• २२ फागुन २०८२, शुक्रबार

दाङ–२ मा रास्वपाका आचार्यको अग्रता, शंकर पोखरेल दोस्रो

blog

घोराही समाचारदाता

घोराही, फागुन २२ गते ।  दाङ निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बिपिनकुमार आचार्यले प्रारम्भिक मतगणनामा अग्रता लिनुभएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रारम्भिक मतपरिणाम अनुसार आचार्यले २ हजार ४  सय २४ मत प्राप्त गर्दै अग्रता लिनुभएको हो । दाङ क्षेत्र नं.२ अन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१६ को मतगणना हुँदा आचार्यका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले ५ सय ८३ मत प्राप्त गरी दोस्रो स्थानमा रहनुभएको छ।

त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार किरणकिशोर घिमिरेले ३ सय ८७ मत प्राप्त गर्नुभएको छ भने नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार निर्मल आचार्यले २ सय १३ मत प्राप्त गरि चौथो स्थानमा रहनुभएको  छ। 

पहिलो चरणमा १६ को ३ हजार ९ सय १५ मत गणना गरिएको छ । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा दाङ क्षेत्र नं. २ मा  ८२ हजार ६२६ मत खसेको थियो।