शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
रेखीराम राना
तानसेन, फागुन २२ गते । पाल्पा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विमल पन्तले अग्रता लिनुभएको छ । उहाँले ५३३ मत ल्याउनुभएको छ । उहाँलाई एमालेका उम्मेदवार नारायणप्रसाद आचार्यले पछ्याइरहनुभएको छ ।
आचार्यले ३०३ मत ल्याउनुभएको छ । यस्तै नेपाली कांग्रेसका सन्दीप रानाले १५३ र नेकपाका हुम सुनारीमगरले १४७ मत ल्याउनुभएको निर्वाचन अधिकृतको कार्यालय रामपुर पाल्पाले जनाएको छ ।