• २३ फागुन २०८२, शनिबार

बाँके-२ मा एमालेका इस्तियाक राई अग्रता बढाउँदै

blog

मोहम्मद इस्तियाक राई

सिराज खान

नेपालगन्ज, फागुन २२ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनको जारी मतगणनाअनुसार बाँके जिल्लाको क्षेत्र नम्बर २ मा नेकपा (एमाले) का उम्मेदवार मोहम्मद इस्तियाक राईले अग्रता बढाउँदै लैजानुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय, नेपालगन्जले दिएको जानकारीअनुसार हालसम्म भएको मतगणनामा एमालेका उम्मेदवार राईले आफ्नो अग्रतालाई बढाउँदै लैजानुभएको हो । उहाँसँग नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारको प्रतिस्पर्धा देखिएको छ ।

बाँके क्षेत्र नम्बर २ मा हालसम्म डुडुवा गाउँपालिकाका सबै ६ वटा वडा र नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर १ को मतगणना सकिएको छ । १९ हजार ४९१ मत गणना हुँदा एमालेका राईले ६ हजार ६३२ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुधांशु कोइरालाले ५ हजार ९१९ मत पाउनुभएको छ । राई कोइरालाभन्दा ७१३ मतले अगाडि हुनुहुन्छ ।

सोही क्षेत्रमा रास्वपाका विवेक श्रेष्ठले ४ हजार १८६ मत प्राप्त गरेर पछ्याइरहनुभएको छ । यस्तै, राप्रपाका ऋषिराज देवकोटाले २१९ र नेकपाका दीपेन्द्र विष्टले ३०७ मत प्राप्त गर्नुभएको छ ।

डुडुवा गाउँपालिकाको गणनामा पछाडि रहनुभएका रास्वपाका श्रेष्ठले नेपालगन्ज उपमहानगरको मतगणना सुरु हुनासाथ मतान्तर कम गर्दै लैजानुभएको छ । एमालेका उम्मेदवार एवं पूर्वमन्त्री राईको परम्परागत क्षेत्र मानिने क्षेत्र नम्बर २ मा कांग्रेसका कोइराला र रास्वपाका श्रेष्ठले उहाँलाई कडा टक्कर दिनुभएको छ । अझै नेपालगन्जका २० वटा वडाको मतगणना हुन बाँकी नै छ ।