शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
रेखीराम राना
तानसेन, फागुन २२ गते । पाल्पा–२ मा नेपाली कांग्रेसका उम्मेदवार हिमालदत्त श्रेष्ठले अग्रता लिनुभएको छ । उहाँले ६९६ मतसहित अग्रता लिनुभएको हो । उहाँलाई रास्वपाका उम्मेदवार माधवबहादुर थापाले पछ्याउनुभएको छ ।
थापाले ५७७ मत ल्याउनुभएको छ । यस्तै नेकपाका उम्मेदवाार सोमप्रसाद पाण्डेयले ५२६ र एमालेका उम्मेदवार ठाकुरप्रसाद गैरेले ४३३ मत ल्याउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय तानसेनले जनाएको छ ।