीमार्फत स्थानीयस्तरमा सूचना सङ्कलन गर्ने, जनसम्पर्क अभिवृद्धि गर्ने र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।
मतदाता शिक्षा सञ्चालन
गुल्मीका गाउँ गाउँमा मतदाता शिक्षा सञ्चालन भएको छ । जिल्लाभरिमा ९३ मतदाता स्वयंसेवकमार्फत मतदाता शिक्षा सञ्चालन भइरहेको छ । आगामी निर्वाचनमा बदर मत कम गर्ने उद्देश्यले निर्वाचन आयोगले मतदाता शिक्षा सञ्चालन गरेको हो । फागुन १७ गतेसम्म मतदाता शिक्षा सञ्चालन हुने छ ।
गुल्मी अस्पतालको निर्माण अन्तिम चरणमा
गुल्मी अस्पतालको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सम्झौता भएको लामो समयपछि भवन निर्माणले गति लिँदै गएको हो ।
बाँकेमा दिगो वन व्यवस्थापनपछि वनको हैसियत सुध्रिदै
पछिल्लो समय बाँकेका सामुदायिक वनमा दिगो वन ब्यवस्थापन कार्यक्रम लागू भएपछि पहिले बिग्रिएको वनको हैसियत अहिले सुध्रिएको छ ।
गुल्मीको समग्र विकासका लागि मेरो उम्मेदवारी : श्रेष्ठ
ही फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवनप्रसाद श्रेष्ठ उम्मेदवार बन्नुभएको छ। गुल्मी निर्वाचन क्षेत्र नम्बर–२ मा कांग्रेसबाट उम्मेदवार बन्नुभएका श्रेष्ठले यस जिल्लाको समग्र विकासका लागि आफूले खाका तयार गरेको बताउनुभएको हो।
सुशासन र विधिको शासनबाट मात्र प्रजातन्त्रको रक्षा सम्भवः मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रजातन्त्रको रक्षा राजनीतिक संरचनासँगै पारदर्शिता, उत्तरदायित्व र विधिको शासनको प्रभावकारी कार्यान्वयनबाट सम्भव हुने बताउनुभएको छ ।
उम्मेदवारलाई कुटपिट गर्ने पक्राउ
पश्चिम नवलपरासीको बर्दघाटमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का उम्मेदवार र कार्यकर्तामाथि कुटपिट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कोहलपुरमा खुला पुरुष भलिबल प्रतियोगिता हुँदै
बाँकेको कोहलपुरमा “प्रथम कोहलपुर बाँके जिल्लास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता २०८२” सञ्चालन हुने भएको छ ।
दिवसमा विद्यार्थीलाई मेडल र प्रमाणपत्र
नेपालगन्जमा रहेको सोफिया रेजिडेन्सियल इङ्लिस स्कुलले वार्षिक खेलकुद दिवसमा विभिन्न खेलमा विजयी भएका २८ सय बढी विद्यार्थीलाई मेडल र प्रमाणपत्र वितरण गरेको छ ।
भरपर्दो सुरक्षा व्यवस्थाका लागि निर्देशन
नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सुशीलसिंह राठौरले भरपर्दो सुरक्षा व्यवस्थाका लागि रुकुमपश्चिमस्थित प्रहरीलाई निर्देशन दिनुभएको छ ।
नेपालगन्जका विद्यालयमा ‘शून्य फोहोर’ कार्यक्रम सञ्चालन
बाँकेको नेपालगन्ज उपमहानगरपालिका भित्रका विद्यालयहरुमा फोहोर व्यवस्थापनसम्बन्धी सचेतना अभिवृद्धि गर्दै विद्यालयलाई फोहोरमुक्त बनाउने उद्देश्यले विद्यालयमा ‘शून्य फोहोर’ कार्यक्रम सञ्चालनमा गरिएको छ ।
दलित अधिकार विधेयक अगाडि बढाइँदै
लुम्बिनी प्रदेशमा दलित अधिकारसम्बन्धी विधेयक विषयगत समितिमा प्रवेश गरेको छ । दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभाको सामाजिक विकास समितिमा दफावार छलफलमा रहेको छ ।
निर्वाचनको प्रभाव : मतदाता घर फर्किंदा सबैतिर चहलपहल
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा यो प्रदेशभित्रका आर्थिक गतिविधि चलायमान हुन थालेका छन् । मतदान गर्ने मिति नजिकिएसँगै उम्मेदवारले औपचारिक रूपमा चुनाव प्रचारप्रसार सुरु गरेका छन् । चुनावी प्रचारप्रसारले चिया पसल, होटेल, यातायात, इन्धन, छापाखाना र स्थानीय उत्पादनसम्म सकारात्मक प्रभाव पारेको सरोकारवालाले बताएका छन् ।
निकुञ्जवरिपरि तारजाली
बाँके क्षेत्र नं. १ का मतदाताले मत माग्न आउने अधिकांश उम्मेदवारसंग बाँके निकुञ्जले छोएको स्थानमा बलियो, अग्लो र भरपर्दो तारजालीको व्यवस्था गर्नुका साथै बाँदर नियन्त्रण गर्नुपर्ने माग राख्ने गरेका छन् ।