• २६ फागुन २०८२, मङ्गलबार

दाङको तीनवटै क्षेत्रमा रास्वपा अगाडि

blog

 सन्तोष दहित
दाङ, फागुन २२  गते ।
प्रतिनिधि सभा सदस्यका लागि दाङको तीन वाटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अग्रता कायम गरेको छ  । सुरुवाती चरणदेखि अग्रता कायम गर्दै आउनुभएको दाङ निर्वाचन क्षेत्र नं. १ रास्पका उम्मेदवार देवराज पाठकले आफ्नो प्रतिस्पर्धीलाई धेरै पछाडि पार्दै फाराकिलो मतले अगाडि हुनुहुन्छ । पाठकले ६ हजार १३४ मत प्राप्त गर्नुभएको छ । उहाँलाई नेपाली कांग्रेसका उम्मेदवार योगेन्द्र चौधरीले १ हजार ७७८ मतसहित पछ्याइरहनुभएको छ ।

यस्तै नेकपा (एमाले) का उम्मेदवार रेवतीरमण शर्माले ७१६ मत प्राप्त गर्नुभएको छ भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) काउम्मेदवार मेटमणि चौधरीले ७६१ मत पाउनुभएको छ । मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यसैगरी, दाङ  क्षेत्र नं. २ मा पनि रास्वाले लिड गरिरहेको छ । पछिल्लो अपडेट अनुसार रास्वपाका विपिन आचार्यले  १ हजार २२५ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका महासचिव समेत रहनुभएको शङ्कर पोखरेल भने दोस्रो स्थानमा हुनुहुहन्छ । उहाँले ५८४ मत पाउदा नेपाली कांग्रेसका उम्मेदवार किरणकिशोर घिमिरेले ३७८ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, दाङ निर्वाचन क्षेत्र नं. ३ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कमल सुवेदीले अग्रता कायम राख्नुभएको छ । पछिल्लो मतपरिणाम अनुसार ९९८ मतसहित सुवेदी अग्रस्थानमा रहनुभएको छ । उहाँलाई नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरीले ५५२ मतसहित पछ्याइरहनुभएको छ । यस्तै नेकपा (एमाले) का उम्मेदवार घनश्याम पाण्डेयले २४३ मत प्राप्त गर्नुभएको छ भने नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार धनबहादुर मास्कीले ७९ मत प्राप्त गर्नुभएको छ । मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।